प्रदेश सुरक्षाको कमान्ड कसको हातमा ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
२० पटक हेरिएको
Shares
प्रदेश सुरक्षाको कमान्ड कसको हातमा ?

सारांश

  • काठमाडाै, फागुन ६ ।
  • प्रदेश सरकारको गृह प्रशासनको नेतृत्व प्रथम श्रेणीको सहसचिवको नेतृत्वमा हुने र सहसचिवले विशिष्ट श्रेणीको एआईजीलाई निर्देशन दिन व्यावहारिक कठिनाइ हुने भएपछि माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एआईजीहरूलाई फाजिलमा राख्ने निर्णय गरेको थियो ।
  • अाजकाे कान्तिपुर दैनिकमा खबर छ- तर अहिले पनि प्रदेश प्रहरीको सरंचना एआईजीकै नेतृत्वमा छ ।

काठमाडाै, फागुन ६ । प्रदेश सरकारको गृह प्रशासनको नेतृत्व प्रथम श्रेणीको सहसचिवको नेतृत्वमा हुने र सहसचिवले विशिष्ट श्रेणीको एआईजीलाई निर्देशन दिन व्यावहारिक कठिनाइ हुने भएपछि माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एआईजीहरूलाई फाजिलमा राख्ने निर्णय गरेको थियो ।

अाजकाे कान्तिपुर दैनिकमा खबर छ- तर अहिले पनि प्रदेश प्रहरीको सरंचना एआईजीकै नेतृत्वमा छ । यस्तो अभ्यासले कैयौं प्रदेशका आन्तरिक मामिलाका सचिवले आफूभन्दा एक तहमाथि अर्थात् विशिष्ट श्रेणीको एआईजीलाई निर्देशन दिने तथा बैठकमा डाक्ने काम हुन सकेको छैन ।

एक प्रदेशका आन्तरिक मामिला सचिवले सुरक्षासम्बन्धी संवेदनशील विषयमा कुरा गर्न प्रदेशका एआईजीसँग छलफल गर्नुपर्ने, तर विद्यमान प्रोटोकलका कारण एआईजीसँग औपचारिक कुराकानी हुन नसकेको बताए ।

एआईजीलाई व्यवस्थापन गर्नकै निम्ति केन्द्र सरकारको गृह संरचनाभन्दा विपरीत हुने गरी ऐन संशोधन गर्न गृह मन्त्रालयमा तीव्र दबाब परेको छ ।

आन्तरिक मामिलामन्त्रीको प्रदेश सुरक्षा समितिमा कुनै भूमिका नहुने र समितिको बैठक प्रदेश प्रमुख सचिवको नेतृत्वमा राख्ने गरी नीतिगत व्यवस्था गर्ने विकल्प एआईजीहरूले अघि सारेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?