राष्ट्रपति चुनावको तयारी शुरु, निर्वाचन अधिकृतको कार्यालय स्थापना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १८, २०७४
|
|
१८ पटक हेरिएको
Shares
राष्ट्रपति चुनावको तयारी शुरु, निर्वाचन अधिकृतको कार्यालय स्थापना

सारांश

  • काठमाडौं, १८ फागुन – निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।
  • आयोगले संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।
  • आयोगबाट यसअघि नै राष्ट्रपति निर्वाचनको तालिका सार्वजनिक गरिसकेको छ ।

काठमाडौं, १८ फागुन – निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।आयोगले संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।

आयोगबाट यसअघि नै राष्ट्रपति निर्वाचनको तालिका सार्वजनिक गरिसकेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन काठमाडौंमै हुने भएपछि प्रदेशसभाका ५ सय ५० जना सांसद काठमाडौं धाउनुपर्ने देखिएको छ । निर्वाचन आयोगको फागुन १० गतेको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा ९२० को व्यवस्था बमोजिम राष्ट्रपतिको निर्वाचन फागुन २९ गते गर्ने निर्णय गरेको थियो।

राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था छ। संविधान बमोजिम पहिलो पटक नयाँ राष्ट्रपतिको निर्वाचन गर्न आयोगले पाटन उच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठलाईलाई निर्वाचन अधिकृत तोकिसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

निर्वाचन तालिकाअनुसार मतदाता नामावली प्रकाशन फागुन २१ गते, उम्मेदवारको मनोनयनपत्र दर्ता फागुन २३ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २४ गते र फागुन २९ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ। राष्ट्रपति निर्वाचन सम्पन्न भएको एक साताभित्र उपराष्ट्रपति निर्वाचनको मिति घोषणा गरिनुपर्ने कानुनी प्रावधान छ ।

(www.enov8.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?