वैदेशिक लगानीका लागि स्पष्ट नीति आवश्यक : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
३८ पटक हेरिएको
Shares
वैदेशिक लगानीका लागि स्पष्ट नीति आवश्यक : प्रचण्ड

सारांश

  • भरतपुर, माघ २७ ।
  • नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सरकारले वैदेशिक लगानीका बारेमा प्राथमिकताका आधारमा राज्यले स्पष्ट नीति बनाउनुपर्ने बताएका छन् ।
  • नेपाल अण्डा उत्पादक संघको १४ औँ साधारणसभा तथा ८ औँ अधिवेशन एवं भवन शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले विदेशबाट आउने लगानीका प्राथमिक क्षेत्र निर्धारण गर्नुपर्ने बताएका हुन् ।

भरतपुर, माघ २७ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सरकारले वैदेशिक लगानीका बारेमा प्राथमिकताका आधारमा राज्यले स्पष्ट नीति बनाउनुपर्ने बताएका छन् ।

नेपाल अण्डा उत्पादक संघको १४ औँ साधारणसभा तथा ८ औँ अधिवेशन एवं भवन शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले विदेशबाट आउने लगानीका प्राथमिक क्षेत्र निर्धारण गर्नुपर्ने बताएका हुन् ।

‘विश्वव्यापिकरणको यो समयमा हामीलाई कतिपय क्षेत्रमा वैदेशिक लगानी आवश्यक पर्छ, प्रचण्डले भने, ‘कुन कुन क्षेत्रमा लगानी भित्र्याउने भन्ने विषयमा राज्यले स्पष्ट नीति बनाउनु पर्छ । नत्र यसले आम उध्यमी र जनता नै विस्थापित हुने खतरा बढ़छ ।’

अण्डा उत्पादक व्यवशायीहरूले कृषि तथा पशुपालनका क्षेत्रमा वैदेशिक लगानी भित्रिएको खण्डमा स्वदेशी व्यवशायी र किसानहरू मारमा पर्ने भएकोले अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा आधुनिकीकरण गरेर देश आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढ्न सक्ने बताए । यसका लागि राज्यको चरित्र जनपक्षीय बताए ।

आफूले समृद्द नेपालको सपना देखेको बताऊँद अध्यक्ष प्रचण्डले देशभक्तिपूर्ण भावनाले जनमुखी भएर सबैले काम गर्नुपर्ने बताए ।

चुनावमार्फत जनताले यही समृद्दीको अभियानलाई अनुमोदन गरेकोले अब बन्ने सरकारले कृषिलगायतका क्षेत्रमा आम किसान, व्यवशायीहरूको बृहत्तर हितका पक्षमा काम गर्ने दाहालको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?