भवन ३ तला, ७ तलाको लिफ्ट जडान भएको बिल !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३०, २०७४
|
|
१४ पटक हेरिएको
Shares
भवन ३ तला, ७ तलाको लिफ्ट जडान भएको बिल !

सारांश

  • सर्वोच्चका १३ पूर्वन्यायाधीशबाट चार करोड  ४९ लाखका गाडी खोस्न महालेखाको निर्देशन बाग्लुङ जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ ।
  • यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ ।
  • तीनतले भवनमा ७ तला क्षमताको लिफ्ट डिजाइन गर्नेलाई कारबाही गर्न महालेखापरीक्षकको प्रतिवेदनले निर्देशन दिएको छ ।

सर्वोच्चका १३ पूर्वन्यायाधीशबाट चार करोड  ४९ लाखका गाडी खोस्न महालेखाको निर्देशन

बाग्लुङ जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ । तीनतले भवनमा ७ तला क्षमताको लिफ्ट डिजाइन गर्नेलाई कारबाही गर्न महालेखापरीक्षकको प्रतिवेदनले निर्देशन दिएको छ ।

जिल्ला अदालतमा मात्र होइन, सर्वोच्चमै भएको बेथितिबारे पनि महालेखाले लेखेको छ । महालेखाले सर्वोच्च अदालत र मातहतका ९२ निकायमा लेखापरीक्षण गर्दा १३ करोड १३ लाख ९ हजार बेरुजु देखाएको छ ।

प्रतिवेदनअनुसार सर्वोच्चका १३ जना पूर्वप्रधानन्यायाधीसले गैरकानुनी रुपमा सरकारी सवारी साधनको दुरुपयोग गरेका छन् । प्रधानन्यायाधीशले पाउने सवारी साधनसहितको सुविधा सेवाबाट अवकास पाएको सात दिनसम्म प्रयोग गर्न पाउने व्यवस्था छ ।

तर, अवकास प्राप्त १३ पूर्वप्रधानन्यायाधीशले ४ करोड ४९ लाख मुल्यका सवारी साधन गैरकानुनी रुपमा प्रयोग गरिरहेको भन्दै महालेखाले सुविधा खोस्न निर्देशन दिएको छ । यस्तै सर्वोच्चका ३७ जना पदाधिकारी र कर्मचारीले गत बर्ष विदेश भ्रमणका लागि भन्दै लिएको ५३ लाख ३१ हजार पेश्की फछ्र्यौट नगरेको पनि देखाएको छ ।

प्राविधिक सहायताका नाममा सर्वोच्च अदालतले कानुनी शासनको विकास तथा मानव अधिकार संरक्षण कार्यक्रमका लागि डेनमार्कबाट ९ करोड ७६ लाख र प्रोजेक्ट अफ स्ट्रेन्थेनिङ दि क्यापासिटी अफ कोर्ट फर एक्सपिडियस एण्ड रिल्यावल डिस्पुटको लागि जापानबाट ४ करोड १७ लाख ४३ हजार रुपैँया लिएको थियो । तर, करिब १२ करोडको लेखापरीक्षण नै नगराएको लेखापरीक्षणमा देखिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोलम्बोमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच भेट
कोलम्बोमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच भेट
आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत
आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत
बालेन शाहसँग तत्काल जरिवाना असुल नगर्न सर्वोच्च अदालतद्वारा आदेश जारी
बालेन शाहसँग तत्काल जरिवाना असुल नगर्न सर्वोच्च अदालतद्वारा आदेश जारी
कांग्रेसले प्रदेश १ मा बनायो चुनाव प्रचारप्रसार समिति
कांग्रेसले प्रदेश १ मा बनायो चुनाव प्रचारप्रसार समिति
लकडाउनको नयाँ मोडालिटीः रेड जोनमा के निषेध र ग्रीन जोनमा के छुट ?
लकडाउनको नयाँ मोडालिटीः रेड जोनमा के निषेध र ग्रीन जोनमा के छुट ?
स्वयम्भुमा नमो क्षेत्रपाल आयुर्वेद हेल्थहोम, पहिलो दिनमै ५ सयको निःशुल्क स्वास्थ्य परीक्षण
स्वयम्भुमा नमो क्षेत्रपाल आयुर्वेद हेल्थहोम, पहिलो दिनमै ५ सयको निःशुल्क स्वास्थ्य परीक्षण
यस्तो बन्नेछ प्रदेश सरकार
यस्तो बन्नेछ प्रदेश सरकार
खस आर्य विरोधी देखियो इयु, चौतर्फी आलोचना
युक्रेनमा भएको हमलामा रूसले उत्तरी कोरियाली मिसाइल प्रयोग गरेको दाबी
युक्रेनमा भएको हमलामा रूसले उत्तरी कोरियाली मिसाइल प्रयोग गरेको दाबी
किन बढ्यो करिष्मा मानन्धरको टेन्सन
किन बढ्यो करिष्मा मानन्धरको टेन्सन

तपाईंले छुटाउनुभयो कि?