कानुनको अभावमा काम गर्न सकिएन : मुख्यमन्त्री
सारांश
- हेटौडा ।
- प्रदेश ३ का मुख्यमन्त्री तथा मन्त्रीहरुको बजेट कार्यान्वयन सम्बन्धमा सबै मन्त्रालयका सचिवसंग अन्तरक्रिया भएको छ ।
- कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणी पौडेलले कानुनको अभावमा चाहेको काम गर्न नसकिएको बताएका छन् ।
हेटौडा । प्रदेश ३ का मुख्यमन्त्री तथा मन्त्रीहरुको बजेट कार्यान्वयन सम्बन्धमा सबै मन्त्रालयका सचिवसंग अन्तरक्रिया भएको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणी पौडेलले कानुनको अभावमा चाहेको काम गर्न नसकिएको बताएका छन् ।
आफुले छिटो भन्दा छिटो काम गर्न चाहेको बताउदै मुख्यमन्त्री पौडेले प्रदेश ३ लाइ सबैले हेरिरहेको भएपनि कानुनको अभावमा अघि बढ्न नसकेको गुनासो गरे । मेघा प्रोजेक्टको लागि चार वा पाँच बर्ष लाग्ने भन्ने निश्चित समय तोक्नुपर्ने बताउदै कतिपय ठाउँमा डीपीआर तयार भैसकेको भन्दै योजनाहरुको डीपीआर लगायत केन्द्रिय बजेटमा समेत भए नभएको छुट्टयाउनुपर्ने बताए ।
कतिपय ठाउमा सुधार गर्नुपर्ने देखिएको बताउदै मुख्यमन्त्री पौडेलले यसको लागि अर्थसचिवको सहयोग जरुरी रहेको बताए । समृद्द्ध नेपाल र सुखी नेपाली भन्ने मूल भावनालाइ आत्मसात गर्दै सबैले व्यक्ति बिशेष भन्दा हामी भनेर काम गर्नुपर्नेमा जोड दिए । प्रदेशमा योजना आयोगका निर्णय कायान्वयन हुदै जादा काम अघि बढने भएकाले समृद्द प्रदेश बनाउन सबै कर्मचारीहरुको साथ र सहयोग आवश्यक रहेको बताए ।
प्रतिक्रिया