परिवारलाई सम्हाल्न गाह्रो भयो- प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
परिवारलाई सम्हाल्न गाह्रो भयो- प्रचण्ड

सारांश

  • ४ मंसिर, काठमाडौं ।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले परिवारका अन्य सदस्यहरुलाई सम्हाल्न गाह्रो भइरहेको बताएका छन् ।
  • छोरीको निधन भएको तीन वर्षपछि एक मात्र छोरा प्रकाशलाई पनि गुमाएका प्रचण्डले ठूलो पीडा भइरहेको बताए ।

४ मंसिर, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले परिवारका अन्य सदस्यहरुलाई सम्हाल्न गाह्रो भइरहेको बताएका छन् । छोरीको निधन भएको तीन वर्षपछि एक मात्र छोरा प्रकाशलाई पनि गुमाएका प्रचण्डले ठूलो पीडा भइरहेको बताए ।

 

पुत्र वियोगको पीडामा रहेका दाहालले आफूलाई भेट्न सोमबार बिहान लाजिम्पाटस्थित निवास आएकाहरुलाई भने, जनताले हामीबाट अभिभावक जस्तै भूमिका खोजेको छ । हामीले धैर्य गर्नुपर्छ भनेपछि बिस्तारै नर्मल हुने तिर गएको छ । तर पीडा ठूलै छ ।’

आफूले पार्टीको लिडरको हैसियतले, हिजोको युद्ध, शान्ति सबै घटनाले रियलाइज गर्नसक्ने भन्दै परिवारलाई सम्हाल्न गाह्रो भएको बताए ।
पहिले छोरीको घटना र अहिलेको यो घटनाले विक्षिप्तता ल्याएको दाहालको भनाई छ ।

निकै भावुक देखिएका प्रचण्डले छोरा प्रकाश दाहालको श्रद्धाञ्जली सभामा र दाहसंस्कारमा सहभागी भएकाहरु सबैलाई धन्यवाद समेत दिए । शोकको समयमा सबैबाट रचनात्मक सहयोग पाउँदा आफ्नो परिवारलाई शक्ति प्राप्त भएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?