भक्तपुरमा विस्केट जात्रा सुरु, जति रमाइलो त्यति नै खतरा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २८, २०७५
|
|
५१ पटक हेरिएको
Shares
भक्तपुरमा विस्केट जात्रा सुरु, जति रमाइलो त्यति नै खतरा

सारांश

  • चैत २७, काठमाण्डौ ।
  • आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा बुधबारदेखि सुरु भएको छ ।
  • भक्तपुरको टौमढी क्षेत्रस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्केट जात्रा सुरु गरिएको हो ।

चैत २७, काठमाण्डौ । आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा बुधबारदेखि सुरु भएको छ ।

भक्तपुरको टौमढी क्षेत्रस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्केट जात्रा सुरु गरिएको हो । काठमाडौ उपत्यकाको विभिन्न जात्राहरु भन्दा फरक खालको महत्व राख्ने बिस्केट जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिन्छ ।

जात्रामा भैरवनाथको रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । लामा तथा मोटा आठ वटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी र्पुयाएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ ।

यसरी रथ तान्दा दुर्घटना हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

https://youtu.be/C62lWbR5wcE

गुठी संस्थान कार्यालय भक्तपुरका अनुसार बुधबार भैरव मन्दिरमा जात्रा सञ्चालक आकाश भैरव गुठी तथा भद्रकाली गुठीका रकमी तथा भैरव मन्दिरका पुजारीहरुको संलग्नतामा भैरवको नित्यपूजा, गुह्य पूजालगायत सम्पन्न भएपछि रथ तान्न सुरु गरिएको हो । जात्राको क्रममा हुनसक्ने सम्भावित घटना तथा झडपलाई लक्षित गरी यस वर्ष सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणामा
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणामा
बागी उम्मेदवार फकाउन चितवन पुगेका दुई मन्त्री निरास हुँदै काठमाडौं फर्किए
बागी उम्मेदवार फकाउन चितवन पुगेका दुई मन्त्री निरास हुँदै काठमाडौं फर्किए
मोडेल एवं सञ्चारकर्मी एलिना थपलियाको म्युजिक भिडियो सार्वजनिक
मोडेल एवं सञ्चारकर्मी एलिना थपलियाको म्युजिक भिडियो सार्वजनिक
केकभित्र गाँजा राखेर अनलाइनमार्फत बिक्री गर्ने युवक पक्राउ
केकभित्र गाँजा राखेर अनलाइनमार्फत बिक्री गर्ने युवक पक्राउ
खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड दोस्रो संस्करण भदौको ३ गते अमेरिकामा हुदै
खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड दोस्रो संस्करण भदौको ३ गते अमेरिकामा हुदै
अनिल झाले राजेन्द्र महतोसँग पूरानो रिसिईबी साँध्ने
अनिल झाले राजेन्द्र महतोसँग पूरानो रिसिईबी साँध्ने
Committee formed for national library day programme
Committee formed for national library day programme
लापरबाहीका कारण वृद्धको ज्यान गयो
लापरबाहीका कारण वृद्धको ज्यान गयो
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
सिलवाललाई उपस्थित गराइदिन  ७७ जिल्लामा प्रहरी मुख्यालयले यस्तो सर्कुलर जारी गर्यो
सिलवाललाई उपस्थित गराइदिन ७७ जिल्लामा प्रहरी मुख्यालयले यस्तो सर्कुलर जारी गर्यो