हालसम्म नेपाली आकाशमा ६९ हवाई दुर्घटना,नौ सय १८ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०८१
|
|
४२ पटक हेरिएको
Shares
हालसम्म नेपाली आकाशमा ६९ हवाई दुर्घटना,नौ सय १८ जनाको मृत्यु

सारांश

  • काठमाडौं।
  • नेपालमा हावाइ यातायात सुरु भएयता नेपाली आकाशमा हालसम्म ६९ वटा हवाइ दुर्घटना भएका छन्।
  • नेपाली आकाशमा घटेका साना- ठूला हवाइ दुर्घटनामा ९ सय १८ जना ज्यान गएको छ।

काठमाडौं। नेपालमा हावाइ यातायात सुरु भएयता नेपाली आकाशमा हालसम्म ६९ वटा हवाइ दुर्घटना भएका छन्। नेपाली आकाशमा घटेका साना- ठूला हवाइ दुर्घटनामा ९ सय १८ जना ज्यान गएको छ।

विश्वभर हुने हवाइ दुर्घटनाको रेकर्ड राख्ने संस्था ब्युरो अफ एयरक्रफ्ट एक्सिडेन्ट अर्काइभ (विविएए) का पहिलो पटक सन मानवीय क्षति हुने गरी सन १९५५ मा कालिंगा एयरलाइनको विमान बाराको सिमरामा दुर्घटना भएको थियो। दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो।

विविएएका अनुसार नेपालमा भएका ६९ हवाइ दुर्घटना मध्ये सबै भन्दा बढी मानवीय क्षति सन १९९२ मा ललितपुरमा पाकिस्तान इन्टरनेशन एयरलाइन्सको एयरबस ए ३०० विमान दुर्घटनामा भएको थियो। जुन दुर्घटनामा १६७ जनाको ज्यान गुमाएका थिए।

आज विहान मात्र सौर्य एअरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। आज भएको विमान दुर्घटना नेपाली आकाशमा घटेको ६९ विमान दुर्घटना हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?