नेपाल–भारत १६ बुँदे संयुक्त विज्ञप्ति : हवाई रुट प्रदान गर्न निर्देशन
सारांश
- काठमाडाै, २९ वैशाख ।
- भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको २ दिने नेपालको राजकीय भ्रमणको अन्तिम दिन नेपाल–भारत १६ बुँदे संयुक्त विज्ञप्ति जारी भएको छ।
- संयुक्त विज्ञप्तिमा नेपालले माग गरिरहेको हवाई रुटको विषय समेत उल्लेख गरिएकाे संयुक्त विज्ञप्तिमा दुइ देशबीच जल, रेल तथा हवाइ कनेक्टिभिटीमा जाेड दिने उल्लेख छ।
काठमाडाै, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको २ दिने नेपालको राजकीय भ्रमणको अन्तिम दिन नेपाल–भारत १६ बुँदे संयुक्त विज्ञप्ति जारी भएको छ।
संयुक्त विज्ञप्तिमा नेपालले माग गरिरहेको हवाई रुटको विषय समेत उल्लेख गरिएकाे संयुक्त विज्ञप्तिमा दुइ देशबीच जल, रेल तथा हवाइ कनेक्टिभिटीमा जाेड दिने उल्लेख छ।
संयुक्त विज्ञप्तिको साताैं बुँदामा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदी नेपाललाई थप हवाई रुट दिनेबारे छिटै छलफल गर्न आ-आफ्ना देशका प्रविधिक टोलीलाई निर्देशन दिएका छन्।’ आकाश, जमिन र पानीबाट दुई देशबीच रहेको आर्थिक र भौतिक सम्पर्कलाई बलियो पार्न थप कदम चाल्न दुई प्रधानमन्त्री सहमत भएको समेत साे बुँदामा उल्लेख छ।
अहिले भारत हुँदै अाएका विमानहरू एउटा विन्दूबाट नेपाल प्रवेश गर्छन्। भारत, हङकङ, बैंकक, ढाका, मलेसिया, सिंगापुरसहितका देशहरुबाट आउने जहाज सिमरा नजिकै रहेको रोमियो केन्द्र भएर प्रवेश गर्छन्। नेपालबाट बाहिरिनका लागि भैरहवा, ओनिसा (महेन्द्रनगर), सिमरा, जनकपुर, विराटनगरको आकाश प्रयोग हुनेगर्छ।
सिमरा (रोमियो), मेची (तुम्लिङटार), नुनीम (सगरमाथाबाट पूर्व) को अकाशबाट जहाजहरू नेपाल प्रवेश गर्छन्। चीनबाट नेपाल भित्रिने जहाज भने नुनीम केन्द्र हुँदै नेपाल प्रवेश गर्छन्। नेपालले चीनसँग पनि नयाँ ‘एयर रूट’ लिन छलफल गरिरहेकाे छ।
नेपालले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारतसँग आकाश उपलब्ध गराउन अाग्रह गर्दै अाएकाे सन्दर्भमा दुइ देशका प्रधानमन्त्रीले यस्ताे निर्देशन दिएका हुन्। यसअघि प्रधानमन्त्री अाेलीले अाकाश उपलब्ध गराउन भारतले कञ्जुस्याइँ गरिरहेकाे बताएका थिए।
संयुक्त वक्तव्यमा नेपाल-भारत व्यापार सन्धि पुनरावलाेकन गर्न दुवै प्रधानमन्त्री सहमत भएका छन्। नेपाली वस्तुकाे निर्यात पहुँच बढाउन मिलेर काम गर्न दुवै देश सहमत भएका छन्। नेपालकाे भारतसँगकाे व्यापारघाटाबारे दुइ प्रधानमन्त्रीबीच छलफल भएकाे संयुक्त विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री अाेलीले व्यापार घाटा कम गर्न कदम चाल्नुपर्ने उल्लेख गरेका छन्। अघिल्लाे महिना भएकाे प्रधानमन्त्री अाेलीकाे भारत भ्रमणका क्रममा भएका समझदारीका विषयमा कुराकानी भएको र दुबै प्रधानमन्त्री कृषि, रेल र जलमार्गबारे प्रभावकारी कार्यान्वयन गर्न सहमत भएको संयुक्त विज्ञप्तिमा जनाइएकाे छ।
भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीलाई भारत भ्रमणको निम्तासमेत दिएका छन्। प्रधानमन्त्री अाेलीले साे निमन्त्रणा स्वीकार समेत गरेका छन्।
प्रतिक्रिया