सुनवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीकाे संसदीय सुनुवाइ आज

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३२, २०८०
|
|
१८ पटक हेरिएको
Shares
सुनवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीकाे संसदीय सुनुवाइ आज

सारांश

  • काठमाडौं।
  • संसदीय सुनवाई समितिले प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीलाई आज छलफलका लागि बोलाएको छ।
  • सर्वोच्च अदालतको प्रधानन्यायधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो।

काठमाडौं। संसदीय सुनवाई समितिले प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीलाई आज छलफलका लागि बोलाएको छ। सर्वोच्च अदालतको प्रधानन्यायधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो।

लामो समयदेखि कार्यबहाक प्रधानन्यायधीशको जिम्मेवारीमा रहेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायधीशमा सिफारिस गरिएको थियो। उनी बिरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ। उनी बिरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजाे छलफल गरेकाे थियाे।

बुधबार बसेको समिति बैठकले केहि उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाईका लागि बिहीबार कार्कीलाई समितिमा बोलाउने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

उनले जननिर्वाचित प्रतिनिधि संस्थाको बैधानिकतामाथि प्रश्न उठाउन नमिल्ने भएकाले उजुरीकर्ताको छलफलपछि कार्कीलाई सुनुवाईका लागि बोलाउने निर्णय गरिएको बताए।

त्यसअघि बैठकमा उजुरीकर्ताहरुको छलफलका क्रममा विवाद भएको थियो। उजुरीकर्तामध्ये केहिले सामूहिक रुपमा नै समितिमा जान पाउनुपर्ने माग राखेका थिए भने केहिले समितिको बैद्यानिकतामाथि नै प्रश्न उठाएका थिए।

संवैधानिक परिषद्को वैशाख २५ गतेको बैठकले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। बिहीबार सुनुवाई समितिले कार्कीको नाम अनुमोदन गरे राष्ट्रपतिबाट नियुक्ति गर्ने बाटो खुल्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?