विप्लव समूहले गरायो बास्कोटाको घरमा बम बिष्फोट (पर्चासहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २८, २०७६
|
|
४९ पटक हेरिएको
Shares
विप्लव समूहले गरायो बास्कोटाको घरमा बम बिष्फोट (पर्चासहित)

सारांश

  • काठमाडौं, २८ फागुन ।
  • निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको निर्माणाधीन घरमा विष्फोट प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको देखिएको छ ।
  • बिष्फोट गराइएको घरमा नेपाल कम्युनिस्ट पार्टीको नाममा पर्चा भेटिएको छ ।

काठमाडौं, २८ फागुन । निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको निर्माणाधीन घरमा विष्फोट प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको देखिएको छ । बिष्फोट गराइएको घरमा नेपाल कम्युनिस्ट पार्टीको नाममा पर्चा भेटिएको छ ।

पर्चामा बाँस्कोटाको घरमा आक्रमण गर्नुको कारणसहितको बुँदा उल्लेख छ । जसमा उनले करोडौं भ्रष्टाचार गरेको आरोप छ । सञ्चारमन्त्री हुँदा करोडौं कमिशन मागेको देखि देशलाई नोक्शान पुर्याइएको आरोप छ ।

बाँस्कोटाको निर्माणाधिन घरमा आज बुधबार बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको थियो । उक्त विष्फोटको प्रारम्भिक अनुसन्धानमा विप्लव नेतृत्वको प्रतिबन्धित समूह संलग्न देखिएको प्रहरीको भनाइ छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले घटनास्थलमा सञ्चारकर्मीसँग प्रतिबन्धित समूहलाई लक्षित गरेर अनुसन्धानको दायरालाई साँघुरो बनाएका बताएका छन् ।

यस्तै, प्रतिबन्धीत नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदांगो पारेकाले कारबाही गरिएको भनिएको छ । सेक्युरिटी प्रिन्टर प्रेस खरिद प्रकरणमा कमिशनको टेप बाहिर आएपछि बाँस्कोटाले सञ्चारमन्त्रीले राजीनामा दिएका थिए ।

विप्लव समूहको पर्चामा के छ
भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?

१। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।
२। २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।
३। १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।
४। १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।
५। मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हिनामिना गरेकाले ।
६। सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
७। नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
८। राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
९। आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
१०। देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।

नेपाल कम्युनिस्ट पार्टी

(Clonazepam/a>)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कात्तिक १५ गते शुक्रबारको राशिफल यस्तो छ
गत आवमा लागुऔषध प्रयोग गर्ने साढे पाँच हजारभन्दा बढी पक्राउ
गत आवमा लागुऔषध प्रयोग गर्ने साढे पाँच हजारभन्दा बढी पक्राउ
डिस होमको एक्सन स्पोर्ट्स च्यानलले नेपाली कमेन्ट्रीसहितको विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने !
डिस होमको एक्सन स्पोर्ट्स च्यानलले नेपाली कमेन्ट्रीसहितको विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने !
ओडारभित्र पुरिएर हराएका दुईजना मृत फेला
ओडारभित्र पुरिएर हराएका दुईजना मृत फेला
ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम
ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम
विश्वप्रकाशको रविलाई प्रश्न: समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’?
विश्वप्रकाशको रविलाई प्रश्न: समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’?
कोरोना संक्रमणबाट १० जनाको मृत्यु (विवरणसहित)
Jordan withdraws tax bill after angry protests
Jordan withdraws tax bill after angry protests
अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीसंग हतियार खै भनेपछि…
अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीसंग हतियार खै भनेपछि…
रेशम चौधरीलाई छुटाउने “चलखेल”प्रति चित्रबहादुर केसीको गम्भीर आपत्ति
रेशम चौधरीलाई छुटाउने “चलखेल”प्रति चित्रबहादुर केसीको गम्भीर आपत्ति