काँग्रेसको जिल्लामा पनि आन्तकि कलह उत्तिकै

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
काँग्रेसको जिल्लामा पनि आन्तकि कलह उत्तिकै

सारांश

  • डोल्पा, २६ वैशाख ।
  • जिल्लामा नेपाली काँग्रेसको आन्तरिक किचलो बढ्दै गएको छ ।
  • पार्टी भित्रै गुट–उपगुट सिर्जना हुन थालेपछि डोल्पा काँग्रेस आन्तरिक किचलोमा फसेको हो ।

डोल्पा, २६ वैशाख । जिल्लामा नेपाली काँग्रेसको आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी भित्रै गुट–उपगुट सिर्जना हुन थालेपछि डोल्पा काँग्रेस आन्तरिक किचलोमा फसेको हो ।

गत पुस ३ गते सभापति पक्षले अवैधानिक रुपमा जिल्ला कार्यसमिति विस्तार गरेको आरोपमा सचिव पक्षका समूहले त्यसको विरोध गर्दै आएको छ ।जिल्ला कार्यसमितिमा १८ जना हुनुपर्नेमा पार्टीको विधान विपरीत संख्या बढाएर २४ पु¥याएको भन्दै पार्टी सचिव, ६ जना जिल्ला कार्यसमिति सदस्य, दुई जना महासमिति सदस्य, चार जना महाधिवेशन प्रतिनिधि, तरुण दल, नेवि संघ, दलित संघ किसान संघ लगायतको टोलीले गत मंगलबारको जिल्ला कार्यसमिति बैठक बहिष्कार गरेको सचिव जयनन्द उपाध्यायले जानकारी दिनुभयो ।

विधानअनुसार पाँच वर्षसम्म क्रियाशील सदस्य नवीकरण पनि नभएको, क्षेत्रीय प्रतिनिधि र निर्वाचित जिल्ला कार्यसमितिको सदस्य पनि नभएको व्यक्तिलाई पार्टीको विधान मिचेर उपसभापति र पार्टी सचिवमा मनोनीत गरेको सचिव पक्षको आरोप छ । जिल्ला पार्टी सचिव, उपसभापती पदमा निर्वाचित हुनका लागि निरन्तर क्रियाशील सदस्यता पाँच वर्षसम्म नवीकरण भएकोे हुनुपर्ने विधानमा उल्लेख छ ।

सभापति बुढाले अवैधानिक रूपले विस्तार गरेको जिल्ला कार्यसमिति सदस्य खारेज गर्न माग राख्दै मंगलबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा उजुरी दर्ता गराई सकिएको सचिव उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिम प्रदेशसभाका  सदस्यहरूको शपथ आज
सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूको शपथ आज
गठबन्धन बैठक सकियो, सिट बाँडफाँडको विषय निष्कर्षमा पुगेन
गठबन्धन बैठक सकियो, सिट बाँडफाँडको विषय निष्कर्षमा पुगेन
बजेटले बुनेको समृद्ध लहानको सपना
बजेटले बुनेको समृद्ध लहानको सपना
सात दिनभित्र च्यातिएको मतपत्र र आयोगको निर्णय पेश गर्न सर्वोच्चको आदेश
सात दिनभित्र च्यातिएको मतपत्र र आयोगको निर्णय पेश गर्न सर्वोच्चको आदेश
नायक सनी देवल साढे ८२ हजार मत अन्तरले बिजयी
नायक सनी देवल साढे ८२ हजार मत अन्तरले बिजयी
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै  ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
के भने महेश बस्नेतले बिजय सभालाई सम्बोधन गर्दै  ?
के भने महेश बस्नेतले बिजय सभालाई सम्बोधन गर्दै ?
बझाङमा सुरुङ भत्किएपछि भित्र पसेका ४ मजदुर सम्पर्कविहीन
बझाङमा सुरुङ भत्किएपछि भित्र पसेका ४ मजदुर सम्पर्कविहीन
सुशीला कार्की र डा गोविन्द केसीले ‘चैट’ पारे नारायणकाजी श्रेष्ठकाे प्रवक्ता पद ! फकाउने जिम्मा माधव नेपाललाई
सुशीला कार्की र डा गोविन्द केसीले ‘चैट’ पारे नारायणकाजी श्रेष्ठकाे प्रवक्ता पद ! फकाउने जिम्मा माधव नेपाललाई
उजिर मगर प्रेस सेन्टरबाट निश्काषित
उजिर मगर प्रेस सेन्टरबाट निश्काषित

तपाईंले छुटाउनुभयो कि?