रविन्द्र मिश्रले देखे सरकारमा अधिनायकवादको संकेत

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
३८ पटक हेरिएको
Shares
रविन्द्र मिश्रले देखे सरकारमा अधिनायकवादको संकेत

सारांश

  • काठमाडौं, २९ बैशाख ।
  • विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले कसैलाई असर नगरी गरिएको अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु अधिनायकवादको संकेत भएको बताएका छन् ।
  • “मोदीको स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौं”, लेखेको व्यानर विवेकशील साझा पार्टीले आफ्नो केन्द्रीय कार्यालयमा राखेपछि प्रहरीले हटाएको थियो ।

काठमाडौं, २९ बैशाख । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले कसैलाई असर नगरी गरिएको अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु अधिनायकवादको संकेत भएको बताएका छन् । “मोदीको स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौं”, लेखेको व्यानर विवेकशील साझा पार्टीले आफ्नो केन्द्रीय कार्यालयमा राखेपछि प्रहरीले हटाएको थियो ।

विवेकशील साझा पार्टीको कार्यालयमा व्यानर राख्ने र हटाउने क्रम दिनभर नै चलिरहेको छ । कार्यालयमा प्रहरी तैनाथ रहेको मिश्रले ट्विटमा लेखेका छन् । बिहीवार विवेकशील साझा पार्टीले एक विज्ञप्ति प्रकाशित गरी भारतीय प्रधानमन्त्री मोदीले नाकावन्दीका कारण नेपाली जनताले सास्ती भोगेको जनाउँदै क्षमा माग्नुपर्ने बताएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tanka Giri

    देश बिकास हुने संकेत देखियो भने त सामन्ती र अराजकहरुको नजरमा अधिनायकवादको आरोप लगाउने चलनै हो नि

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?