नेपालले पायो १३९ रनको लक्ष्य
सारांश
- काठमाडौँ, २५ माघ ।
- आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नामिबियाले नेपाललाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ ।
- नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा टस हारेपछि नामिबियाले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ३४.
काठमाडौँ, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नामिबियाले नेपाललाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ ।
नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा टस हारेपछि नामिबियाले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनायो ।
नामिबियाका लागि क्रेग विलियम्सले ४१ रन तथा जेन फ्रेलिङक र जाने ग्रिनले २२÷२२ रन बनाए ।
बलिङतर्फ नेपालका लागि सन्दिप लामिछानेले चार, सोमपाल कामीले तीन तथा सरद भेसवाकर, पारस खड्का र बसन्त रेग्मीले एक÷एक विकेट लिए ।
अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया