एउटै फिल्ममा काम गरिरहेका अक्षय कुमार र रोहित शेट्टीको भिडन्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
एउटै फिल्ममा काम गरिरहेका अक्षय कुमार र रोहित शेट्टीको भिडन्त

सारांश

  • मुम्बई ।
  • बलिवुड अभिनेता अक्षयकुमार अहिले नयाँ फिल्म सुर्यबंशीको शुटिंगमा व्यस्त रहेका छन् ।
  • फिल्मलाई चर्चित निर्देशक रोहित शेट्टीले निर्देशन गरेका छन् ।

मुम्बई । बलिवुड अभिनेता अक्षयकुमार अहिले नयाँ फिल्म सुर्यबंशीको शुटिंगमा व्यस्त रहेका छन् । फिल्मलाई चर्चित निर्देशक रोहित शेट्टीले निर्देशन गरेका छन् । फिल्ममा अक्षयसँग अभिनेत्री कट्रिना कैफ मुख्य भूमिकामा रहेका छन् । मंगलबार अक्षय र निर्देशक रोहित भिडेको एक भिडियो अक्षयकुमार आफैले सार्वजनिक गरेका छन् । जुन सामाजिक संजाल र मिडियामा चर्चाको विषय बनेको छ ।

भिडियोमा दुवै जना एक अर्काविरुद्ध जाई लागेका छन् र उनीहरुको बचाउमा प्रहरीसमेत आएको देखाइएको छ । खासमा यस्तो भिडियो जारी गर्नुमा मिडियामा निर्देशक रोहित र अभिनेता अक्षयकुमारबीच फिल्मको स्क्रिप्टको विषयमा झगडा भएको भन्ने रिपोर्ट आएपछि सो रिपोर्टलाई काउन्टर दिन दुवैले आफुहरु लडेको भिडियो बनाएर सामाजिक संजालमा पोष्ट गरेका हुन् ।

भिडियो बनाउन अभिनेत्री कट्रिना कैफले समेत साथ दिएकी छन् । कट्रिनाले मिडिया रिपोर्टको क्लिप देखाउना साथ अक्षय र रोहित एक अर्कामाथि जाइलागेको र उनीहरुको बचाउमा प्रहरीसहित अन्य मानिसहरु आएको देखाइएको छ । अक्षयले सो भिडियो सार्वजनिक गर्दै ‘ब्रेकिङ न्युज एउटा यस्तो झगडा जसले तपाइको दिन बनाउन सक्छ’ भन्दै सो भिडियो पोस्ट गरेका छन् ।

विषय जे भएपनि फिल्म निर्माणकै क्रममा फिल्मले भने राम्रो पब्लिसिटी पाएको छ । फिल्मलाई करण जोहर र रोहित शेट्टीले निर्माण गरेका हुन् । फिल्म आगामी मार्च २७ मा रिलिज हुदै छ । फिल्मको एक सिनमा अजय देवगन र रणवीर सिंह समेत देखिदै छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलेश्वर नगरपालिकाका पाँच वडा अध्यक्ष अनशनमा
जलेश्वर नगरपालिकाका पाँच वडा अध्यक्ष अनशनमा
नीति अधिवेशन बोलाएर कांग्रेसलाई समयानुकूल बनाउन माग
नीति अधिवेशन बोलाएर कांग्रेसलाई समयानुकूल बनाउन माग
रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र
रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र
जातीय हिंसा गर्नेलाई कडा कारबाही हुन्छ – प्रम
जातीय हिंसा गर्नेलाई कडा कारबाही हुन्छ – प्रम
चिनियाँ राष्ट्रपतिको स्वागतको प्रतीक्षामा नेपाली र सिंगारिएको काठमाडौँ
चिनियाँ राष्ट्रपतिको स्वागतको प्रतीक्षामा नेपाली र सिंगारिएको काठमाडौँ
हजार वर्ष पुरानो मन्दिर तर पूजारीविहिन
हजार वर्ष पुरानो मन्दिर तर पूजारीविहिन
प्रहरीमा ३० बर्षे सेवा अबधी हटाउदै सरकार, दश जना एआईजी पनि हट्दै
प्रहरीमा ३० बर्षे सेवा अबधी हटाउदै सरकार, दश जना एआईजी पनि हट्दै
खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ : मन्त्री खनाल
खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ : मन्त्री खनाल
नवराज सिलवाललाई पक्रन प्रहरीलाई पत्र : काठमाडौं छाडिसके सिलवाल
नवराज सिलवाललाई पक्रन प्रहरीलाई पत्र : काठमाडौं छाडिसके सिलवाल
यस वर्ष प्राकृतिक कारणले धेरै गैँडा मरेका
यस वर्ष प्राकृतिक कारणले धेरै गैँडा मरेका

तपाईंले छुटाउनुभयो कि?