सलमानको कन्सर्ट कि धुर्मुस–सुन्तलीको एकीकृत बस्ती ?
सारांश
- हाल २ वटा कुरा सामाजिक सञ्जाल तथा नेपाली सञ्चार जगत एक हिसावले तरंगित छ ।
- सामाजिक सञ्जालका भित्ताहरु ‘सन्तपुर एकीकृत नमुना बस्तीको’ चर्चा र चर्चित भारतीय अभिनेता सलमान खान नेपालमा ‘कन्सर्ट’ गर्न नेपाल आउने विषयले रंगिएका छन् ।
- नेपाली आयोजकको पहलमा ‘मोटो’ रकममा उनी ३ दिनका लागि नेपाल आउन लागेका हुन् ।
हाल २ वटा कुरा सामाजिक सञ्जाल तथा नेपाली सञ्चार जगत एक हिसावले तरंगित छ । सामाजिक सञ्जालका भित्ताहरु ‘सन्तपुर एकीकृत नमुना बस्तीको’ चर्चा र चर्चित भारतीय अभिनेता सलमान खान नेपालमा ‘कन्सर्ट’ गर्न नेपाल आउने विषयले रंगिएका छन् ।
नेपाली आयोजकको पहलमा ‘मोटो’ रकममा उनी ३ दिनका लागि नेपाल आउन लागेका हुन् । विश्वको महँगो मध्यको एक मानिएको उक्त ‘कन्सर्ट’को लागि सलमान खान मार्च ९ मा नेपाल आउँदै छन् । उनी नेपालमा जम्माजम्मी ३ दिन बस्नेछन् ।
निकै तामझाम र विज्ञापनका साथ आयोजकले गर्न लागेको उक्त कन्सर्टमा सलमान र कट्रिनाले एकासाथ स्टेजमा प्रस्तुति दिनेछन् । र, नेपाली दर्शकले प्रति टिकट ३ हजारदेखि १० हजार रुपैयाँसम्म तिर्नेछन् । हुन त ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उर्तादा हालसम्मकै सबैभन्दा महँगो कन्सर्ट पनि नेपाली संगीतप्रेमिहरुले बेहोरेका नै हुन् ।
संगीत जीवनको अभिन्न अंग हो यसमा कुनै दुईमत नै छैन् तर प्रश्न यसमा होइन, हाम्रो वास्तविकतामा हो । भारतीय अभिनेता सलमान खान नेपाल आउँदा उनलाई करिब १२ करोड पारिश्रमिक दिने कुरा आएको छ । कतिपयले यसलाई आवश्यकता नै होइन भनेर टिप्पणी गरेका छन् ।
दुःखको साथ भन्नपर्छ ,यो त केवल विलाशिता मात्र हो । यदी सलमान खानलाई खर्चिने रकम एकीकृत बस्ति निर्माणमा लगाउने हो भने अरु ४ बस्ती बसाउन सकिन्छ । यहाँ लेखकले यी दुई बिषयमा केहि सटिक बिश्लेषण गर्न चाहन्छ ।
वास्तवमा हामी नेपाली गरिब होइन, गरिबी हाम्रो सोचाईमा छ । हाम्रो इतिहासको पाना पल्टाउने हो भने हामी कहिले पनि हात फैल्याउने हुँदै होइन । कुनै समय बेलायतलाई सहयोग गर्न हैसियत राख्न सक्ने हामी अहिले किन यो आवस्थामा आइपुग्यौ ? सोच्नपर्ने कुरा यो हो । समय बित्दै गयो, दुनिया परिवर्तन भए । तर हामी ज्यूँका तिउँ रह्यौ ।
४०० वर्ष अगाडी बनेका साँस्कृतिक सम्पदा हाम्रा यसका चिनारी हुन् । प्राचिनकालमा बनेका ऐतिहासिक सम्पदाहरु कति चोरिए, कति बेचिए, त्यसको लेखाजोखा गरेर साध्य नै छैन । भन्न खोजिएको कुरा के हो भने, दुनियाले समयलाई चिने, समयअनुसार परिवर्तन गर्दै लागे तर हामी भने जहाँको त्यहिँ नै रह्यौं, जसले गर्दा अनेक देशमा नेपालीको हैसियत तेस्रो दर्जा जस्तो बनेको छ । यो कुरा हामीमा कहिँ कतै छिपेको छैन ।
करिब ७० वर्ष अघिसम्म कोरिया र नेपालको प्रतिव्यक्ति आय करिब–करिब बराबरी थियो । तर अहिले हेरौं, उसले नेपाली मजदुरको लागि नेपाली दुतावासमा पत्राचार गर्छ, हाम्रो भने काठमाडौँमा भीडलाई नियन्त्रण गर्न नसकेर प्रहरीले लाठीचार्ज र अश्रुग्यास हान्छ । यो हो हाम्रो वास्तविक भोगाई । जबसम्म हामी यी तमाम कुराबाट माथि उठ्न सक्दैनौं, तबसम्म यसप्रकारको बिलासिताले हामीलाई गिज्याउँछ ।
उक्त समय विलासी जीवनशैलीले आत्मसम्मान होइन, झन् आत्मग्लानी बढाउँछ । उक्त कुरा तमाम नेपालीले बुझ्न जरुर छ । होइन भने हामीले होइन, गरिबीले हामीलाई अन्त्यसम्म पछ्याईरहने छ । अन्त्यहिन उक्त भोगाईहरु हाम्रा यथार्थ हुनेछन् । यो तितो लागे पनि हाम्रो सत्यका सूचकहरु पनि हुन् ।
हुन् त मनसुनका गह्रौं थोपाहरु भीमकाय पहाडका टाकुरा र चट्टानमा जबसम्म ठोक्किएर हन्टर खादैँन, तबसम्म बर्षातको रुपमा जमिनमा बज्रिन सक्दैन । त्यसपछि मात्र यो सुन्दर धर्तीले बर्षातमार्फत हराभरा पाउँछ । यो नै प्रकृतिका नियम र सुन्दर उपहार समेत हुन् ।
अर्को कुरा तातो फलामलाई घनले निर्मम ठक्कर नदिएसम्म धारिलो हतियारको कल्पना समेत गर्न सकिन्न । सम्वृद्धि त्यस्तै अनकन्टार पहाड र कठिनाइहरुमा चुमेर बसेका हुन्छन् । कलमको निभको टुप्पोले कागजमा नरगटेसम्म सुन्दर अक्षरको कल्पना गर्न सकिन्न । त्यसकारण नै तारेभिर र अग्ला रुखहरुमा मिठो माहुरीको घार मिल्छ । टाढा जान नै पर्दैन, हिलोमा फक्रेको कमलको फूलबाट निस्किने अत्तर रुपी सुगन्धहरु यसका दरिला उदाहरणहरु हुन् ।
तर हाम्रो केसमा समय बदलियो, हामी बदलिन जानेनौं । अनि हाम्रो सोच बदल्न सकेनौं । समस्या यहि नै हो । कुरा यहाँ बुझ्न जरुरी छ । त्यसकारण हामीले सोच बदलौं, गरिबी ठाउँका ठाउँ ‘डढेलो’को आगोमा खरानी बन्छ ।
यहाँ प्रसंग जोड्न खोजेको कुरा धुर्मुस सुन्तलीको सोच बदल्ने अनुन्याई कार्यको सुरुवात र हामीले चाहने सम्वृद्धिको कुरामा कति तालमेल मिल्छ भने कुरा तुलना गर्न खोजिएको हो ।
हालै, धुर्मुस–सुन्तली फाउन्डेसनले बाढी पीडितको लागि रौतहटको सन्तपुरमा निर्माण गरेको एकीकृत नमुना बस्तीको एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत हस्तान्तरण गरियो ।
सबै उनीहरुप्रति कृतज्ञ बने । भावविह्ल बने । सबै शान्त र गम्भीर देखिन्थे कार्यक्रम हस्तानतरणको समयमा । यसप्रकारको दृश्यले सबैको मन चसक्क घोच्यो । यसो हुनको पछाडी राम्रो कामको लागि मौनधारण जस्तै क्षण थियो त्यो । सबैले सम्मान गरे ।
करिब पाँच करोड ९५ लाख रुपैयाँमा तयार भएको सन्तपुर बस्तीमा ४५ घर, सामुदायिक भवन, मन्दिर, आधारभूत तहको स्कुल, बगैँचा र भ्यू–टावर निमार्ण गरिएको छ । पछिल्लो समय कलाकारिताभन्दा सामाजिक काममा बढी सक्रिय रहेका हाँस्यकलाकार जोडी धुर्मुस–सुन्तली तथा सामाजिक अभियन्ता सिताराम कट्टेलको अनुसार उक्त बस्ती निर्माणको लागि अहिले पनि करिब ५६ लाख जति तिर्न नै बाँकी छ ।
घर हस्तान्तरण भएपछि बस्तीका माझी, मुसहर, दुसाद, लोहार र हजाम जातिका ४७ विपन्न परिवारले एक÷एक वटा घर पाएका छन् । अनवरत रुपमा खटिएका उनीहरुले उक्त बस्ती केवल १०० दिनमा नै ठड्याए । वास्तवमा उनीहरुको उक्त कार्य अद्भूत नै हो । यस प्रकारका महापुरुषको उदयले नै मुलुकले सम्वृद्धिको फड्को मार्ने हो । उनीहरुको उक्त कार्य, सुखद सुरुवात पनि हो ।
भनिन्छ, विनास नै सम्वृद्धिको ढोका पनि हो । त्यहि भयो गत वर्ष सबैको महाविपत्ति बनेर आएको महाभूकम्प धुर्मुस–सुन्तलीको लागि । कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका उनीहरु उक्त कहालीलाग्दो विपत्ति देखेर आत्तिए । हुन् पनि २०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पमा परी ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए । यो सबैको लागि हृदयविदारक क्षण पनि थियो । त्यसपछि, आफ्नो भ्रमण छोट्याएर नेपाल फर्किएका उनीहरुले कार्यमात्र सुरु गरेनन्, महाकार्यको सुरुवात गरे ।
उनीहरुले भूकम्पपछि निरन्तर दुखी, पिडित र असाहयहरुका लागि काम गर्दै आईरहेका छन् । धुर्मुस–सुन्तली फाउण्डेशनले यसअघि पनि भूकम्प पिडितहरुका लागि २ वटा बस्ती र महोत्तरी, बर्दिवासका पिछडिएका मुसहर समुदायका लागि एउटा एकीकृत बस्ती निर्माण गरिसकेको छ ।
मुलतः सिन्धुपाल्चोकको गिरानचौरमा निर्मित नमूना बस्ती स्थानीयवासीलाई हस्तान्तरण गरेपछि उक्त घटनाले देश तथा विदेशमा उक्त घटनाले सबैको ध्यान तान्यो । चौडा छाती भएका देश र विदेशमा रहेका नेपालीहरुले दिल खुलेर सहायोग गरे । हुन् त उनीहरुले सहयोगी मनहरुले दिएको सहयोगलाई इमान्दारिताका साथ कार्य गरेर देखाएका मात्र हुन् । वास्तवमा, देश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलित थोपा–थोपा रकमबाट वस्ती निर्माण सम्भव भएको हो । हाल, पाँच हजार भन्दाबढी व्यक्ति तथा संस्थाले बस्ती निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।
उक्त समय नेपाल सरकारलाई अन्तराष्ट्रिय समुदायबाट पनि अनेक सहयोग र आश्वासनहरु बढी नै आएको थियो । तर बिडम्बना, अविश्वास र आक्रोशको ‘भकारी’ बनेको नेपाली राजनैतिक नेतृत्वले प्रभावकारी कार्य गर्न सकेन वा गरेन । त्यसकारण, राजनैतिक नेतृत्वमा विश्वासको ‘संकट पैदा भयो । जस्तापाता काण्ड, राहत माननीयहरुले नै लिएर सुईंकुच्चा ठोकेको ‘तस्बिरहरु सामाजिक सञ्जालमा त्यस समय भाइरल नै भएका थिए ।
विश्वासको खडेरी बनेको समय धुर्मुस–सुन्तली एउटा अवतार बनेर आयो । जसलाई धेरैले भरोषाको केन्द्रबिद्न्दु ठाने । हालसम्म नेपालीको सहयोगले ४÷४ ओटा एकीकृत बस्ती निर्माणमा छर्लागं मार्नु यसको दरिलो सूचक पनि हो । यहाँ छर्लागं किन भनिएको भने, उनीहरुमा विश्वास र सहयोगको यस्तो सुनामी नै आएको छ कि, सम्पूर्ण नेपाली मनहरु उक्त कार्यबाट नतमस्तक नै बनिसकेका छन् ।
लाखौं माइलको पहिलो पदचाप !
जब देश भूकम्पले विक्षिप्त भै थलिएको थियो । अलिकति भएपनि व्यक्तिगत तबरले मल्हम लगाउने हिसाबले उक्त कार्यको सुरु गरेको उनीहरु सम्झिन्छन् उनीहरु अहिले । उक्त कार्यको सुरुवात काभ्रे जिल्लाको डाँडागाउँस्थित पहरी गाउँमा एकीकृत बस्ती बसाउने योजनाबाट सुरु भयो । २०७२ जेठ १७ गतेदेखि काम प्रारम्भ गरेका उनीहरुले जब सफलतापूर्वक कार्य गरेर देखाए तब स्वदेश तथा विदेशमा बस्ने सहयोगी मन भएका नेपालीहरूको सहयोगको ओइरो नै लाग्यो ।
उक्त कार्य सम्पन्न गर्दाको क्षण सुन्तली यसरी सम्झिन्छिन्– ‘सुरुमा बस्ती निर्माणको लागि रकम अभाव बढ्दै गएपछि हामीले आफ्नो घर बेच्ने निर्णय गर्यौं, तर स्वदेश तथा विदेशमा बस्ने सहयोगी मन भएका नेपालीहरूको सहयोगले ४७ लाख रुपैयाँ संकलन भयो । करिब ७७ दिन बारीको पाटामा बसेर झन्डै ६७ लाख बजेटको बस्ती बसाउने क्रममा हामी आफैँले ६ लाख रुपैयाँ जम्मा गर्यौं ।’ हो यसैलाई भनिन्छ भिष्म प्रतिज्ञा ।
त्यसपछि उनीहरुले सिन्धुपाल्चोकको गिरानचौरमा जब एकीकृत नमूना बस्ती बनाउने निर्णय गरे, तब सहयोग बर्षाझैँ बर्सियो । त्यतिमात्र नभएर ४ करोड ७८ लाख लगानीमा निर्माण हुने बस्तीका लागि आवश्यकताभन्दा करिब १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैँया बढी हुन आयो । त्यसपछि उक्त बचेको रकम मुसहर बस्ती निर्माणका लागि खर्च गर्दै उनीहरु अहिले पछिल्लो समय सन्तपुरसम्म आइपुगेका छन् । राज्यले गर्न नसकेको काम गरेर दुनियाँभर रहेका नेपालीहरुको स्याबासी पाएका उनीहरुले अहिले जे गरिरहेका छन्, त्यो इमान्दारिताको सम्मान पनि हो ।
राजनैतिक समानताको लडाईं लडिरहेको तराई–मधेस राजनीतिक अधिकारको साथै भोक र अशिक्षासँग पनि जुधिरहेको छ । त्यसपछि उनीहरुको नजर बर्दिबासस्थित त्यहाँका ५५ वटा झुपडीमा अशिक्षादेखि बालविवाहसम्मका कारुणिक सामाजिक कुरीतिसँग जीवन मरणको लडाईं गरिरहेका मुसहर समुदायहरुको बस्तीतिर सोझियो ।
र, तेस्रो नमूना एकीकृत बस्ती राष्ट्रिय एकताको प्रतिक हुनेछ भन्ने दृढ संकल्प लिँदै अनुमानित ४ करोड ७८ लाखको बजेटमा गत पुस २५ गते बस्ती निर्माणको शिलान्यास भयो र ५४ वटा सुन्दर घरहरु ठडिए । उक्त कार्य एक हिसाबले सामाजिक उद्दार नै भएको छ भने पनि हुन्छ ।
सम्वृद्ध नेपालका ४ महानायक
भनिन्छ, मुलुक बनाउन ठूलो मान्छे होइन असल मान्छे जन्मिए पुग्छ । लि क्वानले एउटा गरिब र अल्प विकसित राष्ट्र सिंगापूरलाई अहिले विश्वको सम्वृद्ध राष्ट्रको सूचीमा समाबेश गरेका छन् । त्यहाँ अहिले आख्यान नै छ । सिंगापुरको सडकमा हिँड्दा हिँड्दा जुत्ताको सोल खिइएला तर धुलोले अलिकति पनि दुषित गर्दैन । त्यति सुन्दर छ सिंगापुर अहिले ।
स्वीजरल्याण्ड, हङकङ, मलेसिया, कोरियालगायत कयौं त्यसको उदाहरणको रुपमा लिन सकिन्छ । त्यहाँ ठूलो भाषणले होइन, असल मान्छेले देश बनाएको हो । यो नजिरलाई कसैले नचाहेर पनि अस्विकार गर्न सक्दैन ।
नेपालको सन्दर्भमा पनि अनेकौं असल सपुतहरुले सम्वृद्ध बनाउने सपना नदेखेका होइनन्, तर असलभन्दा ठूला मानिसको जमातले क्वाप्पै निल्यो ।
जनार्दन शर्मा र कुलमान घिसिङ

उर्जा संकटले चरम अवस्थामा पुगेको नेपालको लागि यी महापुरुषको व्यवस्थापकीय क्षमताले नेपाली समाजलाई उज्यालो युगमा पुर्याएको छ । नेपाल विद्युत प्राधिकरणमा व्याप्त भ्रष्टाचार र कमिसनको जालोलाई धुजाधुजा पारी नेपाली समाजमा उर्जा संकट सावधान गर्नु नेपालको सम्वृद्धिको मुहान हाले जस्तै हो । उनीहरु त नेपालका वास्तविक महानायक हुन् ।
उनीहरुको कारण अहिले राष्ट्रले अरबौं राजश्व प्राप्त गरेको छ । हजारौं रोजगारी सिर्जना भएको छ । कयौं विदेसिनबाट बचेका छन् । उनीहरुको को पुण्यकर्मको जति पूजा गरे पनि कमै होला ।
रवि लामिछाने

उनी अमेरिका बसेपछि अहिले नेपाली पत्रकारिता ज्यूँदो सपुत बनेर उदाएका छन् । भ्रष्टाचार, शोषण, कुरीति र सामाजिक न्यायको क्षेत्रमा अहिले गरेको योगदान जति गरे पनि कमि हुन्छ । उनको प्रसंशाको लागि जति शब्द पनि कमि होला सायद । त्यसकारण उनी नेपाली जनताका न्यायका ढुकढुकी नै बनेका छन् । जो प्रत्येक धड्कन बनेर बसेका छन् । उनको उक्त कार्यलाई शिर निहु¥याई नमन !
डा. गोविन्द केसी

स्वास्थ्य क्षेत्रमा देखिएको विसंगतिको भण्डाफोर गर्दै नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको लागि सत्यग्राही त्यागका प्रतिमूर्ति हुन् केसी । सत्याग्रह कति शक्तिशाली हुन्छ भनेर नेपालमा पहिचान बनाउने व्यक्ति समेत हुन् । उनमा कुनै लोभ र स्वार्थ छैन छ त देश र स्वास्थ्य क्षेत्रको सम्वृद्धि ।
त्यसकारण उनको असल व्यक्तित्वको लागि तमाम नेपाली प्राण बनेर बसेका छन् । मेडिकल शिक्षामा बढ्दो व्यापार र कालोबजारी रोक्न उनको उपस्थिति गतिलो पहाड बनेर खडा भएको छ, निष्ठाका यी खम्बालाई हृदयदेखि नै श्रद्धासुमन !
त्यसकारण, हाम्रो जस्तो देशमा अहिले ठूलाभन्दा असल मानिसको खाँचो छ । इमान्दारितापूर्वक कार्य गरे देश सिंगापुर होइन, स्विजरल्याण्ड होइन, सम्बृद्ध नेपाल बन्नेछ । त्यसैले सोच बदलौं, तरिका बदलौं, यी तमाम पछौटेपनको अन्त्य हुनेछ र सम्वृद्धि हाम्रै पालामा सम्भव छ ।
(लेखक युवराज पाण्डे हाल विदेशमा छन् । उनी समसामयिक विषयमा लेखहरु लेख्ने गर्छन् ।)
Dhanra Bhattrai
Dhurmos suntle
Agupta Bajracharya
Dhurmus & suntali
Sudip Rimal
Dhurmush n suntali
JB Tamang
dhurmus suntali
Krishna Thakuri
हो हो नेपालीको बुद्धि पछाडि हुन्छ भनेको यही हो नेपालका दु ख कष्ट परेकालाई 50/60 रूपया दिनकाे लागि पनि करोडौं जस्तो मानेर दिदैन तर यस्ता भारतीय कलाकार सलमन खान मात्र होइन काेही पनि आवस त 5/10 हजार नै खर्च गर्न तयार हुन्छन्
Bhagwan Sah
D,s ko
Puskar Shrestha
Dhurmus suntali
Kabita Chhetri
durmus suntali ko ekal basti
Mahendra Rai
Dhurmus suntali
गीता रेग्मी
एकेक्रीत बस्ति
Ram Kumar Shrestha
Basti
Sita Rai
एकिकृत बस्ती१अाफ्नो देशको पैसाले सामाजिक सेवा गर्नु उत्तम हो।नेपालको पश्चिम दुर्गम क्षेत्रमा तुइनबाट,गाडीको चक्कालाई डुङ्गा बनाएर कष्टकर जीवन ब्यतित गर्दै ,जीवनलाई जोखिममा पारेर बिद्यालय जान्छन् नानीहरु ।शायद २वटा पुल बन्थ्यो होला ।
Krishna Pd Upadhyay
धुरमुस सुन्तली फाउन्डेसन लाई दिनु ठिक ।
Mahendra Gurau
ओली जी, मनोरन्जन पनि चाहिन्छ, बिकाश पनि चाहिन्छ, सक्छौ भने राज्यकोशको ढुकुटीबाट बिकाश गरेर देखाउ? मेरो बिन्ती चन्दाको भरमा होइन, आफ्नो कार्यकालमा हामीहरूलाई बाडेको आश्वासनको लडडुको पुरा होस् ।
Nirmal Adhikari
पक्कै पनि धुर्मुस र सुन्तली
Bhim Basnet
दुबै आफ्नो ठाउमा ठिक छ!
Deepak Rijal
d n s ko
Bijay Manandhar
Basti 100%
Magar Gagan
Maanchhe lai sabai thok chahinchha…
Surendra Kumar Shrestha
Dhurmus suntali
Samir Karki
Basti
Bamala Karki
Basti????
Yashoda Upreti Rijal
Dhutmus shuntali
Sagar Kc
Basti
Tilak Kc
Durmus ko ni
Madan Simana
दुबै आ आपनो ठाँउमा उतिकै महत्त्वपूर्ण हुन
Esmik Gaha Magar
Dhurmush suntali
Nesu Rana Magar
D+ S ko
सुजन लुवार
Basti
Naresh Rokaya
Dhurmusko ekanta basti
RaZu GRg
Proud of nepalese,who is that guy salman
Achhami Kunwar
Dhurmus sunntali diy thik ho
Dipendra Mamta Raut
Dhurmush ko akikrit basti.
Yadav Ganga
Dhurmus suntili
Parkash Tudu
Dhurmus shuntali ko