आज सरकार विस्तार गर्ने प्रधानमन्त्री ओलीको तयारी, को को हुँदैछन् मन्त्री !

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १४, २०७४
|
|
५१ पटक हेरिएको
Shares
आज सरकार विस्तार गर्ने प्रधानमन्त्री ओलीको तयारी, को को हुँदैछन् मन्त्री !

सारांश

  • काठमाडौं, १४ फागुन- प्रधानमन्त्री केपी ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
  • ओली प्रधानमन्त्रीमा नियुक्त भएको ११ दिनपछि उनले मन्त्रिहरु थप्न लागेका हुन् ।
  • तीन सदस्यीय मन्त्रिमण्डलमा एमालेको तर्फबाट मन्त्री बनाउने जिम्मा भने पार्टीले प्रधानमन्त्री ओलीलाई नै दिएको छ ।

काठमाडौं, १४ फागुन- प्रधानमन्त्री केपी ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । ओली प्रधानमन्त्रीमा नियुक्त भएको ११ दिनपछि उनले मन्त्रिहरु थप्न लागेका हुन् । तीन सदस्यीय मन्त्रिमण्डलमा एमालेको तर्फबाट मन्त्री बनाउने जिम्मा भने पार्टीले प्रधानमन्त्री ओलीलाई नै दिएको छ । पार्टी एकता प्रक्रिया अघि बढेपछि एमाले र माओवादी केन्द्रका नेतालाई समेटेर प्रधानमन्त्रीले दोश्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

दुई पार्टीले मन्त्रीमा को को जाने भन्ने विषयमा आइतबार आ–आफ्ना पार्टीका नेतासँग सामूहिक, एक्लाएक्लै छलफलसमेत गरी आन्तरिक तयारी गरेको बताइएको छ । आइतबार बेलुकी प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा सरकार विस्तारका विषयमा छलफल भएको थियो ।

एमाले महासचिव ईश्वर पोखरेलका अनुसार ‘प्रधानमन्त्री अब सरकार विस्तारतर्फ लागेका हुन् । उनले भने, ‘सरकार विस्तारकै लागि उहाँले माओवादी अध्यक्षसँग छलफल गर्नुभएको हो‘ पोखरेलले भने ।
संघीय संरचना अनुसार अहिले भैरहेका ३१ वटा मन्त्रालयलाई घटाएर मन्त्री बनाउने भनिएपनि कतिवटा मन्त्रालय रहने भन्ने निर्णय भैसककेको छैन । १७ वटा मन्त्रालय बनाउने तयारी भैरहेको बताइएको छ ।

एमालेको तर्फबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुरेन्द्र्र पाण्डे, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, वसन्त नेम्बाङ, प्रेम आले, पार्वत गुरुङ, राजबहादुर बुढालगायत नेता मन्त्रीका लागि लबिङमा छन्।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार अहिले बिहान बैठक बसेर मात्र पार्टीबाट सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउनेछ । माओवादीका तर्फबाट रामबहादुर थापाको नेतृत्वमा सरकारमा जाने बताइएको छ । अन्य नेतामा वर्षमान पुन, जर्नादन शर्मा, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, मातृका यादव, शक्ति बस्नेत, बीना मगर, अमनलाल मोदी, सुदन किराँती, सुरेश राई ९हिमाल०, देवेन्द्र पौडेल, हरि अधिकारी, चक्रपाणि खनाललगायत नेतामध्येबाट मन्त्री बनाउने गरी छनौट भएको बताइएको छ ।

दुई पार्टी बीच लगाइएको बागवण्डामा एमालेको भागमा १० र माओवादीको भागमा ७ मन्त्रालय परेको बताइएको छ । दुवै पार्टीको वैठक बसेर नाम टुंगाउने बताइएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gobinda Prasad Chapagai

    Ok

    Kp …
    ….oli…

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कुशे औंसी,यस्तो छ कुशे औंसी र बाबुको मुख हेर्ने दिनको महिमा
आज कुशे औंसी,यस्तो छ कुशे औंसी र बाबुको मुख हेर्ने दिनको महिमा
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
प्रचण्डले दिए जिम्मेवारी- महरालाई सभामुख, वर्षमान पार्टी सम्हाल्ने
प्रचण्डले दिए जिम्मेवारी- महरालाई सभामुख, वर्षमान पार्टी सम्हाल्ने
शुक्रबारदेखि पुनः बदली र वर्षा हुने, आइतबारबाट मौसममा सुधार आउने
शुक्रबारदेखि पुनः बदली र वर्षा हुने, आइतबारबाट मौसममा सुधार आउने
संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?
संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?
प्रधानमन्त्रीले सम्बोधन गर्न खोज्दा कांग्रेसद्वारा रोष्ट्रम घेराउ
प्रधानमन्त्रीले सम्बोधन गर्न खोज्दा कांग्रेसद्वारा रोष्ट्रम घेराउ
भीम रावललाई ‘मतिभ्रष्ट’ भन्दै ओलीको व्यङ्ग्यः बुद्धि कोल्टे भएको भर्खर भर्खर डा लेख्न थालेको
माघ ८ गते बिहिवारको राशिफल यस्तो छ
माघ ८ गते बिहिवारको राशिफल यस्तो छ
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक
ओली र प्रचण्डको सम्बन्ध कसिलो हुँदा तनावमा माधवकुमार नेपाल
ओली र प्रचण्डको सम्बन्ध कसिलो हुँदा तनावमा माधवकुमार नेपाल