बदलिँदो सत्तासमिकरणसँगै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १७, २०७९
|
|
५२ पटक हेरिएको
Shares
बदलिँदो सत्तासमिकरणसँगै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

सारांश

  • काठमाडौं।
  •  नेकपा एमाले र राप्रपा नेपालले सरकारलाइ दिएको समर्थन फिर्ता लिएसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुन विश्वासको मत लिनुपर्ने भएको छ ।
  • नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेललाई सघाउने निर्णय गरेसँगै मुलुकको सत्ता समिकरणमा समेत फेरबदल हुने निश्चित प्रायः छ ।

काठमाडौं। नेकपा एमाले र राप्रपा नेपालले सरकारलाइ दिएको समर्थन फिर्ता लिएसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुन विश्वासको मत लिनुपर्ने भएको छ ।

नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेललाई सघाउने निर्णय गरेसँगै मुलुकको सत्ता समिकरणमा समेत फेरबदल हुने निश्चित प्रायः छ ।

पुस ११ गते माओवादी केन्द्रले नेकपा एमाले लगाएतका दलहरुसँग नयाँ गठनबन्धन गरी सरकार गठन गरेको थियो । गठबन्धन भएको करिब दुइ महिनामा नै सत्ता साझेदार दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएका छन् ।

त्यसो त राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने कायम नै राखेको छ । दुई दलले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि सत्ता समिकरणको नयाँ यात्रा तय भएको हो ।

संविधानतः सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ । नेपालको संविधानको धारा एक सयको उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने उल्लेख छ । सोही अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत लिने तयारी समेत गरेका छन् ।

सत्ता समिकरण बदलिएसँगै केन्द्रदेखि प्रदेश सरकारको सत्ता समिकरण पनि बदलिने चर्चा यतिखेर राजनीतिक वृत्तमा छ । अहिले मन्त्रीहरुले राजिनामा दिएका १६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आँफैले सम्हालेका छन् ।

नयाँ समिकरण अनुसार जतिसक्दो चाँडो सरकार विस्तार गर्ने तयारी समेत भइरहेको छ । तर विश्वासको मत लिएर मात्र मन्त्रीपरिषद पुनर्गठन गर्ने सरकारको तयारी छ । जसमा राष्ट्रपतिको निर्वाचन मुख्य केन्द्रमा रहेको दलहरुको बुझाइ छ । अहिले सत्ताको नेतृत्व गरिरहेको दल माओवादीसँगै जनमत पार्टीपनि सरकारमा सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘विकनी किलर’ शोभराज का छिमेकी गोरे !
‘विकनी किलर’ शोभराज का छिमेकी गोरे !
अमेरिका नेपालको वृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
अमेरिका नेपालको वृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश
रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश
धरहरा पुनःनिर्माणको कामले गति लियो
धरहरा पुनःनिर्माणको कामले गति लियो
पशुपतिमा धर्मशाला- दुई देशलाई जोड्ने पुल : प्रम ओली
पशुपतिमा धर्मशाला- दुई देशलाई जोड्ने पुल : प्रम ओली
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
संखुवासभामा पाँचवटा मतपेटिका गणना पछिमात्र परिणाम
संखुवासभामा पाँचवटा मतपेटिका गणना पछिमात्र परिणाम
कमाउन विदेश गएको छोरा, छोरी बनेर फर्केपछि
कमाउन विदेश गएको छोरा, छोरी बनेर फर्केपछि
प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट
कुन दलका सांसदले कति तिर्छन् लेबी ?
कुन दलका सांसदले कति तिर्छन् लेबी ?