यी हुन् विश्वकै कुख्यात अपराधीहरु जसले डरलाग्दा घटना घटाए

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
३६ पटक हेरिएको
Shares
यी हुन् विश्वकै कुख्यात अपराधीहरु जसले डरलाग्दा घटना घटाए

सारांश

  • एजेन्सी ।
  • विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् ।
  • ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।

एजेन्सी । विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।

यी मध्ये केही त्यस्ता अपराधिहरु छन् जसका कर्तुतहरु सुन्दा पनि हाम्रो शरिर काँप्छ । विश्वका मोस्ट वान्टेड १० जना कुख्यात अपराधिहरुको सूची यस्तो छः

१०. ओमिद ताभिली (पर्सिया)

इरानियन अपराध संगठनका मुख्य ताभिलीलाई मेल फ्रड, तार फ्रड, टेलि–मार्केटिङ र अरुलाई अपराधमा संलग्न गराएको आरोप छ । उनी सन् २००७मा कडा सुरक्षा घेरा भएको जेलबाट भागेका थिए । उनी मध्य पूर्वमा धेरैलाई घुस दिएर आफ्नो अपराधलाई अझै फैलाइरहेका छन् ।

९. जेम्स बल्गर ‘व्ह्वाइटी’ (अमेरिका)

इतिहासका किताब र एडोल्फ हिटलरका बारेमा रुचि राख्ने ‘व्ह्वाइटी’सन् १९९५ देखी एफबिआईको मोस्ट वान्टेड सूचीमा छन् । सुरुका वर्षमा चोरीका आरोपमा समातिएका उनीमाथि जालसाजी, ससश्त्र डकैति र हत्याका आरोपहरु छन् । उनको धेरै ग्याङस्टारहरु संग नजिकको सम्बन्ध रहेको छ ।

८. अलकापोने (अमेरिका)

पैसाको लागि जे पनि गर्न सक्ने अपराधिको रुपमा चिनिने अलकापोने सानोमा स्ट्रिट ग्याङमा आबद्ध भएका थिए । त्यसपछि उनको अपराधको श्रृंखला बढ्दै गयो । उनले अवैध रुपमा जुवा खेलाउने, जबरजस्ती असुली, संरक्षण र वेश्यावृत्तिका र्याकेट नै सञ्चालन गरेका छन् ।

७. मेसिना डेनारो (इटाली)

अपराधीहरुको पनि अपराधि मानिने डेनारोलाई मिडिया र सिनेमाहरुले प्लेब्वाई डनको रुपमा चित्रण पनि गर्ने गरेका छन् । ‘कोसानोस्टा’माफिया ग्याङको सरदार डेनारोको जन्म नै माफिया परिवारमा भएको थियो ।

६. जोसेफ कोनी(युगान्डा)

युगान्डियन सरकारको सबै भन्दा ठूलो शत्रु मानिएका कोनीले सन् १९८७मा लर्डस् रेसिस्टेन्स आर्मिको स्थापना गरेका थियो । महिलाहरुका कपडा लाउने सौख भएका कोनीमाथि दर्जनौं हत्या, अपहरण, बलात्कार लगाएतका क्रुर अपराधका आरोप छन् ।

५. अलि मजानतोख्ता खुनोभ (रसिया)

आफ्नो समयका प्रख्यात फुटबल खेलाडी उनीपछि मस्कोमा अपराध कर्ममा लागेका हुन । उनीमाथि रसियामा संगठित अपराध, अवैध हतियार बिक्रि, तस्करी र अन्य कुख्यात अपराधहरुमा संलग्न भएको आरोप छ ।

४. फेलिसियनका बुगा (रुवान्डा)

रुवान्डाका ठूला व्यापारी काबुगालाई रुवान्डामा सन् १९९४ मा भएको नरसंहारको मुख्यअभियुक्त मानिन्छ । यसका अलाबा उनीमाथि अन्य आपराधिक क्रियाकलापलाई आर्थिक सहयोग गर्ने गरेको आरोप पनि छ ।

३. पेड्रो एन्टोनियो मरिन (कोलम्बिया)

तिरोफिजो उपनामले चिनिने उनी माक्र्सवादी आतंककारी संगठन फार्कको संस्थापक पनि हुन् । उनको संगठन लागुपदार्थ तस्करी, हत्या, धम्की, जबरजस्ती असुली, अपहरण लगाएतका विभिन्न अपराधिक कार्यहरुमा संलग्न छ । आफ्नै सेनार हजारौं समर्थक भएकाले पनि उनी शक्तिशाली अपराधि मानिन्छन्

२. दाउद इब्राहिम (भारत)

बलिउडका अन्डरवल्र्ड थिमका प्रेरणा मानिने दाउद आपराधिक संगठन डि कम्पनीका मालिक हुन । मुम्बईका त्यति बेलाका डन करिम लालाको हत्या गरेर अपराध जगतमा उदाएका उनलाई सन् १९९३ को मुम्बई बम आक्रमणको मुख्य योजनाकार मानिन्छ । अपराध जगतका बादशाह मानिने उनी विभिन्न गुप्तचर संगठनहरुको टाउको दुखाईका मुख्य कारण मानिन्छन् ।

१. जोआक्विन गुजम्यान (मेक्सिको)

मेक्सिकोका ड्रग माफिया गुजम्यानको नाम फोब्र्सको अर्बपतिको सूचीमा समेत रहेको छ तर अन्तराष्ट्रिय एजेन्सीहरु अझै उनलाई समात्नलाई हात धोएर लागिपरेका छन् । मेक्सिकोको सबैभन्दा शक्तिशाली ड्रग सञ्जाल भएका उनी आफ्नो प्रशंसकहरु बिच धेरै नै लोकप्रिय छन् किनभने उनले सामाजिक सेवाको लागि धेरै दान गर्ने गरेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Binod Siwa

    दाउद भैया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?