बजेट माग्ने, काम गर्न नदिने प्रवृत्ति बढ्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १६, २०७९
|
|
३२ पटक हेरिएको
Shares
बजेट माग्ने, काम गर्न नदिने प्रवृत्ति बढ्दै

सारांश

  • तुलसीपुर ।
  • बजेट माग्ने तर विकास गर्दा विवाद गर्ने प्रवृति बढ्दै गएको छ ।
  • तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार पहिले विकासका लािग बजेट माग्ने र पछि बजेट परेपछि विकास गर्न नदिने प्रवृति बढेको बताए ।

तुलसीपुर । बजेट माग्ने तर विकास गर्दा विवाद गर्ने प्रवृति बढ्दै गएको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार पहिले विकासका लािग बजेट माग्ने र पछि बजेट परेपछि विकास गर्न नदिने प्रवृति बढेको बताए ।

‘पहिले बजेट चाहियो भन्नुहुन्छ, हामीले बजेट हाल्दिन्छौँ’,उनले भने,’बजेट परेपछि कसैले जग्गा दिदैँनौँ भन्नुहुन्छ, कसैले केही भन्नुहुन्छ, अनि विकास रोकिन्छ ।’ पछिल्लो समय उपमहानगरपालिकाको न्यायिक समितिमा यस्ता धेरै विवाद आउने गरेको उनको भनाइ छ ।

दैनिक चार-पाँचवटा यस्ता मुद्दा आउने गरेको उनको भनाइ छ । ‘आजभोलि दिनदिनै यस्ता केश हामीकहाँ आउने गरेका छन्’,उनले भने’, दैनिक ४÷५ वटा केशहरु मिलाएर पठाउने गरेका छौँ ।’ विकासमा कोही पनि बाधक हुन नहुँने उनको भनाइ छ । स्थानीयले सहयोग नगर्दा धेरै ठाउँमा सडक बीचमा रुख हुने, पोल हुने जस्ता समस्याहरु रहेका छन् ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?