तरकारी र फलफूल खेतीका लागि प्रख्यात कपुरकोटमा दुई स्थानीय सरकारका प्रमुख

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
६० पटक हेरिएको
Shares
तरकारी र फलफूल खेतीका लागि प्रख्यात कपुरकोटमा दुई स्थानीय सरकारका प्रमुख

सारांश

  • सल्यान, ५ भदौ ।
  • दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनबीच तरकारी र फलफूल खेतीका लागि प्रख्यात कपुरकोटमा छलफल भएको छ ।
  • विश्वव्यापी परिवर्तन अनुसन्धान संस्थानका प्रतिनिधि, पत्रकारसहित कपुरकोटमा कृषि तथा वातावरणबारे यी दुई स्थानीय सरकार प्रमुखहरुले छलफल गरेका हुन् ।

सल्यान, ५ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनबीच तरकारी र फलफूल खेतीका लागि प्रख्यात कपुरकोटमा छलफल भएको छ । विश्वव्यापी परिवर्तन अनुसन्धान संस्थानका प्रतिनिधि, पत्रकारसहित कपुरकोटमा कृषि तथा वातावरणबारे यी दुई स्थानीय सरकार प्रमुखहरुले छलफल गरेका हुन् ।

दुई स्थानीय सरकारका प्रमुखहरुले खासगरी कपुरकोटको तरकारी, अदुवा, कृषि उपज संकलन केन्द्र, सहकारी संस्थाको अवलोकन र विविध जानकारीहरु पनि थिएका थिए । कपुरकोटमा रहेका विविध सम्भावनाहरुलाइ कसरी सफलतामा परिवर्तन गर्न सकिन्छ भन्ने बारेमा विश्वव्यापी परिवर्तन अनुसन्धान संस्थानका पाभेल काड्लिनसहित पाण्डे र सेनले महत्वपूर्ण छलफल गरेको कपुरकोट गाउँपालिका अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।

तरकारी तथा फलफूल खेतीका लागि कपुरकोट प्रख्यात छ । सहकारीको माध्यमबाट विभिन्न क्रियाकलापहरु सञ्चालन गरेर किसानको आयस्तर निकै माथि उठाउन सकिने भन्दै तुलसीपुर नगरपालिकाका प्रमुख पाण्डेले कपुरकोट गाउँपालिकासँग निरन्तर सहकार्य गर्दै अगाडि बढ्ने बताएका थिए ।

यस्तै कपुरकोट गाउँपालिकाका अध्यक्ष सेनले तरकारी, अदुवा खेतीलाई व्यवसायिक बनाउन, गुणस्तरीय उत्पादनलाई बढावा दिन स्थानीय सरकारले कस्तो खालको भूमिका निभाउन सक्छ भन्ने बारेमा छलफल भएको जानकारी दिए । टोलीले अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटमा पुगेर अदुवा खेती प्रविधि, यसको बजार, प्रशोधन र अब यस क्षेत्रमा ल्याउनुपर्ने योजना तथा कार्यक्रम बारेमा पनि जानकारी लिएको थियो । अदुवा बाली अनुसन्धानका प्रमोद वाग्लेले अनुसन्धान कार्यक्रमले हालसम्म हासिल गरेका सफलता, पत्ता लगाएका प्रविधिका बारेमा अवगत गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोत्सवानामा सयौँ हात्तीहरु मृत अवस्थामा भेटिए
बोत्सवानामा सयौँ हात्तीहरु मृत अवस्थामा भेटिए
अन्नपूर्ण राष्ट्रिय दैनिककाे प्रधान सम्पादकमा कान्तिपुर दैनिकका सम्पादक थापा
अन्नपूर्ण राष्ट्रिय दैनिककाे प्रधान सम्पादकमा कान्तिपुर दैनिकका सम्पादक थापा
काठमाडौँमा विहानै विष्फोट, एक महिला घाइते
काठमाडौँमा विहानै विष्फोट, एक महिला घाइते
विजय पछि सुवालले भन्नुभयो–नेमकिपाको विजय पूर्वबाट घाम उदाए जस्तै हो
विजय पछि सुवालले भन्नुभयो–नेमकिपाको विजय पूर्वबाट घाम उदाए जस्तै हो
नेपाली क्रिकेटर सन्दीपले बनाए ५० विकेटको रेकर्ड
नेपाली क्रिकेटर सन्दीपले बनाए ५० विकेटको रेकर्ड
मुगुमा चिसोले गाउँ छोड्दै स्थानीय
स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले  ‘पपुलर’ मत ल्याउने,
स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले ‘पपुलर’ मत ल्याउने,
चेल्सीले जित्यो युरोपा लिगको उपाधि
चेल्सीले जित्यो युरोपा लिगको उपाधि
सुनकोशीमा बेपत्ता कर्मचारीको शव पाँच दिनपछि फेला
सुनकोशीमा बेपत्ता कर्मचारीको शव पाँच दिनपछि फेला
नोभा दही ‘बिग तीज, बिग धमाका’, बम्पर प्राइज सुनको गहना, फेसबुक कमेन्टबाट पनि सहभागिता
नोभा दही ‘बिग तीज, बिग धमाका’, बम्पर प्राइज सुनको गहना, फेसबुक कमेन्टबाट पनि सहभागिता