सरकारले रोक्यो विदेश भ्रमण

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २१, २०७४
|
|
४४ पटक हेरिएको
Shares
सरकारले रोक्यो विदेश भ्रमण

सारांश

  • काठमाडौं – केपी ओली सरकारले न्यायपरिषद्सहित विभिन्न निकायबाट वैदेशिक भ्रमणको सैद्धान्तिक स्वीकृतिका लागि आएको निवेदन अस्वीकार गरेको छ।
  • मंगलबार बसेको मन्त्रिपरिषद्बैठकले विदेश भ्रमणका लागि सैद्धान्तिक सहमतिका लागि आएका प्रस्ताव अस्वीकार गर्दै विदेश भ्रमणमा रोक लगाएको हो।
  • ‘विदेश भ्रमणका लागि सर्वोच्च अदालतदेखि अन्य निकायबाट सैद्धान्तिक सहमति खोज्दै आएका प्रस्तावलाई आजको मन्त्रिपरिषद्बैठकले अस्वीकृत गरेको छ,’ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भने, ‘विदेश भ्रमणमा रोक लगाउने कार्य आजैबाट भएको छ।

काठमाडौं – केपी ओली सरकारले न्यायपरिषद्सहित विभिन्न निकायबाट वैदेशिक भ्रमणको सैद्धान्तिक स्वीकृतिका लागि आएको निवेदन अस्वीकार गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्बैठकले विदेश भ्रमणका लागि सैद्धान्तिक सहमतिका लागि आएका प्रस्ताव अस्वीकार गर्दै विदेश भ्रमणमा रोक लगाएको हो।

‘विदेश भ्रमणका लागि सर्वोच्च अदालतदेखि अन्य निकायबाट सैद्धान्तिक सहमति खोज्दै आएका प्रस्तावलाई आजको मन्त्रिपरिषद्बैठकले अस्वीकृत गरेको छ,’ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भने, ‘विदेश भ्रमणमा रोक लगाउने कार्य आजैबाट भएको छ।’ गैरसरकारी संघसंस्थाको निम्तोमा विदेश जान कानुनले रोक लगाएको भए पनि त्यसको कार्यान्वयन नभएको अवस्थामा मन्त्रिपरिषद्ले सो कानुन कार्यान्वयन गर्दै विदेश भ्र्रमणमा रोक लगाएको मन्त्री तामाङले बताए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Mohan Neupane

    Sahi kadam

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?