डिस होमको डिलर दाई डिस्काउन्ट योजनाको विजेता घोषणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ८, २०७६
|
|
३६ पटक हेरिएको
Shares
डिस होमको डिलर दाई डिस्काउन्ट योजनाको विजेता घोषणा

सारांश

  • डिशहोमले डिलर दाइको डिस्काउन्ट नामक योजनाको विजेता घोषणा गरेको छ।
  • यो योजना गत महिनाको २७ गतेदेखि यही महिनाको १ गतेसम्म फन्ड ट्रान्फरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर उक्त लाइभ लक्कि ड्र सम्पन्न गरेको हो।
  • योजनाअनुसार गत शुक्रबार साँझ ५ बजे डिशहोमको सो केस च्यानल नं.

डिशहोमले डिलर दाइको डिस्काउन्ट नामक योजनाको विजेता घोषणा गरेको छ।

यो योजना गत महिनाको २७ गतेदेखि यही महिनाको १ गतेसम्म फन्ड ट्रान्फरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर उक्त लाइभ लक्कि ड्र सम्पन्न गरेको हो।

योजनाअनुसार गत शुक्रबार साँझ ५ बजे डिशहोमको सो केस च्यानल नं. १०० बाट लक्कि ड्र प्रसारण गरिएको थियो।

पहिलो लक्कि ड्रबाट बिजय भएका नवलपरासीका सुदिप मरासिनी र पोखरा कास्कीकी बिनिता गुरुङलाई प्रति व्यक्ति एक लाख नगद उपहार प्रदान गरिने बताइएको छ।

आउँदो लक्कि ड्र शुक्रबार सोही च्यानलबाट प्रसारण गरिने जानकारी गराइएको छ।

फाल्गुन २ गते देखि ८ गतेसम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नेलाई ९ गतेको लाइभ लक्कि ड्रमा समावेश गरिने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?