कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
४० पटक हेरिएको
Shares
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे

सारांश

  • काठमाडौं ।
  • कालीमाटी तरकारी बजार अनुगमन गर्न पुगेका वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागको टोलीलाई तरकारी बजारका विचौलियाहरुले ४ घण्टा थुनेका छन् ।
  • विहान ३ बजे अनुगमन टोली तरकारीको अनुगमन गर्न कालीमाटी तरकारी बजार पुगेका थिए ।

काठमाडौं । कालीमाटी तरकारी बजार अनुगमन गर्न पुगेका वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागको टोलीलाई तरकारी बजारका विचौलियाहरुले ४ घण्टा थुनेका छन् । विहान ३ बजे अनुगमन टोली तरकारीको अनुगमन गर्न कालीमाटी तरकारी बजार पुगेका थिए । टोलीमा रहेका उपभोक्ता अधिकारकर्मी सहितलाई आफुलाई व्यापारी भन्ने विचौलियाहरुले थुनेका थिए ।

 

 

उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाका अनुसार अनुगमनमा रौतहटबाट काठमाडौ ल्याइएको फर्सीको ट्रकमा कुनै विल विजक जारी गरेको बिल नभेटे पछि दुईवटा ट्रकलाई नियनत्रणमा लिएका थिए । त्यस पछि अनुगमन टोलीलाई ब्यापारी तथा बिचौलियाहरुले अवरोध गरेका थिए । अनुगमनको बिरोधमा घेरा हालिएपछि सरकारी अनुगमन टोली नै लामो समय कालिमाटी बजारभित्रै थुनिएको थियो ।

 

उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागको अनुगमन टोलीलाई बिचौलियाको समूहले आतंकित पार्न खाजेको थियो । आतंकित पार्न खोजिए पछि अनुगमन टोलीले मिडिया गुहारेका थिए । त्यस पटि आफूहरु घेराबन्दीमा परेको र असुरक्षा भएको भन्दै टोलीले आपूर्ति मन्त्री र प्रहरीलाई खबर गरेका थियो । प्रहरीलाई खवर गरेको घण्टौ पछि प्रहरी कालीमाटी तरकारी बजार पुगेका थिए । कालीमाटी वृत्तको प्रहरी टोलीले अनुगमन टोलीलाई व्यापारीको घेराबाट सुरक्षित रुपमा कालीमाटी बृत्त पु¥याएका थिए ।

 

 

बिहान ३ बजे नै आनुगमनमा पुगेको टोलीले टोलीले बिलबिजक नभएका २ वटा ट्रक नियन्त्रणमा लिएको थियो । तरकारी उत्पादन हुने क्षेत्रमा अनुगमन गरेर फर्किएको टोलीले काठमाडौं आइपुग्दा त्यसको मूल्य तेब्बरभन्दा बढी भएको निश्कर्ष निकाले पछि अनुगमनको योजना बनाएको थियो ।

 

तर, तरकारी लिएर आउने ब्यापारीसँग बिलबिजक माग्दा टोली नै लखेटिनुपरेको छ । सरकारी अधिकारीले तरकारीमा बिचौलिया नियन्त्रणका लागि अनुगमन गर्दा असुरक्षा बेहोर्नुपरेको भन्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् । अहिले बजार अनुगमनमा अवरोध गर्ने मुख्य नाईकै भरत खतिवडालाई गिरफ्तार गरिएको छ । संधै तरकारी किन बेचमा व्यस्त रहने कालीमाटी तरकारी बजार सोमवार तनाव ग्रस्त देखियो ।

 

 

 

संयौको संख्यामा प्रहरी तैनाथ गरिएको थियो भने काठमाडौ प्रहरी परिसरका प्रमुख बसन्त लामा समेत कालीमाटी पुग्नु परेको थियो ।

 

 

कालीमाटी बजारमा तनाव बढेपछि आपूर्ति मन्त्री मात्रिका यादव आफैं कालीमाटी तरकारी तथा फलफूल बजारमा पुगे । मन्त्रीसँग वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे पनि बजार अनुगमनमा भएको अवरोधबारे जानकारी लिन पुगेका थिए ।

 

 

तनावको स्थिति उत्पन्न भएपछि कालिमाटी बजार विकास समितिको भवनमा अनुगमन टोली थुनिएको थियो ।अनुगमन टोलीलाई सुरक्षित भएको पाए पछि आपूर्ति मन्त्री मात्रिका यादव कालीमाटी बाट फर्किएका थिए ।

 

अहिले पनि ब्यापारीहरुले बजारको गेट बन्द गरेर अनुगमनको बिरोध गरिरहेका छन् ।

 

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Dipendra Singh

    Yehi layek yo sarkar nai ho

    Comment Author

    Sundar Khatri

    Sarkar niriha ra lachhaar bhayako praman yo bhanda aru ke hola hajur

    Comment Author

    Chhabi Lal Khanal

    You need to understand now you are in the power still they treat you that way and for the normal people what do you think how do they treat .

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाँउमा खेल्न नपाएपछि जंगलमा जुवाको खाल, १ लाख रुपैयाँ बरामद
गाँउमा खेल्न नपाएपछि जंगलमा जुवाको खाल, १ लाख रुपैयाँ बरामद
स्वतन्त्र सांसद हत्या प्रकरण: यसरि भएकाे रहेछ हत्या
स्वतन्त्र सांसद हत्या प्रकरण: यसरि भएकाे रहेछ हत्या
मध्यरातमा गरियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि, हवाई इन्धनमा ५ रुपैयाँ बढ्यो
मध्यरातमा गरियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि, हवाई इन्धनमा ५ रुपैयाँ बढ्यो
राष्ट्रपतिबाट सम्मानित छात्रा भइन सामूहिक बलात्कारको शिकार !
राष्ट्रपतिबाट सम्मानित छात्रा भइन सामूहिक बलात्कारको शिकार !
घरमा बम विस्फोटपछि बोले बाँस्कोटा : गम्भिर छानबिन हुनुपर्छ, दोषीलाई कारबाही होस
घरमा बम विस्फोटपछि बोले बाँस्कोटा : गम्भिर छानबिन हुनुपर्छ, दोषीलाई कारबाही होस
निर्मला पन्त हत्या प्रकरण : यसरी गरियो एसपी विष्टसहित ८ जनाविरुद्ध मुद्दा
निर्मला पन्त हत्या प्रकरण : यसरी गरियो एसपी विष्टसहित ८ जनाविरुद्ध मुद्दा
टुटल र पठाओ अझै अन्योलमा
टुटल र पठाओ अझै अन्योलमा
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी
नवनिर्वा्चित सांसद विद्या भट्टराईबाट शपथ
नवनिर्वा्चित सांसद विद्या भट्टराईबाट शपथ
३३ किलाे सुनप्रकरण: सुन तस्करबाट कसले कति रकम लिए ?
३३ किलाे सुनप्रकरण: सुन तस्करबाट कसले कति रकम लिए ?