फोरमका कारण सरकारले पूर्णता पाउन सकेन, कुरा सीमा हेरफेरमा अल्झियो
सारांश
- काठमाडौं, १७ फागुन- संविधान संशोधनका विषयवस्तुमा सत्तासीन वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन विलम्ब भएको छ ।
- संविधान संशोधनलाई सत्तारोहणको सर्त बनाएको फोरमसँग वार्ता निष्कर्षमा पुग्न नसक्दा सरकारले पूर्णता पाउने अझै केही दिन लाग्ने देखिएको हो।
- आजको नागरिक दैनिकमा मणि दाहालले खबर लेखेका छन् ।
काठमाडौं, १७ फागुन- संविधान संशोधनका विषयवस्तुमा सत्तासीन वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन विलम्ब भएको छ । संविधान संशोधनलाई सत्तारोहणको सर्त बनाएको फोरमसँग वार्ता निष्कर्षमा पुग्न नसक्दा सरकारले पूर्णता पाउने अझै केही दिन लाग्ने देखिएको हो। आजको नागरिक दैनिकमा मणि दाहालले खबर लेखेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार साँझ वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रका नेताहरुसँग भएको वार्तामा फोरमका नेताले प्रदेश सीमांकन हेरफेरसम्बन्धी संविधानको धारा संशोधनमार्फत खारेज गर्नुपर्ने अडान राखेपछि बिहीबार बिहान फेरि बस्ने सहमतिमा बैठक टुंगिएको छ।
संविधान संशोधनका लागि दुईतिहाइ मत सुरक्षित गर्न फोरमलाई सरकारमा ल्याउन जोड दिँदै आएको वाम गठबन्धन संशोधनमा सहमत भए पनि अहिले नै विषयवस्तु तोक्ने पक्षमा छैन।
फोरमले प्रदेश सीमांकन हेरफेर गर्न संघीय संसद् र प्रदेश संसद् दुवैले स्वीकृत गर्नुपर्ने व्यवस्था भएको संविधानको धारा खारेज गर्नुपर्ने सर्त अघि सारेको छ । ‘सीमांकन हेरफेर गर्ने धारा खारेजको विषयमा सहमति जुट्न नसक्दा बुधबारको बैठक निष्कर्षमा पुगेन,’ फोरम स्रोतले भन्यो, ‘संविधान संशोधनका विषयमा सहमति जुटेपछि मात्रै अन्य विषयमा छलफल हुनेछ । सीमांकनसम्बन्धी विषयमा रस्साकस्सी जारी छ।’
फोरमले प्रदेश सीमांकन हेरफेरसम्बन्धी संविधानको धारा २७४ मा भएको व्यवस्था खारेज गर्न माग गरेको छ । सो धारामा प्रदेश सीमांकन संघीय संसद्ले हेरफेर गरेपछि स्वीकृतिका लागि सम्बन्धित प्रदेशसभामा पनि पठाउनुपर्ने व्यवस्था छ । प्रदेश सीमांकन प्रदेशसभाको बैठकबाट अनुमोदन हुनुपर्छ । संविधानको धारा २७४ को उपधारा ४ (२) अनुसार पेस भएको विधेयक कुनै प्रदेशको सिमाना परिवर्तन वा अनुसूची–६ मा उल्लिखित विषयसँग सम्बन्धित भए त्यस्तो विधेयक संघीय संसद्मा प्रस्तुत भएको तीस दिनभित्र सम्बन्धित सदनको सभामुख वा अध्यक्षले सहमतिका लागि प्रदेशसभामा पठाउनुपर्ने हुन्छ । प्रदेशसभाले संघीय संसद्को प्रस्ताव तीन महिनाभित्र सामान्य बहुमतबाट स्वीकृत वा अस्वीकृत गरी केन्द्रलाई जानकारी गराउनुपर्छ । तर अहिले सातवटा प्रदेशमध्ये प्रदेश २ मा मात्र मधेसवादी दलको बहुमत छ।
त्यसैगरी फोरमले तीन मन्त्री र एक राज्यमन्त्री आफूलाई दिनुपर्ने माग राखेकोे छ । एमाले र माओवादी दुवैले मन्त्रिपरिषद्को आकार सानो हुने भन्दै त्यति दिन नसकिने बताएका छन् । एमाले र माओवादीले फोरमलाई एक मन्त्री र एक राज्यमन्त्रीको प्रस्ताव गरेका छन् । १७ मन्त्रालयमा एमालेले १० र माओवादीले सात लिनेगरी भागबन्डा गरेका छन्।
बुधबारको वार्तामा सत्तापक्षबाट प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य सुवास नेम्बाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए । त्यसैगरी माओवादीका नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा तथा फोरमबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी थिए । ‘सकारात्मक रुपमा छलफल अघि बढेको छ । बिहीबार बिहान नौ बजे पुनः बैठक बसेर टुंगो लगाउँछौ’ एमाले नेता नेम्बाङले नागरिकसँग भने, ‘बिहीबार छलफल निष्कर्षमा पुग्नेछ।’
Narayan Panthi
ए ओलि बा जमिन दिएर दुइतिहाइको सरकार कदापी गर्नु हुदैन।यो कार्य नेपालका लागि अभिसाप बन्नेछ।
Kumar Gahataraj
Madheshi Morcha ko Mag kahile pani pura hunexaina ….Yini haru Tarai ta k Nepal kai ghati nimothne khelma lagi pareka xa….!!!!
Buddhipd Rai
राष्ट्रवादी प्रधानमन्त्री केपि ओलीजीले जुन दिन INDIAN Home work गरी सिध्दाउनु हुन्छ त्यै दिन आफ्नो मन्त्रीमण्डलको पनि पूर्णता दिइ सिध्दाउनु हुनेछ भन्ने हाम्रो दावी रहेको छ।तर किस्ता र कित्ता कित्तामा नीर्देशित र नियन्त्रित मन्त्रीपरिषदको गठन गर्ने प्रधानमन्त्री केपि ओलीजीलाई राष्ट्रवादी प्रधानमन्त्री भन्नु अन्याय हुने रहेछ।
Shanta Giri
अहिलेको संविधानले अरू प्रदेश भन्दा २ नम्बर प्रदेशले बडी अधिकार पाएको छ । त्यहाँ मन्त्री सांसद सबै धेरै छन् , अझै पनि देशलाई नै घात हुने गरी मधेसी नेताहरु जबरजस्ति गरेदैछन, यसले राम्रो सनदेश दिन्न , जातिय द्वन्द फैलिने खतरा हुन्छ ।
Ganesh Kumar Shrestha
Impossible to change Borders of the states. Forget Madhesi parties.
Pardeshi Sagar
5no.pardesh ko sima herfer garne samjhauta kadapi nahos
Dipak Karki
यी मधेसी का नाजायज माग पूरा गर्नै हुन्न। यिन को नियत ठिक लाग्दैन। दुई तिहाइ को चक्कर मा जे भन्यो त्यही गर्ने होइन।
Thapachhabiraj Thapa
Sambhidha sanshodhan ko kunai jarurat 6aina
Ananda Bajracharya
यो बिहारी भैंसीको सन्तान देश बिकाशको लागि होइन देश टुक्र्याउनको लागि राजनीति गरिरहेका हुन। यिनीहरूलाई बिस्वास गर्नु हुन्दैन कुनै बेला धोखा दिन्छ।
Surya Shrestha
यो यादव कुकुरले सरकारमा जाने वहानामा अनावश्यक माग राखेर ढिलो बनाउदै, भारतको चाहाना पूरा गर्दैछ ।
Uttam Chudal Six Pusta
FORAM SAGA NEPAL RA NEPALI PAN RA MAYA XINA !
Shyam Spakota
Simankan bhaneko taraie pradesh laie pahad bat alagyayer taraie 6uttaie des banaune tes pa6i nepal ko taraie pradesh laie bharat ma gavna ho khabardar des becher pradhan mantri nabana baru rajinama deu Sara nepali le timro jaye jaye kar garne6n des bachayo bhaner des becher bikash gareko kasaile ramro mandain des bechnu par6 bhane pm jiu rajinama dinuhosh plz
Dhakaram Acharya
Dhoti back up