असार दोस्रो सातादेखि संचालनमा कलंकी अण्डरपास

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
१८ पटक हेरिएको
Shares
असार दोस्रो सातादेखि संचालनमा कलंकी अण्डरपास

सारांश

  • काठमाडौँ, ९ जेठ ।
  • ऐतिहासिक कलंकी अण्डरपास असार दोस्रो सातादेखि संचालनमा आउने भएको छ ।
  • पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो कलंकि अण्डरपास असार दोस्रो सातादेखि संचालनमा आउने भएको हो ।

काठमाडौँ, ९ जेठ । ऐतिहासिक कलंकी अण्डरपास असार दोस्रो सातादेखि संचालनमा आउने भएको छ ।

पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो कलंकि अण्डरपास असार दोस्रो सातादेखि संचालनमा आउने भएको हो ।

चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलङ्की चक्रपथ सुधार आयोजना अन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो ।

कलङ्की चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डर पासमध्ये ४०० मिटर कलङ्की–खसीबजार भागको ‘फिनिसिङ’ को कामसमेत सम्पन्न भएको आयोजनाले जनाएको छ ।

असार दोस्रो सातासम्म कलङ्की–बाफल भागको ४०० मिटर ‘फिनिसिङ’ को काम सकेर हस्तान्तरणको तयारी भएको आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिए दिनुभयो । यो संगै कोटेश्वर–बल्खुपुल–कलङ्की १० दशमलव चार किमी सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । नौ किमिको काम सम्पन्न भई एक दशमलव चार किमीको काम मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।

“कोटेश्वर–बल्खुपुलको सबै काम सम्पन्न भएको छ, बल्खुपुलबाट कलङ्कीसम्म सडक विस्तार अन्तिम चरणमा पुगेको छ, मंसिरसम्म सबै काम सकेर सडक हस्तान्तरण हुन्छ”–भण्डारीले भने ।

चिनियाँ युआन रु २१ करोड २० लाख अर्थात् नेपाली करीब रु पाँच अर्ब अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो । निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ ।

दोस्रोचरणमा कलङ्कीबाट महाराजगञ्जसम्म आठ दशमलव पाँच किमी सडक विस्तारका लागि गृहकार्य शुरु भएको सडक विभागले जनाएको छ । यो खण्डको किनारका संरचना हटाउने काम शुरु गरिएको विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।

साउनसम्म यो खण्डको पनि प्रारम्भिक डिजाइन तयार हुने विभागले जनाएको छ । त्यस लगत्तै काम शुरु हुनेछ । यो खण्ड विस्तारका लागि पनि चीनले नै अनुदान सहयोग गर्नेछ । २८ किमी चक्रपथमध्ये महाराजगञ्ज–कोटेश्वर खण्डका विषयमा भने कुनै प्रक्रिया अघि बढेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?