हराउँदै रैथाने बालीको बीउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २६, २०७९
|
|
२७ पटक हेरिएको
Shares
हराउँदै रैथाने बालीको बीउ

सारांश

  • सुदूरपश्चिम ।
  • कैलाली गेटा गाउँका किसान रामदिन रानाथारु चार दशकअघि स्वठ्यारी, राइमुनुवालगायतका रैथाने जातका धान खेती गरेको अहिले सम्झिरहन्छन् ।
  • चार दशक अघिसम्म उहाँको खेतमा गरिने खाद्यान्न र तरकारी बाली रैथाने थिए ।

सुदूरपश्चिम । कैलाली गेटा गाउँका किसान रामदिन रानाथारु चार दशकअघि स्वठ्यारी, राइमुनुवालगायतका रैथाने जातका धान खेती गरेको अहिले सम्झिरहन्छन् ।

चार दशक अघिसम्म उहाँको खेतमा गरिने खाद्यान्न र तरकारी बाली रैथाने थिए । अहिले हाइब्रिड जातको बाली लगाउँदा कृषि उपजको कमाइ केही बढ्ने गरेको देखिए पनि खानमा स्वास्थ्यकर र पोषिलो हुने रैथाने खाद्यान्नको बीउ हराउँदा चिन्ता भने उनलाई चिन्ता लागेको छ । उमेरले ६५ वर्ष पुगेका रानाले भने, ‘अहिले आधुनिक खेती प्रणालीको नाममा माटो र वातावरण बिगार्ने काम मात्र भइरहेको छ ।’

कञ्चनपुरका निरुप्रसाद चौधरी त्योबेला विषादी र रासायनिक मलको प्रयोग बिना खेती हुने रैथानेबाली अहिले हराइसकेको बताउँछन् । ‘रैथाने जातका धान गहुँलगायतका बालीको बीउ पाउनै मुस्किल भइसकेको छ’, उनले भने, ‘पहिलेको तुलनामा कृषियन्त्रको प्रयोगले भने काम गर्न सहज भएको छ ।’

एक तथ्याङ्कका अनुसार मानिसले उपभोग गर्ने तरकारी र खाद्यान्नमध्ये हाइब्रिड जातको खाद्यान्नको उपभोग झण्डै ९० प्रतिशत छ । केवल दश प्रतिशतले मात्रै रैथाने साग तरकारी र अन्य खाद्यान्न उपभोग गरिरहेका छन् ।

जैविक स्रोतको संरक्षणका लागि कृषि वृक्षरोपण, महत्वपूर्ण रैथाने जातलाई सूचीकृत गर्ने, रैथाने बाली, जातका बीउ तथा रैथाने एवं परम्परागत प्रविधि-सामग्रीको सङ्कलन र प्रदर्शन, रैथाने पशुपक्षीका रुपमा रहेका अछामी नौमुठे गाई, खैला तथा लुलुगाई, लिमे तथा पारकोटे भैँसी, खरी तथा सिन्हाल बाख्राहरु, लामपुच्छ्रे, कागे, बारुवल तथा भ्याङ्लुङ भेडाहरु, प्वाँख उल्टे, घाँटी खुइले र साकिनी कुखुरा, जुम्ली घोडा, हुर्रा सुङ्गुर लगायतको संरक्षण र प्रवद्र्धनसम्बन्धी गतिविधि गरिने जनाइएको छ ।

लोपोन्मुख घाँसे बाली, मत्स्य प्रजातीको संरक्षका साथै प्राकृतिक जलायसयमा स्थानीय जातका माछाको उपलब्धता र पहिचानका लागि मत्स्य जैविक विविधताको अध्ययन, खाद्य मेला एवं रैथाने खानाको प्रचारप्रसार, विविधिकरण र बजारीकरणका साथै प्रोत्साहनमूलक कार्य पनि गर्न लागिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२० वर्ष पुराना गाडीः निर्णय उल्टाउँदै सरकार
२० वर्ष पुराना गाडीः निर्णय उल्टाउँदै सरकार
अमेरिकामा नेपालीको लागि टिपिएसमा पुनः दर्ता खुला
अमेरिकामा नेपालीको लागि टिपिएसमा पुनः दर्ता खुला
बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा
बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा
सरकारले विकासको जग बसाल्दै छः कृषिमन्त्री खनाल
सरकारले विकासको जग बसाल्दै छः कृषिमन्त्री खनाल
कामु प्रधानन्यायाधीश जोशी होईनन् :  कानूनमन्त्री ढकाल
कामु प्रधानन्यायाधीश जोशी होईनन् : कानूनमन्त्री ढकाल
अमेरिकी चुनावः डेमोक्र्याटिक प्रतिद्वन्द्वीहरुको आयोवामा चुनावी अन्तिम प्रचार
अमेरिकी चुनावः डेमोक्र्याटिक प्रतिद्वन्द्वीहरुको आयोवामा चुनावी अन्तिम प्रचार
कामु प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई
कामु प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई
अर्थशास्त्रमा पिएचडी गरेका डा. महतलाई अर्थतन्त्र सुधार्ने चुनौती
अर्थशास्त्रमा पिएचडी गरेका डा. महतलाई अर्थतन्त्र सुधार्ने चुनौती
प्रचण्डले गरे पहिलो मतदान !
प्रचण्डले गरे पहिलो मतदान !
अब काठमाडौँ उपत्यकामा अपरिचितलाई रोक, नौलो मान्छे आए प्रहरीलाई खबर गर्न निर्देशन
अब काठमाडौँ उपत्यकामा अपरिचितलाई रोक, नौलो मान्छे आए प्रहरीलाई खबर गर्न निर्देशन

तपाईंले छुटाउनुभयो कि?