न्यायिक समितिमा एक वर्षमा १२५ वटा मुद्धा दर्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
३८ पटक हेरिएको
Shares
न्यायिक समितिमा एक वर्षमा १२५ वटा मुद्धा दर्ता

सारांश

  • माधव बेल्वासे, कपिलवस्तु चन्द्रौटा, २ साउन।
  •   कपिलवस्तुको सुदुरपश्चिम क्षेत्रमा रहेको विजयनगर गाउपालिकामा रहेको न्यायिक समितिमा एक वर्षको अवधिमा १ सय २५ वटा मुद्धा दर्ता भएको संयोजक लक्ष्मि चौधरीले वताएकी छिन् ।
  • स्थानीय सरकार सञ्चालन ऐन २०७४, परिछेद ८, दफा ४७ को उपदफा १ अनुसार न्यायिक समितिको विवाद निरुपण गर्ने अधिकार क्षेत्रभित्रका विषयवस्तुमा उल्लेख भए वमोजिमाका मुद्धाहरु दर्ता भएको चौधरीले वताइन ्।

माधव बेल्वासे, कपिलवस्तु चन्द्रौटा, २ साउन।  कपिलवस्तुको सुदुरपश्चिम क्षेत्रमा रहेको विजयनगर गाउपालिकामा रहेको न्यायिक समितिमा एक वर्षको अवधिमा १ सय २५ वटा मुद्धा दर्ता भएको संयोजक लक्ष्मि चौधरीले वताएकी छिन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४, परिछेद ८, दफा ४७ को उपदफा १ अनुसार न्यायिक समितिको विवाद निरुपण गर्ने अधिकार क्षेत्रभित्रका विषयवस्तुमा उल्लेख भए वमोजिमाका मुद्धाहरु दर्ता भएको चौधरीले वताइन ्।

गाउपालिका भित्र रहेका विवाद, हिंसाबाट पीडितहरूले न्याय पाउन नसकेको एवं कानुनी प्रक्रिया खर्चिलो र झन्झटिलो हुने भएकाले स्थानीय सरकारले पाएको अधिकार वमोजिक विजयनगर गाउपालिकाले पनि न्यायिक समिति गठन गरी उपाध्यक्ष्यको संयोजक्तवमा काम भइरहेको छ ।समितिमा परेका १सय २५ वटा मुद्धा मध्ये ४७ वटा मुद्धाको निर्णय गरी फैसला भएको ,३६ वटा मुद्धाहरु स्थलगत निरिक्षण गरी मिलापत्र गरिएको ,१५ वटा मुद्धाहरु मेलमिलाप वाट मिलापत्र भएको ,१४ वटा मुद्धाहरु प्रकृयामा रहेको र ३ वटा मुद्धा अदालत गएको संयोजक तथा उपाध्यक्ष चौधरीले वताइन्।

मधेश समुदायको वाहुल्यता रहेको ठाउमा अधिकांश जग्गाको विषयमा विवाद हुने गरेको उनकाे भनाइ छ ।गाउघरमा धेरै विवाद हुने भएकोले कतिपय विवादलाई मैखिक रुपमा समेत मिलापत्र गरेको चाैधरीले बताइन ।चाैधरीका अनुसार पिडितलाई न्याय दिलाउने र पिडकलाई कारवार्हि गर्ने उद्देश्य स्वरुपमा निस्पक्ष ढङगवाट निर्णयहरु गरेको छ । चौधरीले भनिन् –“जनतालाई हामीलाई विश्वास गरेर यस स्थानमा पुर्याएका छन जनतालाई हित हुने गरी सत्य तथ्य वुझेर निक्ष्पक्ष ढङगले निर्णय गरेकी छु” ।

स्थायिन निकायमा मुद्धा दर्ता र मिलापत्र हुने भएपछी स्थानियहरुलाई पनि केहि सहज भएको स्थानिय वुद्धीजिविको ठ्म्याइ रहेको छ । पछिल्लो समयमा प्रहरीकोमा उजुरी गर्नेहरुको सख्या भने घट्दो देखिएको छ । सामान्य विवादलाई पनि प्रहरीकहा मुद्धा दर्ता देखी अन्य झन्झट हुने गरेकोले अहिले गाउपालिकाले सिधै निर्णय गर्ने हुदा सहज भएको वुझाई रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?