गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुखको रिबन काटेरै समय बित्छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १८, २०७४
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १८ फागुन – विकास निर्माणका अनेकौं सपना देखाउँदै स्थानीय सरकारको नेतृत्वमा पुगेका जनप्रतिनिधि औपचारिक कार्यक्रममा अलमलिएरै दिन बिताइरहेका छन् ।
  • बिहान सबेरैदेखि साँझ अबेरसम्म सातै दिन व्यस्त उनीहरुको अधिकांश समय रिबन काट्न र अतिथि बन्नमै बितिरहेको छ ।
  • स्थानीय तहमा जिम्मेवारी लिएर काम थालेको सात महिना पूरा भइसक्दा पनि धेरै जनप्रतिनिधिले कामको मेसो समातेका छैनन्।

काठमाडौं, १८ फागुन – विकास निर्माणका अनेकौं सपना देखाउँदै स्थानीय सरकारको नेतृत्वमा पुगेका जनप्रतिनिधि औपचारिक कार्यक्रममा अलमलिएरै दिन बिताइरहेका छन् । बिहान सबेरैदेखि साँझ अबेरसम्म सातै दिन व्यस्त उनीहरुको अधिकांश समय रिबन काट्न र अतिथि बन्नमै बितिरहेको छ । स्थानीय तहमा जिम्मेवारी लिएर काम थालेको सात महिना पूरा भइसक्दा पनि धेरै जनप्रतिनिधिले कामको मेसो समातेका छैनन्।  आजको नागरिक दैनिकमा खबर छ ।

जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाका विभिन्न वडामा दिनहुँजसो कुनै न कुनै औपचारिक कार्यक्रम आयोजना भइरहेकै हुन्छन् । स्थानीय तहका जनप्रतिनिधिको बाक्लो जमघट त्यस्तै कार्यक्रममा हुन्छ । घन्टौंसम्म यस्तै कार्यक्रममा अल्झिएर बस्न आफूहरु ‘बाध्य’ रहेको उनीहरु बताउँछन्।

जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराललाई दिनहुँ दर्जनभन्दा बढी औपचारिक कार्यक्रमको निम्तो आउँछ । उनी बिहानदेखि साँझसम्म सदरमुकामका बैठक र औपचारिक कार्यक्रममै व्यस्त हुन्छन् । ‘आएजति सबै निम्तो मान्न समयले पुग्दैन,’ उनी भन्छन्, ‘दिनको ३ वटाभन्दा बढी कार्यक्रममा जान भ्याएको छैन ।’

समन्वय समिति प्रमुख जिल्लास्थित विभिन्न विषयगत समितिको पनि पदेन संयोजक र सदस्यसमेत रहने भएकाले दिनहुँ कुनै न कुनै बैठक भ्याउनुपर्छ बरालले । ‘कार्यालयमा बसेर गर्नेभन्दा फिल्ड (औपचारिक कार्यक्रम) कै काम बढी हुँदोरहेछ,’ बराल भन्छन्, ‘जुन कार्यक्रममा समय बितेको हुन्छ, त्यसको अधिकतम उपलब्धि कसरी प्राप्त गर्न सकिन्छ भन्नेमा सचेत हुनुपर्छ । औपचारिक कार्यक्रममा सहभागी हुँदा जे निष्कर्ष आउँछ, त्यसलाई जिल्लाको हितमा हुने योजना बनाउने मसलाका रूपमा लिनुपरेको छ।’

समन्वय समिति प्रमुख जिल्ला तहको पहिलो (जननिर्वाचित) व्यक्ति रहने हुँदा बराललाई हरेक कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्तो आउँछ । तर, उनी आफ्नो आवश्यकता हेरेरमात्र कार्यक्रममा सहभागी हुने गरेको बताउँछन् । ‘सकेसम्म त धेरै कार्यक्रममा पुग्नुपर्छ तर कताकतिचाहिँ मेरो आवश्यकता नै नहुने ठाउँमा पनि पुग्नुपर्ने बाध्यता हुँदोरहेछ,’ उनले सुनाए । जिल्लाका गाउँपालिका र नगरपालिकासँग विभिन्न कार्य र समन्वयका लागि पनि उनी नियमित सम्पर्कमा रहनुपर्छ।

देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेल बिहानै उठेदेखि साँझ नपरुन्जेल औपचारिक–अनौपचारिक भेला, गोष्ठी, सेमिनार, बैठकलगायतमा पुग्छन् । गाउँमा सानातिना भैmझगडा, सीमा विवाद, झडप हुँदा पनि प्रमुख नै उपस्थित भइदिन ज्यादै जोड आउँछ । ‘बोलाएजति सबै कार्यक्रममा सकेसम्म पुग्छु तर भ्याउनै मुस्किल छ,’ पोख्रेल भन्छन्, ‘को व्यक्ति कुन कार्यक्रममा जानु अनिवार्य छ, कुनमा नगए पनि हुन्छ भन्ने केही मापदण्ड छैन, समयले धेरैतिर पुग्नुपरेको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?