प्रहरीको खोजीमा रहेका सिलवाल माधवकुमार नेपालसँगै बालुवाटारमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रहरीको खोजीमा रहेका सिलवाल माधवकुमार नेपालसँगै बालुवाटारमा

सारांश

  • काठमाडौँ, फागुन ८ ।
  •   कार्यसम्पादन मूल्याकंन किर्ते सम्बन्धी मुद्धामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्व डिआईजी एवं एमाले सांसद नवराज सिलवाल केपी प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् ।
  • सिलवाल सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए ।

काठमाडौँ, फागुन ८ ।  कार्यसम्पादन मूल्याकंन किर्ते सम्बन्धी मुद्धामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्व डिआईजी एवं एमाले सांसद नवराज सिलवाल केपी प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् । सिलवाल सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए ।

सरकारी छाप दस्तखत किर्ते मुद्दामा सर्वोच्च अदालतको आदेश अनुसार प्रहरीले अनुसन्धानका निम्ति सिलवाललाई ब्यापक खोजी जारी राखेको थियो । पुसको दोस्रो सातामात्रै प्रहरी परिसर काठमाडौंले सिलवाललाई बयानका लागि उपस्थित गराउन भन्दै प्रहरी परिसर ललितपुरलाई पत्राचार गरेको थियो ।

सिलवाल फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयलाई पत्राचार गर्दै उनको खोजी जारी राख्न आन्तरिक सर्कुलर गरेको थियो । यति गर्दा पनि सिलवाल फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सिलवालका नाममा इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो ।

प्रहरीले खोजी कार्य जारी राखेपछि सिलवाल बेपत्ता रहेका थिए । उनले सुरुमा आफू कार्यक्रमका निम्ती मलेसिया गएको बताएका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएलगत्तै सामाजिक संजाल ट्विटरमा उनीविरुद्ध आक्रामक रुपमा खनिएका थिए ।

सिलवाललाई मुद्दा चलाउन अनुसन्धानको फाइल अघि नबढाएको भन्दै प्रहरी महानिरिक्षक प्रकाश अर्यालले काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकको सरुवा गराई उक्त स्थानमा महानगरीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी विश्वराज पोख्रेललाई जिम्मेवारी दिएका थिए ।

नियुक्त गरेलगत्तै प्रहरी परिसर काठमाडौंले गत बुधबार नै किर्ते सम्बन्धी अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयले रायसहितको प्रतिवेदन अध्ययनपछि अघि बढाउने भनेर फाइल रोकिराखेको छ । (साभार : कान्तिपुर)

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ पकेटमारको कोडभाषा केटालाई छापा र केटीलाई भद्री
यस्तो छ पकेटमारको कोडभाषा केटालाई छापा र केटीलाई भद्री
२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
बसको ठक्करबाट दुई जनाको मृत्यु
बसको ठक्करबाट दुई जनाको मृत्यु
लालबाबु पंण्डितको बिषयको यस्तो रहस्य, कमैलाइ मात्र थाहा होला हेर्नुहोस
लालबाबु पंण्डितको बिषयको यस्तो रहस्य, कमैलाइ मात्र थाहा होला हेर्नुहोस
ओलीको निर्णयमाथि प्रश्न
ओलीको निर्णयमाथि प्रश्न
डा. गोविन्द केसी १६ औं अनसनको तयारीमा
डा. गोविन्द केसी १६ औं अनसनको तयारीमा
नवराज भट्टराई बाहुन भएर भट्टितिर लागे (हेर्नुहोस् भिडियोमा)
नवराज भट्टराई बाहुन भएर भट्टितिर लागे (हेर्नुहोस् भिडियोमा)
जीप दुर्घटनाका मृतकको शव परीक्षण हुनसकेन
जीप दुर्घटनाका मृतकको शव परीक्षण हुनसकेन
माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी
माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी
हालसम्म नेपाली आकाशमा ६९ हवाई दुर्घटना,नौ सय १८ जनाको मृत्यु
हालसम्म नेपाली आकाशमा ६९ हवाई दुर्घटना,नौ सय १८ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?