खारेज हुने कार्यालयका भवन धमाधम निर्माण हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ९, २०७४
|
|
३७ पटक हेरिएको
Shares
खारेज हुने कार्यालयका भवन धमाधम निर्माण हुँदै

सारांश

  • बेसीसहर (लमजुङ), ९ असार ।
  • मुलुकमा सङ्घीयता लागू भएसँगै खारेज हुने जिल्लास्थित सरकारी कार्यालयका भवन धमाधम निर्माण गरिँदै छन् ।
  • जिल्ला कार्यालयका रुपमा रहेका आधा दर्जन सरकारी भवन निर्माणाधीन अवस्थामा रहेका छन् ।

बेसीसहर (लमजुङ), ९ असार । मुलुकमा सङ्घीयता लागू भएसँगै खारेज हुने जिल्लास्थित सरकारी कार्यालयका भवन धमाधम निर्माण गरिँदै छन् । जिल्ला कार्यालयका रुपमा रहेका आधा दर्जन सरकारी भवन निर्माणाधीन अवस्थामा रहेका छन् ।

जिल्लामा ६ वटा सरकारी कार्यालय निर्माणाधीन अवस्थामा रहेको सहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिृकत इं सजन श्रेष्ठका अनुसार सदरमुकाममा रहेका मालपोत, सिँचाइ, नापी, राष्ट्रिय अनुसन्धान, सरकारी वकिलको कार्यालय र कोलेनिकाको भवन निर्माणाधीन अवस्थामा रहेका छन् ।

इन्जिनियर श्रेष्ठका अनुसार रु चार करोड ५० लाखको लागतमा मालपोत कार्यालय निर्माण भइरहेको छ भने सिँचाइ, कोलेनिका र राष्ट्रिय अनुसन्धानको कार्यालयको लागत एकमुष्ट रु १८ करोड ४१ लाख रहेको छ । निर्माणाधीन कार्यालय भवनमध्ये स्थानीय तहको निर्वाचनपछि कोलेनिका र सरकारी वकिलको कार्यालय बाहेकका सबै कार्यालय खारेज हुने बताइएको छ । जिल्लामा भएका जम्मा २७ वटा सरकारी कार्यालयमध्ये १६ वटा कार्यालयका आफ्नै पक्की भवन छन् ।

जिल्लामा भवन नभएका कार्यालय अझै पाँचवटा रहेका छन् । जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयको अधिकार अब नगरपालिका र गाउँपालिकामा सर्नेछ । जिल्लामा बढीमा सातवटा मात्रै सरकारी कार्यालय रहनेछन् ।

जिल्लाका अन्य गाउँ तथा नगरपालिका भने भवनविहीन छन् । अन्य स्थानीय निकायमध्ये केहीले साबिकका गाविस भवन वा घर भाडामा लिएर काम चलाउँदै आएका छन् । कतिपय कार्यालयले भवन निर्माणका लागि जग्गासमेत पाएका छैनन् भने केही स्थानीय निकायको आफ्नै जग्गा भएर पनि भवन निर्माण गर्न पाएका छैनन् । सदरमुकाम बेसीसहर एउटा स्थानीय निकायको केन्द्र रहेको छ । यद्यपि यहाँका पक्की र आकर्षक सरकारी कार्यालयका भवनमा भने कसले उपयोग गर्ने भन्ने टुङ्गो छैन ।

(https://expo.aspe.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीको देवदह नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता
रुपन्देहीको देवदह नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता
प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारतबाट हुने
प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारतबाट हुने
पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनविरुद्ध काउन्सिलमा लाग्यो उजुरीका चाङ
यस वर्षको एसईई परीक्षा तोकिएकै तालिका अनुसार सञ्चालन हुने
यस वर्षको एसईई परीक्षा तोकिएकै तालिका अनुसार सञ्चालन हुने
करिश्मा हिंडिन् स्कुल, दश जोड दुई किटिनी स्कुलमा पढ्दै
करिश्मा हिंडिन् स्कुल, दश जोड दुई किटिनी स्कुलमा पढ्दै
रुखमा बसेर खाने र सुत्ने बाबा
रुखमा बसेर खाने र सुत्ने बाबा
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
यसरी दिन सकिन्छ आफ्ना दाजु भाई तथा दिदिबहिनीका लागि अमेरिकी ग्रीनकार्ड आवेदन
यसरी दिन सकिन्छ आफ्ना दाजु भाई तथा दिदिबहिनीका लागि अमेरिकी ग्रीनकार्ड आवेदन
बालाजुमा ‘ग्याङफाइट’: खुकुरी प्रहारबाट थापाको अवस्था गम्भीर
बालाजुमा ‘ग्याङफाइट’: खुकुरी प्रहारबाट थापाको अवस्था गम्भीर
प्रचण्ड भेट्न राष्ट्रपति भण्डारी दाहाल निवासमा
प्रचण्ड भेट्न राष्ट्रपति भण्डारी दाहाल निवासमा

तपाईंले छुटाउनुभयो कि?