थाई एयरले पुनः थाल्यो काठमाडौं-बैंकक उडान

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०८०
|
|
१८ पटक हेरिएको
Shares
थाई एयरले पुनः थाल्यो काठमाडौं-बैंकक उडान

सारांश

  • काठमाडौं।
  • थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले आजदेखि काठमाडौं-बैंकक उडान पुनः सुरु गरेको छ।
  • कोभिड-१९ का कारण काठमाडौंको उडान बन्द गरेको कम्पनीले पुनः उडान सुरु गरेको हो।

काठमाडौं। थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले आजदेखि काठमाडौं-बैंकक उडान पुनः सुरु गरेको छ।

कोभिड-१९ का कारण काठमाडौंको उडान बन्द गरेको कम्पनीले पुनः उडान सुरु गरेको हो। कम्पनीले कोभिडका कारण २५ मार्च २०२० देखि काठमाडौं गन्तव्यको उडान बन्द गरेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयरवेजले आइतबारदेखि उडान पुनःसुरु गरेको छ। यसअघि थाइल्याण्डको आन्तरिक उडानमा रहेको थाई स्माइलले गर्दै आएको काठमाडौं उडान आजैदेखि बन्द भएको छ। थाई स्माइल थाइल्याण्डको आन्तरिक उडानमा थियो।

थाई एयरवेजले सन् १९६८ को डिसेम्बरमा नेपालमा पहिलो पटक उडान सञ्चालन गरेको थियो। कम्पनीले नेपालको उड्डयन इतिहासमा लामो सयम उडान गरेको छ। कोभिडपछि अन्तर्राष्ट्रिय उडान पुरानै लयमा फर्किएको विमानस्थल कार्यालयले जनाएको छ। गत असोज ३० गते हालसम्मकै सर्वाधिक उडान दुईतर्फी एक सय १३ उडान भएको थियो। कात्तिकको पहिलो साता एक सय १० हाराहारी उडान भएको थियो।

‘विन्टर सिजन’ अन्तर्राष्ट्रिय उडानको बढी माग आएको र एयर ट्राफिक व्यवस्थापनलाई मिलाएर उडान सहजीकरण गरिने विमानस्थलका महाप्रबन्धक तिवारीले बताए। नेपालमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?