लोभलाग्दो सफलताका पर्याय

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
४० पटक हेरिएको
Shares
लोभलाग्दो सफलताका पर्याय

सारांश

  • म्याक्स बाबु व्यक्तिगत भविष्यको सोचमा ५ वर्षअघि अष्ट्रेलिया छिरेका चितवनका विजय सापकोटाले अब देशको भविष्य सोच्न थालेका छन् ।
  • नेपाल फर्किने सोच बनाएका उनी जुन, २०१३ मा उच्च अध्ययनका लागि अष्ट्रेलिया आएका थिए ।
  • उनको परिचय सामान्य घेराभन्दामाथि उठिसकेको छ ।

म्याक्स बाबु

व्यक्तिगत भविष्यको सोचमा ५ वर्षअघि अष्ट्रेलिया छिरेका चितवनका विजय सापकोटाले अब देशको भविष्य सोच्न थालेका छन् । नेपाल फर्किने सोच बनाएका उनी जुन, २०१३ मा उच्च अध्ययनका लागि अष्ट्रेलिया आएका थिए । उनको परिचय सामान्य घेराभन्दामाथि उठिसकेको छ । विजयले अध्ययनमा मात्र सफलता हात पारेका छैनन्, अष्ट्रेलियाली सरकारले तय गरेको समिति, अन्तर्राष्ट्रिय शिक्षाका विभिन्न निकायका उपस्थितिलाई बलियो बनाएका छन् ।

उनको सफलताको लोभलाग्दो यात्रा देखेर अष्ट्रेलियामा अध्ययनका लागि पुगेका विश्वका विद्यार्थीमात्र होइन, आमसाधारण पनि पुलकित हुन्छन् । ‘म जुन जिम्मेवारीमा छु, त्यो मैले सोचेको सफलता होइन । समय र मिहेनतसँगै भाग्यले डो¥याएको बाटो हो । अब मैले यहि बाटोबाट नेपालको भविष्यको मार्गचित्र पनि तयार पार्नुपर्छ भन्ने सपना बुनेको छु ।’ उनी भन्छन् ।

शैक्षिक र आर्थिक उपलब्धिसँगै अन्तर्राष्ट्रिय सामाजिक उचाई कायम गरेका विजय करोडौं युवाका आदर्श पात्र हुन् । ‘प्लस टु’ सकेर चितवनबाट काठमाडौं हुँदै ईन्जिनियरिङमा स्नातक तहको अध्ययनका लागि अष्ट्रेलिया आएका विजयको परिचय साँघुरो घेरामा रहेन । परिचयको दायरा विश्वभरीका विद्यार्थी माझ फैलियो । अष्ट्रेलियामा रहेका नेपाली समुदायका लागि मात्र होइन, सो समुदायकै परिचयको घेरा विस्तारमा विजयको सफलताले काम गरेको छ । त्यतिमात्र होइन उनको नामले नेपालकै प्रतिनिधित्व अष्ट्रेलियाली सरकारी निकायसम्म पुगेको छ । २२ वर्षको छँदा उनी यहाँ आएका थिए ।

२०१३ मा युटियस इनसर्च एक्टिभिटिज क्लबबाट मेडिटेशन सिकाउने र टेबलटेनिश खेलाउनेलगायतका सामाजिक काममा सक्रियता देखाएपछि विजय विश्वविद्यालयमा मन्द गतिमा चर्चामा छाए । ‘अध्ययनसँगै आफु भएको ठाउँमा सामाजिक काम गर्नुपर्छ भन्ने मान्यताकै हिसावमा युनिभर्सिटीमा खेल, मेडिटेशनमा ध्यान दिएको थिएँ । अहिले पनि दिइरहन्छु ।’, विजय भन्छन् ।

उनको यहि सामाजिक सहजीकरणका कामले विस्तारै विश्वविद्यालयको विद्यार्थीमात्रको घेराबाट माथितिर धकेलिरहेको थियो । फलतः २०१४ मा उनी युटियस इनसर्च स्टुडेन्ट काउन्सिलको पहिलो नेपाली अध्यक्ष चुनिए । यसबाट विजयको संघ, संस्था र संगठनको यात्रा मात्र सुरू भएन, सामाजिक प्रतिष्ठासहित जिम्मेवारीको मार्ग पनि खुल्यो । विजयको जिम्मेवारी बढ्दैगर्दा सन् २०१५ मा नेपालमा विनाशकारी भुकम्प गयो । नेपालको सहयोगका लागि उनीलगायतका युवाहरूको नेतृत्वमा हेल्प नेपाल अष्ट्रेलियामार्फत ४० हजार डलर जुटाएर नेपाल पठाइएको थियो ।

‘सारा नेपालीको दुखमा हामी साथीहरू यहाँ मिलेर रकम संकलन गरी पठाउने काम भयो । धेरैले मलाई सहयोग गर्नुभयो । यहि बेला यता विभिन्न शैक्षिक गतिविधिमा पनि म सक्रिय नै थिएँ ।’, विजय थप्छन् ।

शिक्षाका विविध निकाय र क्षेत्रमा विजयको संलग्नता बढ्नेक्रमको लयमा रोकावट थिएन । २०१५ मा फ्याकल्टी बोर्ड अफ इन्जिनयरिङ्ग र आइटीको सदस्य लिने पहिलो नेपाली विद्यार्थी पनि उनै भए ।

उनी भन्छन्,‘नेपाल एउटा बहु सांस्कृतिक देश हो र बहुसाँस्कृतिक समाजमा घुलमिल हुनुपर्छ भन्ने मान्यता राख्नैपर्छ । यो सामान्य हो ।’ उनकै पहलमा सन् २०१६ को अप्रिलमा विश्वविद्यालयमा श्रीलंकन–नेपाली नयाँ वर्ष कार्यक्रम आयोजना भयो, जहाँ विश्वभरका लगभग ३ सय जना प्रत्यक्ष सहभागी भए । कार्यक्रमले अष्ट्रेलियामा रहेका नेपाली र श्रीलंकनबीच भावनात्मक सम्बन्ध जोड्ने काम मात्र गरेन, नेपाल र श्रीलंकाको सम्बन्धमा पनि प्रत्यक्ष र सकारात्मक आयाम थप्यो ।

अष्ट्रेलियाको सिड्नीमा रहेको युनिभसिर्टी अफ टेक्नोलोजीमा अध्ययनरत विजय सन् २०१६ मा न्यु साउथ वेल्स (एनएसडब्लु) इन्टरनेशनल स्टुडेन्ट अफ द इयर अवार्डबाट सम्मानित हुने पहिलो नेपाली विद्यार्थी भए । यो अवार्ड विश्वभरका २०० भन्दा बढि देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरूबीच उनलाई छान्दै न्यु साउथ वेल्स राज्यले प्रदान गरेको थियो ।

सापकोटा २०१६ मा नै युटियसको सिनेट मेम्बरमा छानिए । विश्वको ८औं उत्कृष्ट कान्छो विश्वविद्यालयको सिनेट सदस्य लिने पहिलो नेपाली पनि उनै हुन् ।

विजय केही समयका लागि नेपाल आएका बेला पूर्वराष्ट्रपति डा. रामवरण यादवले युवाहरूको प्रेरणा पात्रका रूपमा उनको सम्मान पनि गरेका थिए । उनी ‘युथ इन्स्पीरेशन अवार्ड २०१७’बाट सम्मानित भए । ‘यो सम्मानले अझ मलाई युवाका लागि काम गर्ने जिम्मेबारी थप्यो । यो सम्मानमात्र थिएन उत्तरादायीत्वको भारी पनि मैले बोकेको थिएँ । उत्साह र प्रेरणाको उपहार पनि थियो ।’, विजय भन्छन् ।

जसरी उनमा उत्साह थपियो त्यसरी नै जिम्मेबारी पनि थपिँदै गए । २०१७ मै काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट एशोसीएशन (सीसा)को अध्यक्षको जिम्मेवारीमा विजय पुगे । यो जिम्मेबारी पाउने पनि उनी पहिलो नेपाली हुन् । विश्वका ६ लाख ४० हजार भन्दा धेरै विद्यार्थीहरूको आवद्धता रहेको सीसा ठूलो संगठनका रूपमा परिचित छ । अध्यक्ष भएपछि विजयले सीसाको इतिहाँसमा नयाँ काम गरे । उनको कार्यकालमा पहिलो पटक सीसामा महिला अधिकृत नियुक्त गरियो । जसले महिला अधिकारको प्रतिनिधित्व र सुनिश्चितता हुने उनले ठानेका छन् ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा भएको एउटा सम्मेलनले उनलाई अझ जिम्मेबारी थप्यो । अष्ट्रेलियाको शिक्षा सम्बन्धि उच्चस्तरीय संयन्त्र काउन्सिल फर इन्टरनेशनल एजुकेशनमा उनको प्रतिनिधित्व अनिवार्य रह्यो । यो श्रेय पाउने पनि उनी पहिलो नेपाली नै हुन् । अष्ट्रेलियाका प्रधानमन्त्रीको मातहतमा रहने यस संयन्त्रमा उनी सीसाको अध्यक्ष भएका कारणले पदेन सदस्य हुन् ।

यो समितिमा शिक्षामन्त्री अध्यक्ष, परराष्ट्रमन्त्री लगायतका मन्त्रीहरू सदस्य हुन्छन् । यसले अष्ट्रेलियाको शिक्षा क्षेत्रमा नीतिनियम र लगानीका विषयमा निर्णय लिने गरेको छ ।

यस समितिले अष्ट्रेलिया शिक्षा प्रदायक संस्था, शैक्षिक संस्थाहरू र राष्ट्रिय तथा राज्यस्तरका सरकारहरूसँग मिलेर शिक्षा क्षेत्रको विकास लागि काम गर्दछ । अष्ट्रेलियाको नरम कुटनीतिमा पनि यो समितिको भूमिका हुन्छ । अष्ट्रेलियाको भावि अर्थतन्त्रको विकास, अन्तर्राष्ट्रिय संलग्नता र आविष्कार लगायतका क्षेत्रमा पनि यस संयन्त्रको प्रभावकारीता हुन्छ जहाँ विजय पनि निर्णायक भुमिकामा पुग्ने पहिलो नेपाली हुन् ।

विजयको यात्रा निरन्तर चलिरहेको छ । एउटा उचाईमा पुग्दैगर्दा उनले आफ्ना संलग्नता र सहभागीताको प्रभावकारितामा कतिपय क्रमभङ्गता पनि गरे । यो क्रमभङ्ताले अष्ट्रेलियामा उनको मिठो प्रभाव छाडेको छ । उनको कार्यकालमा स्थानीय विद्यार्थी संगठनहरू नेशनल युनियन अफ स्टुडेन्ट, काउन्सिल अफ अष्ट्रेलियन पोष्ट ग्राजुएट एशोसीएशन, नेशनल अबोरिजिनल एन्ड टोरेस स्ट्रेस आयरल्यान्डरर्स पोष्ट ग्राजुएट एशोसीएशनका अध्यक्षबीच ऐतिहासिक सम्झौता गराए । विद्यार्थीको अधिकार, नीति नियम र लगानीका विषयमा सवैलाई एक ठाउँमा उभ्याउन उनी सफल भए ।

नेपालीहरूमा सफलताका एउटा नौलो कडी बनेका विजयले अष्ट्रेलियामा सफलताको खुड्कीलो अविराम राखेपनि नेपालको बारेमा चिन्तन गर्दै आएका छन् । राजनीतिमा नीतिदेखि लगानीका विषयमा बुझेका मानिसहरूको प्रतिनिधित्व उपल्लो ठाउँमा भए विकासका लागि लामो समय नलाग्ने उनी ठान्छन् । ‘हामी नेपाली हरेक हिसावले संसारसँग जोडिएका छौं । प्रविधिले अझ साँघुरो बनाएर जोडेको छ । तर, नीति बनेका छैनन् । अन्तर्राष्ट्रियस्तरमा स्पर्धा गर्ने नेतृत्व आवश्यक देखिएको छ ।’

विजय भन्छन्,‘८ देखि १० वर्षमा आर्थिक उपार्जन गरी मुलुक समृद्ध बनाउन सक्ने आधार विश्वबजारमा छन् । कम्तिमा २८ देखि ३० खर्ब रकम शिक्षामा मात्र लगानी गर्ने अष्ट्रेलियाको उदाहरण काफी छ । नेपालमा लगानीकर्ता भित्राउन नीतिगत तहदेखि नै विज्ञको आवश्यक देखेको छु ।’

(Felbatol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हराउँदै रैथाने बालीको बीउ
हराउँदै रैथाने बालीको बीउ
दुई छोरीको साथ सीता दाहाल आज नयाँदिल्ली जाँदै
दुई छोरीको साथ सीता दाहाल आज नयाँदिल्ली जाँदै
अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न माग
अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न माग
स्कारपियोको ठक्करबाट १ जनाको मृ्त्यु….
सर्बहारा मन्त्रीहरूले फाइभस्टार बुक गरेर विश्वकप फाइनल हेरेकाे खुलासा
सर्बहारा मन्त्रीहरूले फाइभस्टार बुक गरेर विश्वकप फाइनल हेरेकाे खुलासा
स्थानीय निर्वाचनमा सघाउन मोर्चालाई सरकारको आग्रह…
स्थानीय निर्वाचनमा सघाउन मोर्चालाई सरकारको आग्रह…
आईपीएलको उपाधि भिडन्त आज, चेन्नई र मुम्बई ईण्डियन्स आमने–सामने
आईपीएलको उपाधि भिडन्त आज, चेन्नई र मुम्बई ईण्डियन्स आमने–सामने
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
एउटै फिल्ममा काम गरिरहेका अक्षय कुमार र रोहित शेट्टीको भिडन्त
एउटै फिल्ममा काम गरिरहेका अक्षय कुमार र रोहित शेट्टीको भिडन्त
चितवनमा काँग्रेस, प्यूठान र अछाममा नेकपा विजयी
चितवनमा काँग्रेस, प्यूठान र अछाममा नेकपा विजयी

तपाईंले छुटाउनुभयो कि?