बाबुराम भट्टराई र पत्रकारबीच ट्विटरमा हंगामा
सारांश
- काठमाडौं, पुस २७ ।
- सामाजिक सञ्जाल ट्विटमा पत्रकार किरण नेपालले राखेको स्ट्याटस रि–ट्विट गर्दै डा.
- बाबुराम भट्टराईले ‘गुड र गोबर झट्ट हेर्दा उस्तै देखिन्छ’ भनेर व्यंग्य गरेका छन् ।
काठमाडौं, पुस २७ । सामाजिक सञ्जाल ट्विटमा पत्रकार किरण नेपालले राखेको स्ट्याटस रि–ट्विट गर्दै डा. बाबुराम भट्टराईले ‘गुड र गोबर झट्ट हेर्दा उस्तै देखिन्छ’ भनेर व्यंग्य गरेका छन् ।
पत्रकार नेपालले गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको अनसन र अनसनकै कारण ‘हत्या’ (राज्य वेवास्ताका कारण भएको मृत्यु हत्या हो) भयो । भनेर ट्विट गरेपछि बाबुरामले व्यंग्य गरेका हुन् ।
बाबुरामले गुड र गोबर झट्ट हेर्दा उस्तै देखिन्छ तर तिनीहरू वीचमा गुणात्मक अन्तर हुन्छ । सत्य सधैं समय र सन्दर्भ सापेक्ष हुन्छ । अर्ध–सत्यको सहारा लिएर जनसमुदायमा भ्रम नछरौं, वा आफैं भ्रमित नबनौं । नन्दप्रसादको मृत्यु दुःखद हो । त्यसको हल सत्यनिरूपण आयोग हो । डा. केसीको मुद्दा सरकारसँग हो । छासमिस नपारौं ! भन्दै ट्विट गरेका छन् ।
गुड र गोबर झट्ट हेर्दा उस्तै देखिन्छ तर तिनीहरू वीचमा गुणात्मक अन्तर हुन्छ।सत्य सधैं समय र सन्दर्भ सापेक्ष हुन्छ।अर्ध-सत्यको सहारा लिएर जनसमुदायमा भ्रम नछरौं,वा आफै भ्रमित नबनौं।नन्दप्रसादको मृत्यु दु:खद हो।त्यसको हल सत्यनिरूपण आयोग हो।डा केसीको मुद्दा सरकारसंग हो।छासमीस नपारौं! https://t.co/4oNMfsYRKt
— Baburam Bhattarai (@brb1954) January 11, 2018
पत्रकार नेपालले नन्दप्रसाद अधिकारीको अनसन र अनसनकै कारण ‘हत्या’ ( राज्य वेवास्ताका कारण भएको मृत्यु हत्या हो) भयो । यसमा @brb1954 को धारणा जानेपछि #DrGKC सँगको म– वहाँ #DrGKC मामिलामा कति इमान्दार हुनुहुन्छ भन्ने बुझन् सक्छु । नत्र भने पपुलिज्मनै मान्छु । ट्विट गरेका थिए ।
नन्दप्रसाद अधिकारीको अनसन र अनसनकै कारण 'हत्या' (राज्य वेवास्ताका कारण भएको मृत्यू हत्या हो)भयो। यसमा @brb1954 को धारणा जानेपछि #DrGKC सँगको म- वहाँ #DrGKC मामीलामा कति इमान्दार हुनुन्छ भन्ने बुझ्न सक्छु। नत्रभने पपुलिज्मनै मान्छु।
— Kiran Nepal (@kirannepal) January 10, 2018
यही ट्विटको विषयमा डा. बाबुराम भट्टराई र पत्रकार किरण नेपालबीच बहस भएको छ ।
भट्टराई पूर्व–प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक हुन् भने किरण नेपाल हिमालखबरका सम्पादक हुन् ।
प्रतिक्रिया