हेर्नुहोस् २१ तस्बिरमा नाटोजको वार्षिकोत्सव

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
हेर्नुहोस् २१ तस्बिरमा नाटोजको वार्षिकोत्सव

सारांश

  • काठमाडौं ।
  • नेपाल पर्यटन पत्रकार संघ (नाटोज) को चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
  • कमलादीस्थित सिडब्लु पार्टी हलमा सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

काठमाडौं । नेपाल पर्यटन पत्रकार संघ (नाटोज) को चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कमलादीस्थित सिडब्लु पार्टी हलमा सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारण सभामा पर्यटन व्यवसायी तथा पत्रकारहरुलाई सम्मान गरिएको थियो । सञ्चारमन्त्री बस्नेतले रेडियो नेपालकी पूर्व–वरिष्ठ पत्रकार कृष्ण ताम्राकार र रातोपाटीका सह–सम्पादक राजकुमार सिग्देललाई उत्कृष्ट पर्यटन पत्रकार २०७४ को १० हजार राशीसहित सम्मान गरेका थिए ।

त्यस्तै कार्यक्रममा पर्यटन क्षेत्रमा विगत लामो समयदेखि सामाजिक कार्य गर्दै आइरहेका मकालु एड्भेन्चरका प्रबन्ध निर्देशक मोहन लम्साल, रेज अफ होप नेपालका अध्यक्ष गीता गुरुङ, सोसाइटी अफट्राभल एण्ड टुर अपरेट्सका प्रबन्ध निर्देशक अनिल लामा, एडभेन्चर वीथ अल्टिच्यूट एक्स्पीडिसनका प्रबन्ध निर्देशक दावा छिरी शेर्पा, एडभेन्चर डिस्कभरी टेक्स एण्ड एक्स्पीडिसनका प्रबन्ध निर्देशक दिपेन्द्र अधिकारीलाई सम्मान गरिएको थियो ।

यस्तै देशको शान्ति सुरक्षाबारे खेलेको अहम भूमिकालाई मध्यनजर गर्दै महानगरीय प्रहरी वृत लैनचौरका प्रहरी जवान पुष्प बास्कोटालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा पर्यटन विभागका निर्देशक लक्ष्मण शर्मा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, टानका अध्यक्ष चन्द्र रिजाल, एनएमएका अध्यक्ष सन्तबीर लामालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?