‘कसम हो कसम’ बोलको गीतले युटुबमा नयाँ रेकर्ड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १५, २०७३
|
|
९१७ पटक हेरिएको
Shares
‘कसम हो कसम’ बोलको गीतले युटुबमा नयाँ रेकर्ड

सारांश

  • आइतबार बेलुकी सार्वजनिक गरिएको चलचित्र ‘ए मेरो हजुर २’को ‘कसम हो कसम’ बोलको गीतले युटुबमा नयाँ रेकर्ड बनाइरहेको छ ।
  • गीत सार्वजनिक भएको २ दिन नवित्दै यसको भिडियो युटुबमा १ नम्बर ट्रेन्डिङमा छ ।
  • गीत हेर्नेको संख्या यो समाचार तयार पार्दा सम्म ६ लाख २३ हजार पुगेको छ ।

आइतबार बेलुकी सार्वजनिक गरिएको चलचित्र ‘ए मेरो हजुर २’को ‘कसम हो कसम’ बोलको गीतले युटुबमा नयाँ रेकर्ड बनाइरहेको छ । गीत सार्वजनिक भएको २ दिन नवित्दै यसको भिडियो युटुबमा १ नम्बर ट्रेन्डिङमा छ । गीत हेर्नेको संख्या यो समाचार तयार पार्दा सम्म ६ लाख २३ हजार पुगेको छ । यो, नेपाली चलचित्रको गीतको भिडियोका लागि सुखद पक्षपनि हो ।

यसै क्रममा नायिका तथा निर्देशक झरना थापाको जन्मदिनको उत्सब मनाउने क्रममा झरनाले के भनिन त? हेरौ ।

https://www.youtube.com/watch?v=LHyQYMPWtEA&t=550s

नायिका झरना थापाको डेब्यू निर्देशनमा बनेको यो चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेत लगायतका कलाकारको अभिनय छ । गीतमा साम्राज्ञी र सलिनमानको जोडीलाई दर्शकले निकै मन पराएका छन् । सलिनमानलाई नयाँ स्टारको रुपमा चर्चा गर्नेहरुको संख्या पनि कम छैन ।केहि समय देखि झरना र रेखा थापा  बीचको दुरीको कुरा चलेपनि आईतवार झरनाको जन्मदिनमा यस्तो देखियो ।

https://www.youtube.com/watch?v=eZ226xB4rEw&t=524s

सुनिल कुमार थापाले यो चलचित्रको निर्माण गरेका हुन् । रेनशा वान्तवा राइले भिडियोको कोरियोग्राफी गरेकी छिन् ।विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालमा खिचिएको यो गीतको भिडियोलाई संजय लामाले उत्कृष्ट तबरले क्यामेरामा कैद गरेका छन् । नेपालमा पनि यस्तो आकर्षक लोकेशन छ भनेर छक्क पर्नेहरु पनि धेरै भेटिएका छन् ।

यो गीतको भिडियोले छोटो समयमा नै तहल्का पिट्नुको पछाडि नायिका साम्राज्ञीको क्रेज हो या दृश्यको ? छुट्याउने जिम्मा तपाइलाई नै ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी महानिरीक्षक प्रकाश अर्यालबाट बडादशैंको टीका प्रदान ःफोटो फिचर
प्रहरी महानिरीक्षक प्रकाश अर्यालबाट बडादशैंको टीका प्रदान ःफोटो फिचर
सरकार छाड्ने पत्रमा प्रचण्डले हस्ताक्षर गर्नै लाग्दा..
सरकार छाड्ने पत्रमा प्रचण्डले हस्ताक्षर गर्नै लाग्दा..
भारत र नेपालबीच भएका सन्धी सम्झौता समयानुकुल परिवर्तन हुनुपर्छः रायामाझी
भारत र नेपालबीच भएका सन्धी सम्झौता समयानुकुल परिवर्तन हुनुपर्छः रायामाझी
छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते
छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते
सत्ता गठबन्धनका नेताहरु भोली फेरि बैठक बस्ने भन्दै हिडेँ
सत्ता गठबन्धनका नेताहरु भोली फेरि बैठक बस्ने भन्दै हिडेँ
स्वर्णिम र रविबीच भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष
स्वर्णिम र रविबीच भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष
पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेल मृतावस्थामा भेटिए
पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेल मृतावस्थामा भेटिए
आजदेखि मोटरसाइकल, गाडी चालकको लाइसेन्स आवेदन खुल्ने
आजदेखि मोटरसाइकल, गाडी चालकको लाइसेन्स आवेदन खुल्ने
नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डे लगायतको निवेदनमाथिको सुनुवाइ  सकियो
नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डे लगायतको निवेदनमाथिको सुनुवाइ सकियो
४० क्षेत्र मध्ये एमाले २४, माओवादी ९, कांग्रेस ५ नाम र प्राप्तमत (सूची)
४० क्षेत्र मध्ये एमाले २४, माओवादी ९, कांग्रेस ५ नाम र प्राप्तमत (सूची)

तपाईंले छुटाउनुभयो कि?