हप्तामा ५ दिन दुई घण्टा पानी दिन्छौं : खानेमन्त्री मगर

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
हप्तामा ५ दिन दुई घण्टा पानी दिन्छौं : खानेमन्त्री मगर

सारांश

  • काठमाडौँ – मेलम्चीको चर्चा चलिरहेका बेला उपत्यकामा दैनिक तीन करोड लिटर पानी थप भएको छ ।
  • खानेपानीमन्त्री विना मगरले यसअघि हप्तामा एक दिन दुई घण्टा पानी वितरण गरिएकामा आजैदेखि हप्तामा पाँच दिन दुई घण्टा पानी दिइने प्रतिबद्धता जनाएकी छिन् ।
  • मन्त्री मगरका अनुसार लिमिटेडका दुई लाख ७० हजार धारामा पानी दिन पहल गरिनेछ ।

काठमाडौँ – मेलम्चीको चर्चा चलिरहेका बेला उपत्यकामा दैनिक तीन करोड लिटर पानी थप भएको छ ।

खानेपानीमन्त्री विना मगरले यसअघि हप्तामा एक दिन दुई घण्टा पानी वितरण गरिएकामा आजैदेखि हप्तामा पाँच दिन दुई घण्टा पानी दिइने प्रतिबद्धता जनाएकी छिन् । मन्त्री मगरका अनुसार लिमिटेडका दुई लाख ७० हजार धारामा पानी दिन पहल गरिनेछ ।

उपत्यकाका ७० हजार धारामा थप पानी जानेगरी थपिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । पानी वितरणको शुरुआत गर्दै सभामुख कृष्णबहादुर महराले पानीको अभावमा रहेका उपत्यकाबासीलाई राहत मिल्ने बताए ।

“धेरै नागरिक अझै स्वच्छ खानेपानीको पहुँच बाहिर छन् । संविधानको मौलिक हकका रुपमा स्थापित स्वच्छ खानेपानीको अधिकार सुरक्षित गर्न सरकारले ध्यान दिनुपर्छ” उनले भने ।

मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरका अनुसार विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको पानी प्रशोधन गरी वितरण हुनेछ । थपिएको पानीले दैनिक आठ लाख ४० हजारलाई सहज हुने बताइएको छ ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    gafai matra. Kalanki madir sangai hapta ma ek palta muskil le pani aauchha tyo pani ek ghanta maatra.

    Comment Author

    Tarak Kisor Thapa

    Kata tira dine ho pani? Kun pardesh ma ho? Ki Kathmandu matra ho ?

    Comment Author

    Parshuram Subedi

    Ramro

    Comment Author

    Rajen Shrestha

    बालाजु खाने पानी बितरण् अन्तर्गत १६ वडा नयाबजार म्हेपी बहतिपोखरी खुशीबुं मा ७ बर्ष अगाडि देखिन १० दिन मा एक् चोटि पानी दिन्छ त्यो पनि फोहोर लेदो पानी २ घण्टा आढा घण्टा त फोहोर पानी फ्याक्न मात्र जान्छ खोइ यहाँ ध्यान दिएको ?

    Comment Author

    Raja Ram Aran

    Hahaha aru din chhai hawa diney ho..?

    Comment Author

    Madan Man Rajbhandari

    के कुलेश्वरमा पनि पाइन्छ ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?