पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २१, २०७४
|
|
२५ पटक हेरिएको
Shares
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ

सारांश

  • काठमाडौं, २१ फागुन – बैतडी हटैराज–२ गुर्केलीका रणबहादुर चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै पाकिस्तानमा अलपत्र परेका आफ्नो भाइ (नरेन्द्रबहादुर चन्द) र उनको परिवारको उद्धार गरी नेपाल ल्याईदिन अनुनयविनय गरेका छन्।
  • पाकिस्तानको प्रधानमन्त्री शाहिद खाकान अब्बासीको सोमबारबाट सुरु हुने दुई दिने नेपाल भ्रमणका बेला आफ्नो भाइको समस्या राखिदिन पनि उनले प्रधानमन्त्रीसँग अनुरोध गरेका छन्।
  • ‘मेरो भाई पाकिस्तानको बलुचिस्तान स्थित शरणार्थी शिविरमा बसेको र निजको श्रीमतिको विवाह दर्ता र छोरा छोरीको जन्मदर्ता समेत नभएको हुँदा नेपाल ल्याउनको लागि उच्चस्तरीय पहल भएमा मात्र सम्भव हुने पाकिस्तानस्थित नेपाली दूतवासले बताउँदै आएको छ,’ रणबहादुरले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ, ‘आउँदो सोमबार पाकिस्तानका प्रधानमन्त्रीज्यू नेपाल भ्रमणमा आउनुहुने भएकोले सोही अवसरमा मेरो भाईको लागि नेपालका सम्माननीय प्रधानमन्त्रीज्यूले भाइ लगायत स–परिवार स्वदेश फिर्ति गराउने वातावरण मिलाईदिन हुन भनि याचना गर्दछु।

काठमाडौं, २१ फागुन – बैतडी हटैराज–२ गुर्केलीका रणबहादुर चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै पाकिस्तानमा अलपत्र परेका आफ्नो भाइ (नरेन्द्रबहादुर चन्द) र उनको परिवारको उद्धार गरी नेपाल ल्याईदिन अनुनयविनय गरेका छन्। पाकिस्तानको प्रधानमन्त्री शाहिद खाकान अब्बासीको सोमबारबाट सुरु हुने दुई दिने नेपाल भ्रमणका बेला आफ्नो भाइको समस्या राखिदिन पनि उनले प्रधानमन्त्रीसँग अनुरोध गरेका छन्।

‘मेरो भाई पाकिस्तानको बलुचिस्तान स्थित शरणार्थी शिविरमा बसेको र निजको श्रीमतिको विवाह दर्ता र छोरा छोरीको जन्मदर्ता समेत नभएको हुँदा नेपाल ल्याउनको लागि उच्चस्तरीय पहल भएमा मात्र सम्भव हुने पाकिस्तानस्थित नेपाली दूतवासले बताउँदै आएको छ,’ रणबहादुरले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ, ‘आउँदो सोमबार पाकिस्तानका प्रधानमन्त्रीज्यू नेपाल भ्रमणमा आउनुहुने भएकोले सोही अवसरमा मेरो भाईको लागि नेपालका सम्माननीय प्रधानमन्त्रीज्यूले भाइ लगायत स–परिवार स्वदेश फिर्ति गराउने वातावरण मिलाईदिन हुन भनि याचना गर्दछु।’

रणबहादुरका भाइ नरेन्द्र पाकितानको क्वेटा जेलबाट गत पुस २९ गते रिहा भएका हुन्। लामो समयदेखि गैरकानुनी रुपमा पाकिस्तानमा बसेको भएपनि उनी कुनै आपराधिक क्रियाकलापमा संलग्न नभएको भन्दै स्थानीय अदालतले उनलाई पुसमा रिहा गर्ने आदेश दिएको थियो।

नरेन्द्र १३/१४ वर्षको हुँदा २०४६ सालमा भागेर भारत पुगेका थिए। त्यसपछि उनी परिवारसँग सम्पर्क विहिन बनेका थिए । त्यसैवर्ष उनी एकजना पाकिस्तानीको साथ लागेर पाकिस्तान पुगेका थिए । सुरुमा पाकिस्तानको कराचीमा बसेका उनी केही वर्षपछि बलुचिस्तान पुगेका थिए । त्यहाँ उनले मुस्लीम धर्म अँगालेर अफगानीस्तानको शरणार्थी युवतीसँग विवाह गरेका थिए । उनको एक छोरा र एक छोरी रहेका छन् ।

हराएको २७ वर्षपछि २०७३ कात्तिक ११ गते नरेन्द्र नेपालमा रहेका आफ्नो परिवारको सम्पर्कमा आएका थिए। सामाजिक सञ्जाल मार्फत उनी बिभिन्न व्यक्तिहरुको सहयोगमा परिवारको सम्पर्कमा आएका थिए । परिवारको सम्पर्कमा आएको महिना दिन बित्न नपाउँदै २०७३ मंसिर ८ गते उनलाई स्थानीय प्रहरीले पक्राउ गरेको थियो। उनीसँग राहदानी तथा भिसा नभएपछि पाकिस्तानको प्रहरीले उनलाई क्वेटा जेलमा राखेको थियो।

पक्राउ परेको ८ महिनापछि मात्र नरेन्द्र पुनः परिवारको सम्पर्कमा आएका थिए। पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासले खोजी गरी नरेन्द्र क्वेटा जेलमा रहेको पत्ता लगाएको थियो। त्यसपछि उनलाई अदालतमा पेश गरिएको थियो। पुस २९ गतेको अदालतको आदेशबाट जेलमुक्त भएका नरेन्द्र त्यसपछि शरणार्थी शिविरमा आफ्नो परिवारसँग बस्दै आएका छन् । यसैबीचमा पाकिस्तानको प्रधानमन्त्री नेपाल आउन लागेपछि उनको दाई रणबहादुरले प्रधानमन्त्री ओलीलाई पत्रलेखि भाइ र उसको परिवारलाई नेपाल फर्काउने पहल गरिदिनको लागि याचना गरेका हुन्।

-नागरिक दैनिकबाट

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Bharatkumar Bkkumar

    Dukhad khabar

    Comment Author

    Janga Pun Magar

    Dukhad ko khabar

    Comment Author

    Thapachhabiraj Thapa

    Do the needful Mr p. M. Oli please

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?