नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २६, २०७९
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३ जेठमा बस्नेगरी संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेकी छन् ।
  • आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३ जेठमा बस्नेगरी संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेकी छन् ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सो सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अधिवेशन आह्वान गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन बोलाउने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार नै सरकारले आगामी ३ जेठमा बजेट अधिवेशन बोलाउन सिफारिस गरेको हो ।

वर्तमान संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा नयाँ बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । यस्तो व्यवस्थाकै कारण सरकारले नयाँ बजेट सार्वजनिक हुने कम्तीमा १५ दिनअघि नै संसद्को दुवै सदनमा प्रि–बजेट छलफल गर्नुपर्नेहुन्छ । यस्तो बाध्यात्मक अवस्थाकाबीच गत वर्ष सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । सो बजेटलाई वर्तमान सरकारले अस्वीकार गरी पुनः प्रतिस्थापन विद्येयकमार्फत चालू आर्थिक वर्षको बजेट ल्याएको थियो ।

संघीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम आगामी ७ जेठमा संसद्मा पेस गर्नेगरी प्रारम्भिक खाका तयार पारेको छ । अर्थ मन्त्रालयले संसद्को दुवै सदनमा विनियोजन विधेयकका सिद्धान्तको रूपरेखा छलछल गर्नेगरी गत २० वैशाखमा प्रस्ताव तयार गरेको थियो । तर, बजेट अधिवेशन सुरु नहुँदा अर्थ मन्त्रालयले अझै संसद्मा पेस गर्न सकेको छैन ।

आगामी आर्थिक वर्षको बजेटमा देशको सन्तुलित आर्थिक विकासका लागि जल, जमिन, जंगल, खानी, कृषि, पर्यटनलगायत प्राकृतिक स्रोतको अधिकतम उपयोग, निर्यात प्रवद्र्धन व्यवस्थापन एवं प्रतिस्थापन, गुणस्तरीय पर्यटन सेवा विस्तार र विद्युत् ऊर्जाको विकासलाई प्रमुख प्राथमिकतामा राखेर अर्थ मन्त्रालयले बजेट बनाइरहेको बताइएको छ ।

बजेटको सिलिङ झन्डै साढे १७ खर्बको हुनेछ । मध्यमकालीन खर्च संरचना २०७८÷७९ अनुसार आगामी आर्थिक वर्ष २०७९÷८० का लागि सार्वजनिक हुने बजेटको सीमा १७ खर्ब ४७ अर्ब रुपैयाँको सिलिङ तोकिएको छ ।

हाल अर्थ मन्त्रालयले सिलिङको आधारमा बजेटको तयारी गरिरहेको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४७ अर्ब रुपैयाँ बजेट सिलिङ दिएको छ । यसैको आधारमा छलफल भइरहेको मन्त्रालय स्रोतको भनाइ छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी नयाँ बजेटमा सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबाट कर्मचारीको तलब बढाउने तयारी गरेको  छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीलाई साढे १० बजे भारतीय प्रधानमन्त्री मोदीको बधाई
प्रधानमन्त्री ओलीलाई साढे १० बजे भारतीय प्रधानमन्त्री मोदीको बधाई
काठमाडौंमा एकैदिन ५१२ जना कोरोना संक्रमित थपिए
प्रधानमन्त्रीज्यू समयमै दिमाग र आँखा खोल्नुहोस, नत्र चिकित्सक संघ चुप लागेर बस्दैन् : अध्यक्ष डा. श्रेष्ठ
प्रधानमन्त्रीज्यू समयमै दिमाग र आँखा खोल्नुहोस, नत्र चिकित्सक संघ चुप लागेर बस्दैन् : अध्यक्ष डा. श्रेष्ठ
इटहरीको मेयरमा कांग्रेसका पाैडेल र उपमेयरमा एमालेकी चाैधरी निर्वाचित
इटहरीको मेयरमा कांग्रेसका पाैडेल र उपमेयरमा एमालेकी चाैधरी निर्वाचित
अनायासै आक्रमण गर्दा भएको दोहोरो भिडन्तले अर्घाखाँचीको नरपानी तनावग्रस्त
अनायासै आक्रमण गर्दा भएको दोहोरो भिडन्तले अर्घाखाँचीको नरपानी तनावग्रस्त
शनिबारदेखि मौसम सफा हुने
शनिबारदेखि मौसम सफा हुने
देशभरका शिक्षाविद् बुटवलमा जुट्दै
देशभरका शिक्षाविद् बुटवलमा जुट्दै
कोरोना र फाइभ जी बीच सम्बन्धको रहस्य के हो ? जहाँ फाइभ जी त्यहाँ बढी संक्रमण किन?
कोरोना र फाइभ जी बीच सम्बन्धको रहस्य के हो ? जहाँ फाइभ जी त्यहाँ बढी संक्रमण किन?
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित : प्रधानमन्त्री दाहाल
नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?