परासीको हाटबजार दुर्गन्धित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
२८ पटक हेरिएको
Shares
परासीको हाटबजार दुर्गन्धित

सारांश

  • सदरमुकाम परासीमा रहेको हाटबजार दिनप्रतिदिन दुर्गन्धित हुँदै जान थालेको छ ।
  • हप्ताको दुई पटक लाग्ने यहाँको सदरमुकामको हाटबजार हिजोआज दिनप्रतिदिन थप दुर्गन्धित बन्दै गएको तर यसप्रति कसैको ध्यान नगएको हाटबजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष राधेश्याम अग्रहरीले बताउनुभयो ।
  • रामग्राम नगरपालिकाले एउटा शौचालय बनाएको भए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन ।

सदरमुकाम परासीमा रहेको हाटबजार दिनप्रतिदिन दुर्गन्धित हुँदै जान थालेको छ ।

हप्ताको दुई पटक लाग्ने यहाँको सदरमुकामको हाटबजार हिजोआज दिनप्रतिदिन थप दुर्गन्धित बन्दै गएको तर यसप्रति कसैको ध्यान नगएको हाटबजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष राधेश्याम अग्रहरीले बताउनुभयो ।
रामग्राम नगरपालिकाले एउटा शौचालय बनाएको भए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । व्यापारीले खुला छानामुनि आफ्नो बजार व्यवसाय चलाएका छन् । बजारका लागि पर्याप्त संख्यामा पक्की छाप्रो नबन्दा व्यापारीले प्लाष्टिकको झुप्रो बनाएर आफ्नो पसल व्यवसाय सञ्चालन गरेको अर्का व्यापारी सञ्जय अग्रहरी बताउनुहुन्छ ।

बजारमा रहेका अव्यवस्थित मासु पसलबाट पनि सदरमुकाम थप दुर्घन्धित बन्दै गएको छ । यस्ता पसलबाट किनबेच हुने माछामासुले स्वास्थ्यमा नराम्रो असर पारेको स्वास्थ्यकर्मी बताउँछन् । झरही खोलामा बजारको फोहोर फाल्ने कामले खोला पनि थप प्रदूषण बन्दै गएको छ ।

यता व्यापारीको संस्था परासी बजार व्यवस्थापन समितिले बजारमा दिनप्रतिदिन फैलिँदै गएको दुर्गन्ध नियन्त्रण गर्न कुनै वास्ता नगरेको नगरवासीको भनाइ छ । बजारको अवस्था निकै जर्जर र दुर्गन्धित बन्दै गएको परासीका विकास शर्माको भनाइ छ ।

तरकारी बजारका रुपमा परिचित हाट बजारमा तरकारीका साथै अरु दैनिक उपभोग्य बस्तुको पनि किनबेच हुने गरेको छ । बजारमा जाने उचित सडक नहुँदा आवतजावत गर्न समस्या परेको स्थानीयवासीले बताएका छन् । रामग्राम नगरपालिकाले वार्षिक रु १५ लाखको बजार ठेक्का लगाए पनि बजारबाट आउने रकम बजार व्यवस्थापनमा नलगाउँदा समस्या भएको हो ।
झरही नदी किनारमा लाग्ने सो बजारमा मासु पसलेले बधशाला नहँुदा खुला रुपमा खसी र कुखुरा काट्दा बजार अत्यन्त दुर्गन्धित हुँदै जान थालेपछि बजार अस्तव्यस्त बन्दै गएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कुल नआएको भन्दै शिक्षकले विद्यार्थीलाई निर्मम कुटपिट
स्कुल नआएको भन्दै शिक्षकले विद्यार्थीलाई निर्मम कुटपिट
फागुन २३ गते शुक्रबारको राशिफल यस्तो छ
फागुन २३ गते शुक्रबारको राशिफल यस्तो छ
एसइइ पास भएपछि सांसद शान्ता चौधरीको यस्तो भावुक फेसबुक स्टाटस
एसइइ पास भएपछि सांसद शान्ता चौधरीको यस्तो भावुक फेसबुक स्टाटस
नेपाली अदुवामा पटकपटक भारतीय अवरोध
नेपाली अदुवामा पटकपटक भारतीय अवरोध
गण्डकी प्रदेशसभा सदस्य देवकोटा पदमुक्त, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा
गण्डकी प्रदेशसभा सदस्य देवकोटा पदमुक्त, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा
‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)
‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)
विश्व क्रिकेट लिग डिभिजन टुमा नेपालको विजयी शुरुवात
विश्व क्रिकेट लिग डिभिजन टुमा नेपालको विजयी शुरुवात
गायकलाइ यसकारण १० हजार पाउन्ड क्षतिपूर्ती तिर्यो बिबिसिले
गायकलाइ यसकारण १० हजार पाउन्ड क्षतिपूर्ती तिर्यो बिबिसिले
नागरिकताकाे सट्टा राष्ट्रिय परिचय पत्र, वितरण गर्ने कार्य अन्तिम चरणमा
नागरिकताकाे सट्टा राष्ट्रिय परिचय पत्र, वितरण गर्ने कार्य अन्तिम चरणमा
मोदीलाई ईमरान खानको बधाई, दक्षिण एसियाको विकासका लागि मिलेर काम गर्ने
मोदीलाई ईमरान खानको बधाई, दक्षिण एसियाको विकासका लागि मिलेर काम गर्ने

तपाईंले छुटाउनुभयो कि?