घर पुगेका सचिवले यस्तो निर्णय गरेर फर्केका थिए, तर सपनामै…

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
घर पुगेका सचिवले यस्तो निर्णय गरेर फर्केका थिए, तर सपनामै…

सारांश

  • माधव बेल्वासे कपिलवस्तु, माघ २७ ।
  • सिचाईं मन्त्रालयका सचिव रामानन्द यादव सवार गरेको बा२झ ३१४० नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो ।
  • बेपत्ता सिर्चांइ सचिव रामानन्द यादव मृत भेटिएका छन् ।

माधव बेल्वासे

कपिलवस्तु, माघ २७ । सिचाईं मन्त्रालयका सचिव रामानन्द यादव सवार गरेको बा२झ ३१४० नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो ।

बेपत्ता सिर्चांइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जनाको अवस्था भने अझैं अज्ञात छ । सचिव यादव ५७ बर्षका हुन् । यादवको मृत्युको खबर आएपछि कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ डिहवा गाउँ शोकमा डुबेको छ ।

दुर्घटनामा सचिव यादवसहित उनका २२ वर्षीय छोरा सन्तोष र साथीको छोरी १५ वर्षीया उन्नती गुप्ता बेपत्ता छन् । माइली छोरी डा.रन्जना यादवको विवाहको लागि सचिव यादव घर आएका थिए । आउने फागुन ११ गते रन्जनाको विवाह भैरहवाका डा. रणधिर यादवसगँ गर्ने पक्का भएको थियो ।

पिता महाविर यादव र माता धन्जावती यादवका तिन भाई छोरामध्ये सचिव यादव माइला छोरा थिए । यादवका कान्छ भाई बृजाप्रसाद यादवको ५ बर्ष पहिले निधन भैसकेको छ भने दाजु छेदीप्रसाद यादव मात्र रहेका छन् । यादवको श्रीमती कमला यादव र तिन छोरी पनि घटना भएको खबर पाएलगतै घटनास्थल पुगेका छन् । जेठी छोरी नितुको विरगन्जमा विवाह भैसको छ ।

यादवकी छोरीको विवाहका लागि सबै तयारी पुरा भएको थियो । हामी पनि निम्तो बाँड्न व्यस्त थियौ । तर अचानक यस्तो घटना भयो हामी धैरे नै दुखी भएको गाउँका प्रदीप यादवले बताए । दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् । उनलाई यसअघि नै उद्दार गरेर ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ । प्रहरीका अनुसार, दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?