ट्राफिककाे काम मन्त्रीले गरे पछि…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
ट्राफिककाे काम मन्त्रीले गरे पछि…

सारांश

  • सुर्खेत ,२४  फागुन।
  • कर्णालीका गृह ‘आन्तरिक मामिला तथा कानून’ मन्त्री नरेश भण्डारी आफैले ट्राफिक नियम नमान्ने सवारीसाधनलाई कारबाही सुरु गरेका छन् ।
  • मन्त्री भण्डारीले बुधबार पश्चिम सुर्खेतका ग्रामीण सडक र त्यहाँ सञ्चालन हुने सवारीसाधनको अनुगमन गरी केही सवारीसाधनलाई कारबाही गरेका हुन् ।

सुर्खेत ,२४  फागुन। कर्णालीका गृह ‘आन्तरिक मामिला तथा कानून’ मन्त्री नरेश भण्डारी आफैले ट्राफिक नियम नमान्ने सवारीसाधनलाई कारबाही सुरु गरेका छन् ।

मन्त्री भण्डारीले बुधबार पश्चिम सुर्खेतका ग्रामीण सडक र त्यहाँ सञ्चालन हुने सवारीसाधनको अनुगमन गरी केही सवारीसाधनलाई कारबाही गरेका हुन् ।

सुरक्षा निकायका प्रमुखसहित अनगुमनमा त्यहाँ पुगेका मन्त्री भण्डारीसहितको टोलीले ट्राफिक नियम पालना नगर्ने सवारीसाधनलाई कारबाही गरेको छ ।

बराहताल गाउँपालिकामा संचालित मध्यपश्चिम बस व्यवसायी संघको भे१ख १७१२ मध्यपश्चिम जीप व्यवसायी संघको भे१ज ९३७ को गाडीलाई कारबाही गरिएको हो ।

कच्चि बाटोमा हुटभरी मान्छे राखेर संचालनमा आएको पाइएपछि मन्त्रीसँगै अनुगमनमा पुगेको ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

कर्णाली प्रदेशमा ‘सडक सुरक्षा’ कार्यक्रम संचालन भएपछि मन्त्री भण्डारी सडकको अनुगमन गर्न गाउँ निस्किएका हुन् ।

यस्तै बुधबार नै मन्त्री भण्डारीले अनुगमनका साथै बराहताल गाउँपालिकाको तरंगमा अस्थायी प्रहरी चौकीको उद्घाटन गरेका छन् ।

मन्त्रीको टोलीले बराहताल गाउँपालिकाका बाढीपीडित वस्तीको समेत अनुगमन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?