सुवास नेम्वाङको आरोप ‘देउबाले चुच्चे नक्सा गायब पारे’

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
२० पटक हेरिएको
Shares
सुवास नेम्वाङको आरोप ‘देउबाले चुच्चे नक्सा गायब पारे’

सारांश

  • प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष सुवाष नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागिपरेको आरोप लगाएका छन् ।
  • संविधानसभाका अध्यक्ष समेत रहेका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरुले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको बताएका हुन् ।
  • प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष सुवाष नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागिपरेको आरोप लगाएका छन् । संविधानसभाका अध्यक्ष समेत रहेका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरुले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको बताएका हुन् ।

प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए ।

उपाध्यक्ष नेम्वाङले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै केही साथीहरु निर्वाचन भनेपछि किन डराउछन् ? भनि प्रश्न समेत गरे । उनले भने, ‘केही साथीहरु किन जनतामा जानेभन्दा डराउँछन् ? प्रतिगमन भन्छन् । जनतामा जाने भनेको डराउँछन् । भरसक जनतामा जाने मिति पर सार्छन् । यहाँहरुलाई थाहा छ– त्यसैले म दोहोर्याउन्न चाहन्न । बल्लबल्ल तपाईँ–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं । तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ ।’

आफ्नो पार्टीले ठूलो चुनौति मोलेर बनाएको नेपालको चुच्चे नक्सा प्रधानमन्त्री शेरबहादुर देउवाले गायब बनाएको भन्दै उपाध्यक्ष नेम्वाङले आक्रोश समेत व्यक्त गरे ।

नेम्वाङले भने, ‘म अन्तिममा जोड्न चाहन्छु–यो देशको राष्ट्रियताको सन्दर्भमा लडाई लड्ने सिलसिलामा लिपुलेक, लिम्पियाधुराको चुच्चे नक्शा हामीले बनायौं । यो कम ठूलो कुरा थियो ? कम्ति चुनौती थियो यसमा ? एउटै कुराबाट थाहा हुन्छ, यो पछिल्लो सरकारले हामीले सरकारको १०० दिनको काम सार्वजनिक गर्ने बेलामा सार्वजनिक गरेको चुच्चे नक्शा गायब बनाएको छ । यो सरकारले सय दिनको काम सार्वजनिक गर्ने बेलामा हेर्नुस् त ? त्यहाँ नेपालको लोगो छ । तर लिपुलेक, लिम्पियाधुरा सहितको चुच्चे नक्शा गायव छ । अब हाम्रो लागि र नेपाली जनताको लागि त्यो चुच्चे नक्सा कति प्रिय छ ? तर प्रधानमन्त्री शेरबहादुर देउवाले सो नक्सा नै गायव पार्नुभयो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?