दिल्लीको एक होटलमा भिषण आगलागी,१७ जनाको मृत्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
दिल्लीको एक होटलमा भिषण आगलागी,१७ जनाको मृत्य

सारांश

  • नयाँ दिल्ली,२९ माघ ।
  • दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मङ्गलबार विहान आगलागी हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ ।
  • घटनामा अन्य ११ जना आगोले जलेर घाइते बनेका छन् ।

नयाँ दिल्ली,२९ माघ । दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मङ्गलबार विहान आगलागी हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ ।घटनामा अन्य ११ जना आगोले जलेर घाइते बनेका छन् ।

करोल बाघस्थित गुरूद्वारा सडकमा रहेको अर्पित होटेलमा मङ्गलबार विहान करिब साढे चार बजेको समयमा आगलागी भएको सूचना विभागमा भएको र तत्काल बारूण यन्त्रसहित केही अग्नी नियन्त्रक त्यसतर्फ गएपनि उनीहरूलाई जोगाउन नसकिएको प्रहरी उप–आयुक्त एमएस रान्धावाले बताउनुभयो ।

विभागका प्रमुख अतुल गर्गले भन्नुभयो, “उद्धार टोलीलाई विहान ४ः३५ मा सूचना प्राप्त भए लगत्तै उद्धारका लागि पठाइएको र उक्त टोलीले होटेलभित्र फसेका ३५ जनालाई सकुशल उद्धार गर्न सकिएको थियो भने १७ जनाको घटनास्थलमा नै जलेर मृत्यु भएको थियो ।”

उद्धार टोलीले घटनास्थलबाट १३ जनाको मृत शरीर राम मनोहर लोहिला अस्पताल र अन्य चार जनाको मृत शरिर लेडी हार्डिनेज मेडिकल कलेज तथा बिएलके अस्पताल अन्तिम परीक्षण रिपोर्टका लागि पठाइएको छ ।

एक महिला र एक बालकले आगलागीपछि आत्तिएर अस्पताल भवनको झ्यालबाट हाम फालेका कारण मृत्यु भएको छ भने अन्य १५ जनाको अस्पतालको कोठाभित्र नै जलेर ज्यान गएको बताइएको छ ।आगोमा जलेर घाइते बनेका ११ जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी उप–आयुक्तले भन्नुभयो, “आगलागी घाइते केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या केही बढ्नसक्ने देखिएको छ ।”चारतले होटेलमा ३५ कोठा रहेका थिए भने सोमबार उक्त होटेल एउटा परिवारले कार्यक्रमका लागि लिएको आफूलाई जानकारी भएको उहाँले बताउनुभयो ।आगलागी कसरी शुरू भयो भन्नोबारे समाचार तयार पार्दासम्म स्पष्ट कारण खुलिसकेको छैन तर छानविन शुरू भैसकेको छ, दिल्लीका प्रहरी उप–आयुक्त रान्धावाले भन्नुभयो ।एजेन्सी

(www.genusinnovation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटहरीका बाढीपीडित राहतको पर्खाइमा, मृतकको संख्या ९ पुग्यो/पीडित मन्दिर र विद्यालयमा ..
इटहरीका बाढीपीडित राहतको पर्खाइमा, मृतकको संख्या ९ पुग्यो/पीडित मन्दिर र विद्यालयमा ..
यमनमा अल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाद्वारा घोषणा
यमनमा अल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाद्वारा घोषणा
विकास र समृद्धिको नेपालीको चाहना पूरा हुन्छः प्रधानमन्त्री ओली
विकास र समृद्धिको नेपालीको चाहना पूरा हुन्छः प्रधानमन्त्री ओली
एउटै स्कुलमा पढेका साथीले सम्पत्तिको लोभमा छोरा अपहरण गरे
एउटै स्कुलमा पढेका साथीले सम्पत्तिको लोभमा छोरा अपहरण गरे
राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा
राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा
‘तेलयुद्ध’ ले इन्धनको मूल्य छ गुणा घट्दै
‘तेलयुद्ध’ ले इन्धनको मूल्य छ गुणा घट्दै
हेर्नुहोस् चितवन क्षेत्र नं १, (क), (ख),क्षेत्र नं २ (क), (ख) क्षेत्र नं. ३(क), (ख) को पछिल्लो अपडेट
हेर्नुहोस् चितवन क्षेत्र नं १, (क), (ख),क्षेत्र नं २ (क), (ख) क्षेत्र नं. ३(क), (ख) को पछिल्लो अपडेट
जीप पल्टिँदा एकको मृत्यु, नौ घाइते
जीप पल्टिँदा एकको मृत्यु, नौ घाइते
कोरिया जानेका लागि स्वास्थ्य परीक्षण आजदेखि यी चार अस्पतालमा
कोरिया जानेका लागि स्वास्थ्य परीक्षण आजदेखि यी चार अस्पतालमा
गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द
गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द

तपाईंले छुटाउनुभयो कि?