मोडेल भन्दा खुशी लाग्छ सुशिल काफ्ले लाइ !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २०, २०७४
|
|
३३४४ पटक हेरिएको
Shares
मोडेल भन्दा खुशी लाग्छ सुशिल काफ्ले लाइ !

सारांश

  • स्याङ्जा को वालिङ मा जन्मिएका सुशील काफ्ले मनोरन्जन क्षेत्र मा लागेको झन्डै ५ वर्ष भयो ।
  •    उनले महिन्द्र स्कूटर , कलर्स मोबाइल , नेपाल टेलिकम लगाएत दुइ  दर्जन भन्दा बढी पेपर बिज्ञापन, टेलिभिजन बिज्ञापनहरु संगै २५-३० वोटा म्युजिक भिडियो गरिसकेका छन् ।
  • मिडिया मा उन्को नजिक को साथी हुन् पल ।


स्याङ्जा को वालिङ मा जन्मिएका सुशील काफ्ले मनोरन्जन क्षेत्र मा लागेको झन्डै ५ वर्ष भयो ।    उनले महिन्द्र स्कूटर , कलर्स मोबाइल , नेपाल टेलिकम लगाएत दुइ  दर्जन भन्दा बढी पेपर बिज्ञापन, टेलिभिजन बिज्ञापनहरु संगै २५-३० वोटा म्युजिक भिडियो गरिसकेका छन् ।मिडिया मा उन्को नजिक को साथी हुन् पल । एक-अर्का को सल्लाह लिएर नै काम हरु गर्ने गरेको उनी बताउछन । उनै सुशिल काफ्ले सँग शिखर न्युज का लागि अमृता खनाल ले गरेको कुराकानी । 

 

तपाई लाइ के भन्दा खुशी लाग्छ ? मोडेल या कलाकार ?

मैले ६ / ७ वोटा फ्यासन शो मा र्याम्प वाक गरे l तेत्तिकै मा अच्युत भक्त दाइ संग फोटोशूत गर्ने मौका पाए l  महिन्द्र स्कूटर , कलर्स मोबाइल , नेपाल टेलिकम लगाएत दुइ दर्जन भन्दा बढी पेपर बिज्ञापन, टेलिभिजन बिज्ञापनहरु संगै २५-३० वोटा म्युजिक भिडिओ गरेको छु l म फिल्म सेक्टर तिर नया पनि छु धेरै काम गरेको छैन l मोडेलिङ बाटै पपुलर भए तेही भएर मोडेल भनेको मन पर्छ l

कति भयो यो क्षेत्र मा लाग्नुभाको ?

आको त ५ वर्ष जति भयो l  तर अरु काम ले गर्दा यता को काम रेगुलर गर्न पाको छैन l

अहिले के मा ब्यस्त हुनुहुञ्छ ?

मेरो आफ्नो सुनिश  नाम को निर्माण कम्पनी पनि छ l बिल्डिंग बनाउने , बाटो बनाउने , काम गरिराको छु l म्युजिक  भिडिओ मा पनि अलि अलि ब्यस्त नै भन्नुपर्यो , अनि अहिले आएर निर्माण ( direction)  तिर पनि पाइला चाल्दै  छु l   अनि स्क्रिप्ट  लेखिराकोछु l

के काम गर्दा तपाइलाई एकदम रमाइलो लाग्छ ?

शुटिङ् काम ले नयां ठाऊ जादा रमाइलो लाग्छ l

यो छेत्र मा कसरी  आइपुग्नुभयो ?धेरै जाना ले मनोरंजन छेत्र लाइ राम्रो मान्नुहुन्न, तपाई लाइ के लाग्छ ?

मिडिया छेत्र धेरै राम्रो छ l यसैमा राम्रो भबिष्य देखेको हुनाले अझै मेहेनत गरेर लाग्दै छु l  रहर ले मात्र हुदैन कडा मेहनत र धैर्याता चै चाहिन्छ l

फिल्म छेत्र र म्युजिक भिडिओ को बिकाश को लागि नया पुस्ता ले के गर्न सक्छ त ?

क्वान्टिटी भन्दा क्वालिटी मा ध्यान दियो भने बिकाश हुन टाइम लाग्दैन l र जानेर, बुझेर , अनि सिकेर मात्र काम गर्नु पर्यो  l

 

हिरो बन्ने योजना छ होला नि है ?

अबस्य l फिल्म को अफर त आइराख्या हुन्छ तर मलाइ अलि निखारिएर मात्र यो छेत्र मा आउनु छ तेसैले थियटर जोइन हुदैछु l

आम्दामी को श्रोत के छ अहिले ?

आफ्नै देश मा केहि गरिराछु खुशी लाग्छ l अलि खर्चिलो छु मिडियाको कमाईले स्टान्डर्ड मेन्टेन गर्न पुग्छ l अरु आम्दानी ठेक्का पट्टाको काम बाट राम्रै कमाई हुन्छ l

तपाई को मिडिया को मिल्ने साथि ?

पल शाह l सानो -तिनो  जस्तोसुकै काम होस् एकअर्काको सल्लाह बिना गर्दैनौ l  हामि दुबैले

एक अर्कालाइ किअर गर्छम l

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?