प्रदेश नंं. १ मा कांग्रेस र माओवादीको जोड्दा पनि एमाले झण्डै दोब्बरले अघि

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १८, २०७४
|
|
३६ पटक हेरिएको
Shares
प्रदेश नंं. १ मा कांग्रेस र माओवादीको जोड्दा पनि एमाले झण्डै दोब्बरले अघि

सारांश

  • काठमाडौं, असार १८ – एक नम्बर प्रदेशका १३७ स्थानीय तहमध्ये ६६ वटाको नतिजा सार्वजनिक भैसकेको छ ।
  • यसमध्ये ४१ स्थानीय तहमा एमाले, १९ स्थानीय तहमा कांग्रेस र ६ वटा स्थानीय तहमा माओवादी केन्द्र विजयी भएका छन् ।
  • तेह्रथुम र धनकुटाको सबै नतिजा आइसकेको छ ।

काठमाडौं, असार १८ – एक नम्बर प्रदेशका १३७ स्थानीय तहमध्ये ६६ वटाको नतिजा सार्वजनिक भैसकेको छ । यसमध्ये ४१ स्थानीय तहमा एमाले, १९ स्थानीय तहमा कांग्रेस र ६ वटा स्थानीय तहमा माओवादी केन्द्र विजयी भएका छन् । तेह्रथुम र धनकुटाको सबै नतिजा आइसकेको छ । धनकुटाका सातवटै स्थानीय तहमा एमालेले जितेको छ ।    सोलुखुम्बु, भोजपुर र संखुवासभाका एक, एकवटा स्थानीय तहको नतिजा आउन बाँकी छ । झापा, मोरङ र सुनसरीका कुनै पनि तहको नतिजा सार्वजनिक भएको छैन । यस्तै ओखलढुंगाका ४, खोटाङका २, उदयपुरका ४, ताप्लेजुङका ३, पाँचथरका ५, इलामका ६ वटा स्थानीय तहको नतिजा आउँन बाँकी छ ।

झापामा आठ नगरपालिका र सात गाउँपालिका गरी १५ वटा स्थानीय तह छन् । झापाका कुनै पनि स्थानीय तहको नतिजा सार्वजनिक भएको छैन । अर्जुनधारा नगरपालिकामा खसेको भन्दा कम मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ । अरु १४ वटा स्थानीय तहमा मतगणना चलिरहेको छ । पछिल्लो विवरण अनुसार ९ वटामा एमाले, तीनवटामा कांग्रेस र एक, एक वटामा माओवादी र राप्रपाको अग्रता छ ।   मोरङमा विराटनगर महानगरपालिका सहित १७ वटा स्थानीय तह छन् ।

सबै स्थानीय तहमा मतगणना भैरहेको छ । पछिल्लो विवरण अनुसार ८ वटा तहमा कांग्रेस, ६ वटा तहमा एमाले तथा संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम, माओवादी र राप्रपा एक, एक स्थानीय तहमा अगाडि छन् ।     सुनसरीमा पनि सबै स्थानीय तहमा मतगणना चलिरहेको छ । यो जिल्लामा दुई उपमहानगर सहित १२ वटा स्थानीय तह छन् । पछिल्लो मतगणना अनुसार दुई उपमहानगर सहित तीनवटा स्थानीय तहमा एमाले, ५ वटा तहमा कांग्रेस, दुईवटा तहमा लोकतान्त्रिक फोरम तथा संघीय समाजवादी र स्वतन्त्र एक, एक तहमा अगाडि छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?