अर्का वडाध्यक्ष अधिकारीको पनि मृत्यु, फरार चालक पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
अर्का वडाध्यक्ष अधिकारीको पनि मृत्यु, फरार चालक पक्राउ

सारांश

  • रत्ननगर, चितवन, ७ फागुन , चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा गएराति भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको आज उपचारका क्रममा मृत्यु भएको छ ।
  • चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान १०ः१५ बजे खैरहनी नगरपालिका –४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
  • गएराति ८ः३० बजे भएको सो दुर्घटनामा परी सोही नगरपालिका –५ का वडाध्यक्ष विश्वविजय बस्नेतको राति नै मृत्यु भएको थियो ।

रत्ननगर, चितवन, ७ फागुन , चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा गएराति भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको आज उपचारका क्रममा मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान १०ः१५ बजे खैरहनी नगरपालिका –४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

गएराति ८ः३० बजे भएको सो दुर्घटनामा परी सोही नगरपालिका –५ का वडाध्यक्ष विश्वविजय बस्नेतको राति नै मृत्यु भएको थियो ।

खैरहनीबाट रत्ननगरतर्फ आउँदै गरेको ना३च ९८४० नंको तरकारी बोक्ने पिकअप भ्यान र विपरीत दिशाबाट जाँदै गरेको खैरहनी नगरपालिकाको बा२झ १३४४ नंको गाडी एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका एकजना सवारी चालक खैरहनी–१२ का राजकुमार अधिकारीको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फरार रहेका तरकारी बोक्ने गाडीका चालक सुमन अर्याल चितवनको सूर्यपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?