८४ घरधुरीलाई अनुदानमा सोलार
सारांश
- हुम्ला, २५ माघ ।
- जिल्लाका न्यून आयश्रोत तथा विपन्न घरपरिवारलाई अनुदानका सोलार वितरण गरिएको छ ।
- ८० प्रतिशत अनुदानमा सर्केगाँड गाँऊपालिका ८४ घरधुरीलाई सोलार विरतरण गरिएको हो ।
हुम्ला, २५ माघ । जिल्लाका न्यून आयश्रोत तथा विपन्न घरपरिवारलाई अनुदानका सोलार वितरण गरिएको छ ।
८० प्रतिशत अनुदानमा सर्केगाँड गाँऊपालिका ८४ घरधुरीलाई सोलार विरतरण गरिएको हो ।
विद्युतको पहुँच नपुगेका र वनबाट सल्लाको दियालो बाल्दै आएका घरपरिवारलाई अनुदानमा सोलार वितरण गरिएको ग्रामिण जनउत्थान विकास कार्यक्रमका अध्यक्ष रमेश ऐडिले जानकारी दिएका छन ।
सर्केगाँड गाँऊपालिका वडा २ र ४ का वडाहरुका विपन्न समुदायका ८४ घरधुरीलाई वैकल्पिक उर्जा स्वरुप उज्यालोका लागी सोलार दिइएको छ ।
साविक साँया र सर्किदेऊका अति विपन्न घरधुरीलाई ३ वटा बत्ति बल्ने १२ भोल्ट र २३ एमपियरका सोलार वितरण गरिएको छ । प्रति सोलार २५ हजार पर्ने सोलार प्रति घरधुरी ५ हजारको दरमा वितरण गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया