‘S’ बाट नाम सुरु हुनेले अवश्य पढ्नुहोस, के छ रहस्य ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
‘S’ बाट नाम सुरु हुनेले अवश्य पढ्नुहोस, के छ रहस्य ?

सारांश

  • तपाईंको नामको पहिलो अक्षर तपाईंको व्यक्तित्वको विभिन्न राज खोल्ने गर्दछ ।
  • सायद तपाईंलाई थाहा नहोला, तर यो यस्तो जानकारी हो जसमार्फत तपाईं आफ्नो बारे वा अन्य व्यक्तिका विशेषता सजिलै थाहा पाउन सक्नुहुन्छ ।
  • यहाँ आज हामी तपाईंलाई अंग्रेजी अक्षरको ‘एस’ बाट नाम सुरु हुने व्यक्तिको विशेषता बताउँदैछौं ।

तपाईंको नामको पहिलो अक्षर तपाईंको व्यक्तित्वको विभिन्न राज खोल्ने गर्दछ । सायद तपाईंलाई थाहा नहोला, तर यो यस्तो जानकारी हो जसमार्फत तपाईं आफ्नो बारे वा अन्य व्यक्तिका विशेषता सजिलै थाहा पाउन सक्नुहुन्छ । यहाँ आज हामी तपाईंलाई अंग्रेजी अक्षरको ‘एस’ बाट नाम सुरु हुने व्यक्तिको विशेषता बताउँदैछौं ।

नेतृत्व क्षमताः

अंग्रेजी वर्णमालामा यो अक्षर १९ औं नम्बरमा आउँछ । अंकशास्त्रका अनुसार यो अक्षर नम्बर १ अन्तर्गत आउने गर्दछ जो स्वभाविक रुपले नेतृत्वको गुण दिने मानिन्छ ।

आत्मविश्वासी र महत्वाकांक्षीः

यस्ता व्यक्तिहरु मेहनत गर्नुपर्छ भन्ने विश्वास राख्दछन् र कुनै पनि कामलाई पूरा गर्नका लागि ज्यानै दिन्छन् । आफूलाई निकै नियन्त्रणमा राख्न सक्ने यी व्यक्तिहरु जे सोच्छन् त्यसलाई पूरा गरेरै छोड्छन् । स्वाभिमानी र साहसी हुने भएकाले उनीहरुको महत्व अझै बढाइदिन्छ ।

बुद्धिमानः

यो अक्षरबाट नाम सुरु हुने स्त्री वा पुरुष दुबै निकै बुद्धिमान हुन्छन् । आफ्नो बौद्धिक गुणका कारण उनीहरु ज्ञानलाई पनि निकै महत्व दिने गर्दछन् । उनीहरु मेहनतले हरेक कुरा हाँसिल गर्दछन् त्यसकारण जीवनको हरेक क्षेत्रमा सफल हुन्छन् ।

प्रतिभावना र इमान्दारः

उनीहरु प्रतिभाका धनी हुन्छन् । नयाँ प्रोजेक्ट वा रचनात्मक क्रियाकलापमा उनीहरुले गरेका हरेक काम एकदम नयाँ र प्रभावशाली हुने गर्दछ। उनीहरु इमान्दार हुन्छन र साँचो बोल्न मन पराउँछन् । त्यसकारण अरुले गरेको कामका लागि पनि उनीहरुलाई पूरा क्रेडिट दिने गर्दछन् ।

राम्रा र आकर्षकः

उनीहरु हेर्दा निकै राम्रा हुन्छन् भने व्यक्तित्व निकै आकर्षक हुन्छ । बोल्ने शैलीदेखि कपडा लगाउने तरिकासम्म हरेक कुरा निकै उत्कृष्ट हुन्छ जसका कारण उनीहरुप्रति मानिसहरु निकै प्रभावित हुन्छन् ।

प्रेम सम्बन्धमाः

इमान्दार भएका कारण सम्बन्ध, कार्यक्षेत्र वा व्यवसायमा पूर्ण रुपमा बफादार हुन्छन् । प्रेम वा वैवाहिक सम्बन्धमा पनि साथीप्रति बफादार हुनु उनीहरुको प्राथमिकता हुन्छ । तर उनीहरु रोमान्टिक भने हुँदैनन् । यसका साथै सम्बन्धमा उनीहरुको एक कमी पनि छ । धेरै पटक सम्बन्धमा आफू हाबी हुन चाहन्छन् जसका कारण उनीहरुको वैवाहिक वा प्रेम–सम्बन्ध लामो समयसम्म टिक्न पाउँदैन ।

रिसाहाः

थुप्रै विशेषताका साथै उनीहरुका अवगुण पनि छन् । यी व्यक्तिहरु रिसाहा हुन्छन् । यतिमात्र नभई स्थान र परिस्थितीको ख्याल नगरी उनीहरु आफ्ना भित्री कुराहरु भन्ने गर्दछन् जसका कारण दोस्ती, व्यापार र सम्बन्धमा तनावको स्थितीको सामना गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा
एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा
उखुको पैसा नपाएका किसान भन्छन्अब  सिंह दरबार घेर्छौँ
उखुको पैसा नपाएका किसान भन्छन्अब सिंह दरबार घेर्छौँ
टी–२० विश्वकप छनोटः क्यानडाको लगातार तेस्रो जित, टेष्ट राष्ट्र आयरल्याण्ड पराजित
टी–२० विश्वकप छनोटः क्यानडाको लगातार तेस्रो जित, टेष्ट राष्ट्र आयरल्याण्ड पराजित
Roleta Jogada Gratuita E Dicas De Jogos De Cassin
GOAL संस्थाले बालमन्दिरका बच्चा हरुसँग मनायो बाल दिवस, मिडिया पार्टनर शिखर न्युज….
GOAL संस्थाले बालमन्दिरका बच्चा हरुसँग मनायो बाल दिवस, मिडिया पार्टनर शिखर न्युज….
चन्द्रागिरिबाट लागूऔषधसहित एक किशोर पक्राउ
चन्द्रागिरिबाट लागूऔषधसहित एक किशोर पक्राउ
नुवाकोटमा कारबाहीमाथिको कारबाही सुरु
नुवाकोटमा कारबाहीमाथिको कारबाही सुरु
हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो: उर्जामन्त्री
हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो: उर्जामन्त्री
प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता उद्घाटन
प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता उद्घाटन
कामपामा तत्काल आकाशे पुल निर्माण कार्य शुरु नहुने
कामपामा तत्काल आकाशे पुल निर्माण कार्य शुरु नहुने

तपाईंले छुटाउनुभयो कि?