इलाममा नेकपाकाे पार्टी कार्यालय स्थापना !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
इलाममा नेकपाकाे पार्टी कार्यालय स्थापना !

सारांश

  • फिदिम, २३ असोज ।
  • पाँचथरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ ।
  • तत्कालीन नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरको कार्यालयमा नेकपा पाँचथरको कार्यालय स्थापना गरिएको हो ।

फिदिम, २३ असोज । पाँचथरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । तत्कालीन नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरको कार्यालयमा नेकपा पाँचथरको कार्यालय स्थापना गरिएको हो । मंगलबार आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फेले नेकपाको झण्डा उठाई पार्टी कार्यालयको उद्घाटन गरे । गत जेठ ३ गते एकता भएका एमाले र नेकपा (माओवादी केन्द्र)को जिल्ला तहमा एकता प्रक्रिया पूरा भएको छैन । एकता प्रक्रिया पूरा नहुँदा पार्टी गतिविधि सञ्चालनमा समस्या सिर्जना भएकाले प्रदेश कमिटीको निर्देशनबमोजिम पार्टी कार्यालय स्थापना गरिएको नेकपाका जिल्ला नेता एवं तत्कालीन माओवादी केन्द्र पाँचथरका इञ्चार्ज हर्कबहादुर नेम्वाङले जानकारी दिए ।

पाँचथरमा जिल्ला कमिटी तथा मातहतका कमिटीको एकताका लागि प्रदेश कमिटीले बनाएको आठ सदस्यीय कार्यदलले एकताको खाका बनाइरहेको केन्द्रीय सदस्य सम्बाहाम्फेले जानकारी दिए । एकता कार्यदलले नेकपाका स्थानीय कमिटी, पेशागत, भ्रातृ तथा जनवर्गीय सङ्गठन, विभाग तथा मोर्चाको जिल्ला कमिटीको खाका तयार पारी प्रदेश कमिटीमा सिफारिश गरिने उहाँले जानकारी दिए ।

आठ सदस्यीय कार्यदलमा केन्द्रीय सदस्य सम्बाहाम्फेसहित जिल्ला नेता हर्कबहादुर नेम्वाङ, राजकुमार भण्डारी, विशाल रसाइली, होमबहादुर जबेगू, भुवानीप्रसाद लिङ्देन, दिनेश लावती र तीवेन्द्रराज चापागार्इं रहेका छन् । कार्यदलले बुधबारसम्ममा एकताको खाका तयार पारी प्रदेश कमिटीमा सिफारिश गर्ने जिम्मेवारी पाएको केन्द्रीय सदस्य सम्बाहाम्फेले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?